प्राधिकरणको आईपीओ स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेश
नेपालबहस संवाददाता
पुस २९, २०८० आइतबार २१:१२:१६
२९ असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणलाई प्रिमियम मूल्यमा धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्नका मन्त्रिपरिषद्मा प्रस्ताव पेश भएको छ । प्राधिकरणलाई आईपीओ निस्कासन गर्न दिने प्रस्ताव स्वीकृतिका लागि ऊर्जा मन्त्रालयले मन्त्रिपरिषद्मा पठाएको हो ।
अर्थ मन्त्रालयले आईपीओ निस्कासनका लागि सहमति दिएसँगै यस सम्बन्धी प्रस्ताव ऊर्जाले अघि बढाएको हो । प्राधिकरणको जारी पूँजी ३ खर्ब पुर्याएर त्यसको १० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्ने तयारी गरिएको छ । प्राधिकरणले प्राधिकरण ऐन, २०४१ बमोजिम संस्थाको शेयर सर्वसाधारणमा बिक्री गर्ने भएको हो ।
प्राधिकरण सञ्चालक समितिको गत २५ मंसिरमा बसेको बैठकले आईपीओ जारी गर्ने निर्णय गरेको थियो । प्राधिकरणले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रतिसशयर १३० रुपैयाँ प्रिमियमसहित प्रतिकित्ता २३० रुपैयाँमा आईपीओ जारी गर्ने निर्णय गरेको छ । प्राधिकरणले जारी पूँजी ३ खर्ब रुपैयाँको १० प्रतिशत शेयर सर्वसाधारणलाई जारी गर्ने निर्णय गरेको हो ।
अब ३० अर्ब पूँजी संकलनका लागि ३० करोड कित्ता शेयर निस्कासन हुनेछ । धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ मा खुद सम्पत्ति (नेटवर्थ) को दुई गुणासम्म प्रतिशेयर मूल्य कायम गरी प्रिमियम मूल्यमा आईपीओ जारी गर्न सक्ने व्यवस्था छ । हाललाई प्रस्तावित अधिकृत पूँजीको १० प्रतिशतसम्म सर्वसाधारणलाई शेयर जारी गर्न ऊर्जा मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा स्वीकृतिका लागि अनुरोध गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजेट अभावमा खानेपानी आयोजना अधुरै
जेठ ९, २०८१ बुधबार
'उज्यालो महाभारत' अभियान अन्तिम चरणमा
जेठ ९, २०८१ बुधबार
बारा र पर्साका २ सय १२ उद्योगमा ‘स्मार्ट इनर्जी मिटर’ जडान
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
भारतमा ८ दिनदेखि बेपत्ता बंगलादेशका सांसद मृत फेला
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार