वीर अस्पतालमा ‘मेमोग्राम’ सञ्चालन
नेपालबहस संवाददाता
पुस २५, २०८० बुधबार १६:४९:४४
२५ पुस, काठमाडौं । वीर अस्पतालमा स्तन क्यान्सरको उपचारका लागि अत्याधुनिक उपकरण सञ्चालन गरिएको छ । स्तन क्यान्सर परीक्षण (स्क्रिनिङ)का लागि अत्याधुनिक उपकरण ‘मेमोग्राम’ सञ्चालन गरिएको हो ।
अस्पतालका निर्देशक डा सन्तोष पौडेलले स्तनमा क्यान्सर रोग लाग्नुभन्दा पहिल्यै क्यान्सरका लक्षण पत्ता लगाउने विधिलाई स्क्रिनिङ भनिने जनाउँदै सरकारी अस्पतालमा पहिलो पटक अत्याधुनिक क्यान्सर स्क्रिनिङ उपकरण ‘मेमोग्राम’ सञ्चालन गरिएको जानकारी दिए। उनका अनुसार ४० वर्षभन्दा माथिका महिलाको स्तन क्यान्सर स्क्रिनिङ गर्नका लागि उक्त उपकरण प्रयोग गरिन्छ ।
“क्यान्सरका लक्षण देखापर्नु अघिको अवस्थामा पत्ता लगाउने विधिलाई स्क्रिनिङ भनिन्छ । यो परीक्षणको एउटा विधि हो । क्यान्सर फैलनुअगावै थाहा पाउन सकियो भने प्रभावकारी उपचार गर्न सकिन्छ”, डा पौडेलले भने । उनका अनुसार अहिले दैनिक तीन देखि चारजना महिलाको क्यान्सर स्क्रिनिङ गरिँदै आइएको छ । स्तनमा क्यान्सरको समस्या देखिनु भन्दा पहिले नै लक्षण पहिचान गर्नका लागि यो विधि प्रयोग गरिने उनको भनाइ थियो ।
स्तन क्यान्सरको स्क्रिनिङ गर्नका लागि रू एक हजार पाँच सय शुल्क तोकिएको अस्पताल प्रशासनले जनाएको छ । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले नेपालका महिलामा हुने क्यान्सरमध्ये स्तन क्यान्सर दोस्रो नम्बरमा रहेकाले समयमा नै स्क्रिनिङ गर्न आवश्यक रहेको बताए ।
उनका अनुसार महिलामा देखिने पहिलो क्यान्सर पाठेघरको मुखको क्यान्सर हो । नेपालमा दैनिक तीन जना महिलाको स्तन क्यान्सरका कारण मृत्यु हुने गरेको डा शाहीले जानकारी दिए । समयमा नै स्तन क्यान्सर सम्बन्धिका रोग पत्ता लगाउन सके प्रभावकारी उपचारका माध्यमबाट बिरामीलाई बचाउन सकिने उनको भनाइ थियो ।
वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा शाहीले स्तनपान नगराउने, विवाह नगरेका, सानै उमेरमा महिनावारी हुने, चाँडै महिनावारी सुक्ने, दिनमा सुत्ने तथा रातमा काम गर्ने वा जाग्राम बस्ने महिलालाई स्तन क्यान्सर हुने गरेको बताउनुभयो । मोटोपन, धूमपान गर्ने, व्यायाम नगर्ने, वंशाणुगत गुण र कुनै क्यान्सर भएका महिलालाई रेडियसन दिँदा ९सेक्दा० पनि पछि स्तन क्यान्सर हुने गरेको उहाँले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै
जेठ १४, २०८१ सोमबार
रौतहटमा दर्जनौं अवैध अस्पतालले बिरामीसँग लाखौं रकम लुट्दै, नियमनकारी निकाय मौन
जेठ १४, २०८१ सोमबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
फेरी सुरु भयो सत्ता गठबन्धनमा अविश्वास बढाउने खेल
जेठ १८, २०८१ शुक्रबार
दाङमा अटोरिक्सा र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, एक घाइते
जेठ १८, २०८१ शुक्रबार
म्याग्दी युवा कपको उपाधि बौदीकाली र धादिङ स्पोर्टस् क्लबलाई
जेठ १८, २०८१ शुक्रबार
ओलम्पियाकोसले जित्यो युरोपा कन्फेरेन्स लिगको उपाधि
जेठ १८, २०८१ शुक्रबार
नेपाल र अमेरिकाबीचको अभ्यास खेल वर्षाले रद्द, अब नेपालले सिधै विश्वकप खेल्ने
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १८, २०८१ शुक्रबार