लोककल्याणकारी विज्ञापनको रकम वृद्धि गर्न काउन्सिलको गम्भीर ध्यानाकर्षण
नेपालबहस संवाददाता
माघ ९, २०८० मंगलबार २१:२६:२७
९ माघ, काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रपत्रिका प्रकाशन गरेबापत पाउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम दोब्बर वृद्धि गर्न सरकारलाई सुझाव दिएको छ ।
काउन्सिलले आज विज्ञप्ति जारी गर्दै हालै बसेको बोर्ड बैठकबाट लोककल्याणकारी विज्ञापनबापतको रकम लामो समयसम्म वृद्धि नभएको र टिकाइरहन कठिनाइ भएको भन्दै रकम दोब्बर गर्न सुझाव दिने निर्णय गरेको हो ।
काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालद्वारा जारी विज्ञप्तिमा छापा माध्यमलाई टिकाइराख्न समस्या आइरहेको सन्दर्भमा प्रादेशिक र स्थानीय निकायका विज्ञापन÷सूचना तत्तत् स्थानका पत्रपत्रिकाले नपाएको विषयमा समेत काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
“बैठकले स्थानीय र प्रदेशस्तरका सरकारी विज्ञापन÷सूचना प्रकाशनका लागि स्थानीय र प्रदेश स्तरका पत्रपत्रिकालाई प्राथमिकताका साथ उपलब्ध गराउन सम्बन्धित निकायमा लेखी पठाउने निर्णय गरेको छ”, विज्ञप्तिमा भनिएको छ । खरिदसम्बन्धी सूचना विद्युतीय खरिदसहित प्रेस काउन्सिल नेपालबाट वर्गीकरणमा परेका पत्रपत्रिकामा प्रकाशन गर्न मिल्ने गरी आवश्यक व्यवस्था गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सुझाव दिने काउन्सिलले निर्णय गरेको छ ।
“सरकारी कार्यालय रहेको स्थानका सञ्चारमाध्यममा समेत सूचना प्रकाशन गर्न मिल्ने गरी सार्वजनिक खरिदसम्बन्धी कानुन संशोधन गर्न नेपाल सरकारलाई आवश्यक सुझाव लेखी पठाउने निर्णयसमेत भएको छ”, विज्ञप्तिमा भनिएको छ । सूचना प्रविधिमा दिनानुदिन बढ्दो विकासक्रम, सामाजिक सञ्जालको प्रभाव र विभिन्न प्राकृतिक प्रकोप, महामारीलगायत कारण नेपालको पत्रकारिता क्षेत्र प्रभावित हुँदै आएको र यसको प्रत्यक्ष प्रभाव छापा माध्यममा बढी परेकाले यस्तो निर्णय गरेको काउन्सिलले जनाएको छ ।
“सबै छापा माध्यम चरम सङ्कटमा छन् । स्थानीय र प्रदेशस्तरका छापामाध्यम झन् अस्तित्व रक्षाको चरणमा रहेकाले सूचना प्रविधिको पछिल्लो विकासक्रमसँग जोड्दै सुधार हुन जरुरी छ”, काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले भने, “राज्यस्तरबाट पनि छापा माध्यमलाई बचाउन विशेष ध्यान दिनुपर्ने अवस्था आएकाले यो निर्णय गरिएको हो ।”
–––
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यायोचित ढङ्गबाट कार्यसम्पादन गर्ने लेखापरीक्षक राष्ट्रका आर्थिक पहरेदार : राष्ट्रपति पौडेल
बैशाख २७, २०८१ बिहिबार
पत्रकार महासंघको २७ औँ महाअधिवेशन काठमाडौंमा जारी
बैशाख २१, २०८१ शुक्रबार
फोर एच नोपलको एक बर्षे नेपाल मन्थन अभियान शुरु
बैशाख २०, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
मेयर चिरीबाबुले उद्घाटन गरे स्मार्ट शौचालय, स्नान कक्षको पनि व्यवस्था
बैशाख २७, २०८१ बिहिबार
फेरि फुट्यो जसपा, लावतीको संयोजकत्वमा पहिचानवादी मोर्चा घोषणा
बैशाख २७, २०८१ बिहिबार
जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा
बैशाख २७, २०८१ बिहिबार
लिङदेनको प्रश्न : प्रधानमन्त्री प्रचण्डले सत्ता जोगाउन दल फुटाउने देखि अरू के के गर्लान् ?
बैशाख २७, २०८१ बिहिबार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख २७, २०८१ बिहिबार
नारायणीमा ३० करोडको एमआरआई मेसिन ६ महिनामै विग्रियो
बैशाख २७, २०८१ बिहिबार