दोहोरो अङ्कले घट्यो नेप्से, तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट
नेपालबहस संवाददाता
असोज ७, २०८० आइतबार १६:२१:१४
७ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १९ दशमलव ४२ अङ्कले घटेर दुई हजार दस दशमलव ३५ अङ्क कायम भएको छ ।
आज दुई सय ८५ कम्पनीको ९० लाख तीन हजार नौ सय ४१ कित्ता शेयर ८१ हजार १० पटक खरिदबिक्री हुँदा रू दुई अर्ब ३२ करोड ६८ लाख ९५ हजार दुई सय छ बराबरको कारोबार भएको छ । लघुवित्त समूहको उपसूचक शून्य दशमलव ९९ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ ।
सबैभन्दा धेरै वित्त समूह एक दशमलव ९८ प्रतिशत र व्यापार समूह एक दशमलव ८१ प्रतिशतले गिरावट देखिएको छ । आज तीनवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेड, हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड र एसियन हाइड्रोपावरको शेयर मूल्यमा दस प्रतिशतले वृद्धि देखिएको हो ।
शुभम् पावर लिमिटेडको शेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै रू १३ करोड २४ लाख ९८ हजार नौ सय ५० बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको पाँच लाख ७१ हजार चार सय ६० कित्ता शेयर किनबेच भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधितोपत्र बोर्डमा अध्यक्ष नहुँदा तीन महिनादेखि आईपीओ र एफपीओको काम बन्द
चैत १४, २०८० बुधबार
धितोपत्र बोर्डको अध्यक्षका लागि अर्थले खुलायो आवेदन
फागुन १६, २०८० बुधबार
नेप्सेले भन्यो, ‘मार्जिन कारोबारका लागि ११२ कम्पनी योग्य’
फागुन १४, २०८० सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
जेठ ६, २०८१ आइतबार
संघीय संसदका दुवै सदनको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आजदेखि आन्दोलन गर्दै
जेठ ६, २०८१ आइतबार
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार