चार जात ९२ वर्ण समेटिएको ‘नेपाल मण्डल’
नेपालबहस संवाददाता
माघ ५, २०८० शुक्रबार १३:१०:४९
५ माघ, झापा । झापा कनकाई नगरपालिका–७ का ९० वर्षीय हरिध्वज खत्री तिमिल्सिनाले नेपालमा बसोबास गर्ने विभिन्न जातजाति र उनीहरुको गोत्रको विषयलाई समेटेरे ‘नेपाल मण्डल’ पुस्तक लेखेका छन् । करिब १० वर्ष लगाएर उनले उक्त पुस्तक लेखेका हुन् ।
नेपाल निर्माता पृथ्वीनारायण शाहले ‘नेपाल चार जात ३६ वर्णको साझा फूलबारी हो’ भन्नु भए पनि अहिले नेपालमा चार जात एक सय २४ वर्ण पुगिसकेको तिमिल्सिनाले जानकारी दिए । जसमध्ये चार जात ९२ वर्णको बारेमा तथ्यपरक जानकारीसहित पुस्तक प्रकाशन गरेको उनले बताए ।
लोपोन्मुखदेखि बहुसङ्ख्यकसम्मका जातजातिको थर र उनीहरूको गोत्रका बारेमा पुस्तकमा उल्लेख गरिएको छ । नेपालका विभिन्न भू–भागमा रहेका मानिसको थर कसरी रहन गयो भन्ने विषयमा समेत पुस्तकमा संक्षिप्त चर्चा गरिएको लेखक तिमिल्सिनाले बताए । उनका अनुसार पुस्तकमा दुई खण्ड र १५ अध्याय रहेका छन् ।
पहिलो खण्डमा आठ वटा अध्याय छन् भने दोस्रो खण्डमा सात अध्याय छन् । पहिलो खण्डका आठ अध्यायमा ‘अ’ देखि ‘ह’सम्मको स्वर वर्णद्वारा उच्चारित थर उल्लेख छन् । त्यस्तै, दोस्रो खण्डमा ‘अ’ देखि ‘ह’सम्मको स्वर वर्णद्वारा उच्चारित गोत्र उल्लेख छन् ।
पहिलो खण्डमा उराउ, कत्युरी, करुवा, कागते, कुमाल, किसान, बातर, कुशबाडिया, कुसुण्डा, कुसुले, खटिक, देवकी, खडिया, गनगाई, गन्धर्व, गुरुङ, चमार, चिडिमार, चिन्तान, चेपाङ, चाइँ, छन्त्याल, छिन्तन, छैरोतन, जिरेल, जेरुङ, झाँगड, डुक्पा, डोम, डोल्पो, ताङबे, ताजपुरिया, तामाङ, तोक्पेगोला, तिलुङ, तिलुङा, थकाली, थामी, थारु, थुदाम, दनुवार, दराई, दर्जी, दमाई, दशनामी, दुरा, धानुक, धिमाललगायत जातजातिका थरको बारेमा उल्लेख गरिएको छ ।
चार सय ५६ पृष्ठको ‘नेपाल मण्डल’को मूल्य रू चार सय ४५ रहेको छ । करिब एक दशक लगाएर पुस्तक निकालेको बताउँदै लेखक तिमिल्सिनाले भने, “पाठकका लागि जानकारीमूलक खुराकको रुपमा पुस्तक रहेको छ । यसले नेपालको विभिन्न जातजातिको अवस्थितिबारे थाहा पाउन सकिन्छ ।” पछिल्लो पुस्तक पढ्ने क्रम घट्दै गएकाले पठन संस्कृतिको विकास गर्नुपर्नेमा उनले जोड दिए ।
लेखक तिमिल्सिनाले यस अघि नेपालको इतिहास समेटिएको पहिलो पुस्तक ‘नेपाल’ लेखिसकेका छन् । जसमा तत्कालीन तीन हजार नौ सय १५ गाउँ विकास समितिको नामकरण के–कसरी भयो भन्ने उल्लेख छ । ‘नेपाल नेवारी’ पुस्तक प्रकासोन्मुख अवस्थामा रहेको उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेलबारीमा गोविन्द हुक्पा चोङबाङको ‘मायाको सृष्टि’ विमोचित
चैत २५, २०८० आइतबार
गीतकार खतिवडाको नयाँ कृति, हिन्दी गीतहरूको संग्रह “कैसा मन मस्ताना प्यारे"
चैत ८, २०८० बिहिबार
बाल चित्रपुस्तक ‘म उड्न सकेँ’ बजारमा
फागुन २८, २०८० सोमबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
मोरङ प्रहरीले पक्राउ गर्यो ठूलो परिणाममा लागूऔषध गाँजा
बैशाख २७, २०८१ बिहिबार
चालकको लापरबाहीका कारण गण्डकीमा बर्सेनि बढ्दै सवारी दुर्घटना
बैशाख २७, २०८१ बिहिबार
मारवाडी क्रिकेट लिगः वीरगञ्ज ब्लास्टर र लुम्बिनी लायन्स विजयी
बैशाख २७, २०८१ बिहिबार
दार्चुलामा चट्याङ लागेर एक बालिका घाइते, तीन पशु मरे
बैशाख २७, २०८१ बिहिबार
मधेश प्रदेशमा १० महिनामा आगलागीबाट १९ जनाको मृत्यु
बैशाख २७, २०८१ बिहिबार
मधेशमा सरकारबाट बाहिरिने तयारीमा एमाले र माओवादी
बैशाख २७, २०८१ बिहिबार
हर्क साम्पाङले सोधे धरानका पुर्व मेयर र उपमेयरलाई ९ बुँदे स्पष्टीकरण (पूर्णपाठ)
बैशाख २७, २०८१ बिहिबार