ठाकुरबाबा नगरपालिकाको अर्को बदमासी, आफुले राख्न चाहेको मान्छे थुनिएपछि परीक्षा नै स्थगित
नेपालबहस संवाददाता
माघ २, २०८० मंगलबार १६:३:४२
दीपक शर्मा
२ माघ, बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकाले नगर प्रहरी भर्तिमा चोर बाटो अपनाइएको समाचार केहि समय पहिले नेपाल बहसमार्फत सार्वजनिक गरिएको थियो अहिले ति नगर प्रहरी प्रहरीको हिरासतमा पुगेका छन् । उनीहरू उपस्थित नहुने भएपछि तोकिएको परीक्षा स्थगित गरिएको छ ।
ठाकुरबाबा नगरपालिकाले एक जना नगर प्रहरी हवल्दारको माग गरेर सूचना सार्वजनिक गरेको र भर्ना गर्ने बेलामा २ जनालाई भर्ना गरेको पाइएको थियो । पालिकाले २०८० श्रावण ९ गते करारमा नगर प्रहरी भर्ना सम्बन्धी सूचना प्रकाशित गरेको थियो ।
जसमा नगर प्रहरी सहायक निरीक्षक १ जना, नगर प्रहरी सहायक १ जना, नगर प्रहरी हवल्दार १ जना र नगर प्रहरी जवान ९ जना गरी १२ जना नगर प्रहरी भर्नाका लागी सूचना निकालिएको थियो । पालिकाले नगर प्रहरी सहायक निरीक्षक र नगर प्रहरी हवल्दारको परीक्षा २०८० साल असोज ६ गर्ने भनेकोमा स्थगीत गरेको थियो ।
पालिका स्रोतका अनुसार सो समय पालिकाले राखेका नगर प्रहरी सहायक निरीक्षक हिरासिंह थारु र नगर प्रहरी हवल्दार दुर्गा प्रसाद तिमिल्सिना जुवा खेलेको आरोपमा पक्राउ परेका थिए । उनिहरु इलाका प्रहरी कार्यालय बगनाहमा रहेका कारण पालिकाले केहि दिनका लागी परीक्षा स्थगित गरेको थियो ।
प्रहरी स्रोतका अनुसार जुवा खेलेको आरोपमा अहिले ठाकुरबाबा नगरपालिकामा कार्यरत नगर प्रहरी सहायक निरीक्षक र नगर प्रहरी हवल्दार रहेका छन । पालिकाले बाहिर देखावटी रुपमा आदर्शका गफ चुट्ने गरेतापनि भित्री रुपमा आफनो मान्छेलाई र अनुकुलको मान्छेलाई सेवा दिदा होस वा केहि काम दिदा पहिलो प्राथमिकता दिने गरेको छ । यो कार्यमा जनप्रतिनिधि र कर्मचारीको समन्वयबाट नै भएको पाइएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनगर प्रमुखको आक्रोश : बजेट नदिएको झोंकमा मन्त्रीहरुलाई रारा प्रवेशमा रोक
जेठ १७, २०८१ बिहिबार
बूढानीलकण्ठका मेयरसहित तीन वडाअध्यक्षलाई एक महिना कैद गर्न अदालतको आदेश
जेठ १३, २०८१ आइतबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
जेठ १६, २०८१ बुधबार
विकल पौडेललाई थुनामा पठाउने अदालतको आदेश
जेठ १६, २०८१ बुधबार
हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया
जेठ १६, २०८१ बुधबार
अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको तयारी
जेठ १७, २०८१ बिहिबार
नेपाल प्रहरी र सशस्त्र प्रहरीको उमेरहद अध्ययन गर्न गृह मन्त्रालयले बनायो कार्यदल
जेठ १७, २०८१ बिहिबार
पेशी दोहोरिने प्रकरणः अदालतको सिस्टमबाटै हुन्छ कि नियतबस गरिन्छ ?
जेठ १७, २०८१ बिहिबार
भानुभक्त जन्मस्थल विकास समितिको स्वामित्व ग्रहणको समस्याले अन्योल
जेठ १७, २०८१ बिहिबार
संयुक्त राष्ट्रसंघका अधिकारीहरूद्वारा अफगानिस्तानमा महिलाको अवस्थाबारे चिन्ता व्यक्त
जेठ १७, २०८१ बिहिबार