मेरो रफतार अनुसार मन्त्रिमण्डलमा बसेर काम गर्न नसक्नेलाई अब निरन्तरता दिन सकिँदैनः प्रधानमन्त्री
नेपालबहस संवाददाता
माघ ७, २०८० आइतबार १०:२८:४२
७ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको रफ्तार अब फरक ढंगले अगाडि जाने बताएका छन् । उनले आफ्नो कामको गतिअनुसार चल्न नसक्ने कसैलाई पनि मन्त्रिपरिषदको सदस्य बनाइ राख्न नसकिने बताएका छन् । उनले शान्ति प्रक्रियाका बाँकी काम सहमतिमै टुंगो लगाउनका लागि अब संसदको अधिवेशन आह्वान हुनासाथ विधेयक अघि बढाउने बताएका छन् ।
युगान्डाको भ्रमण सकेर आइतबार बिहान फर्किएका प्रधानमन्त्री प्रचण्डले विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै भने, टीआरसीबारे सबै तयारी गरेका छौं । संसद्को उपसमितिबाट समितिमा विधेयक गएको छ । सदन खुल्ने बित्तिकै प्राथमिकताका साथ राखेर टुंगो लगाइन्छ । अन्तिममा सहमतिबाटै टुंगो लाग्छ । त्यसपछि शान्ति प्रक्रियाका बाँकी कामले गति लिन्छ ।
टीआरसी विधेयक सदन खुल्ने बित्तिकै सहमतिबाटै टुङ्ग्याउने र शान्ति प्रक्रियाले पूर्णता दिने प्रचण्डले भनाइ छ । उनले सरकारका काम कारबाहीले गति लिन थालेको भन्दै आफूले सरकारको कामले गति नलिए र मन्त्रालयले आफ्नो जिम्मेवारीलाई ठीक ढंगले पुरा नगरे मन्त्रिमण्डल पुनर्गठन हुनसक्छ भनेर आफूले मन्त्रीहरूलाई भनिसकेको बताए ।
हामी गति लिने कोसिस छौँ,’ प्रधानमन्त्रीको भनाइ छ । उनले नेपालको व्युरोक्रेसी क्षमताको हिसाबले दुनियाँको अन्य कुनै पनि देशको भन्दा कम नभएको भन्दै आँट लिने सवालमा भने केही कमी महसुस भएको बताए । उनले आफूले एक वर्षको अवसरमा गरेको सम्बोधनपछि गति लिएको पनि आफूलाई महसुस भएको बताए । उनले आफूले टार्गेट दिएर मन्त्रीहरूलाई काममा लगाएको उल्लेख गर्दै पूरा नगरे राम्रो हुँदैन भनिसकेको र परिवर्तन पनि हुने बताए ।
अर्को एक प्रसंगमा उनले नेपालका कर्मचारी क्षमता र अनुभवको हिसाबले दुनियाँमा कम नभएको भए पनि तत्परता लिने आँट भने नभएको बताए । तत्परता लिने आँट कहीँ न कहीँ कमी देखिएकै छ । त्यसको धेरै कारण छ, उनले भने, मुख्य सचिव पनि यहीँ हुनुहुन्छ । कर्मचारीतन्त्रले आँट गर्ने हो भने दुनियाँको भन्दा कम छैन ।
प्रधानमन्त्री प्रचण्डले रुसी सेनामा भर्ती भएका नेपालीहरूलाई स्वदेश फर्काउने पहल भइराखे पनि सरकारले भन्दा बित्तिकै रुसले मान्ने स्थिति नरहेको बताए । रुसी सेनामा भर्ती भएकाहरूलाई फर्काउन सरकारले गम्भीरतापूर्वक पहल गरिरहेको प्रधानमन्त्री प्रचण्डले बताए । आफूले र परराष्ट्र मन्त्रीले कूटनीतिक पहल जारी राखेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘रुस–युक्रेन युद्धमा छन् । अहिले सरकारले भन्दा बित्तिकै रुसले मान्दिहाल्ने स्थिति छैन ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : राप्रपा
जेठ ९, २०८१ बुधबार
सरकारविरुद्ध सदन र सडकमा उत्रियो कांग्रेस, १३ गते काठमाडौंमा प्रदर्शन गर्ने
जेठ ९, २०८१ बुधबार
गण्डकीका मुख्यमन्त्री अधिकारीविरुद्धको रिट आजपनि ‘हेर्दाहेर्दै’ मा
जेठ ९, २०८१ बुधबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : राप्रपा
जेठ ९, २०८१ बुधबार
सरकारविरुद्ध सदन र सडकमा उत्रियो कांग्रेस, १३ गते काठमाडौंमा प्रदर्शन गर्ने
जेठ ९, २०८१ बुधबार
रौतहटको श्रीराम चिनी मिल सञ्चालन गर्न कार्यदल गठन
जेठ ९, २०८१ बुधबार
गण्डकीका मुख्यमन्त्री अधिकारीविरुद्धको रिट आजपनि ‘हेर्दाहेर्दै’ मा
जेठ ९, २०८१ बुधबार