अपराधीलाई समात्दा धेरै दवाव आउन थाल्योः गृहमन्त्री
नेपालबहस संवाददाता
माघ १९, २०८० शुक्रबार १४:३७:५
१९ माघ, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राज्यविरुद्धका कुनै पनि अपराध गर्ने अपराधीलाई पक्रदा अधिक दवाव आउन थालेको बताएका छन् । गृह मन्त्रालय र गण्डकी प्रदेश सरकारद्वारा आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको शुक्रबार उद्घाटन गर्दै उनले अपराध गर्नेहरुलाई समाउँदा धरै दवाव आइरहे सरकार बाटो बदल्न बाध्य हुने बताए ।
उनले कसैलाई पनि राज्यलाई लुट्ने छुट दिन नसकिने भन्दै कसैलाई पनि जालसाजी गरेर ठग्ने छुट नभएको बताए । अपराधको काममा, ठगीको काममा, जालसाजीमा, लुटमा संलग्न कसैले पनि उन्मुक्ति नपाउने भन्दै गृहमन्त्री श्रेष्ठले शक्ति केन्द्रको कोही पक्राउ परेमा अनावश्यक दवाव दिने गरेको बताए ।
कोही राजनीतिक पृष्ठभूमिको पर्यो भने हाम्रो पार्टीको हो, गठबन्धनको हो, प्रतिपक्षको हो भनेर कराउन थाल्छन् । कर्मचारी पक्राउ परे भने कर्मचारी उफ्रिन्छन्, उनले भने, ‘उद्योगीलाई पक्र्यो भने व्यापारीहरू उफ्रिन्छन् । हामीले कर तिरेका छौँ किन पक्रिएको भनेर वक्तव्यबाजी हुन्छ ।
उनले कुनै पनि अपराधमा संलग्नलाई पक्राउ गर्दा दवाव दिइरहे आफूहरू दिशा बदल्न सक्ने बताए । यसप्रकारको हामीलाई दबाब भइरह्यो भने हामी हाम्रो दिशा फेर्न सक्छौँ भन्दै उनले कर्मचारी र सुरक्षा निकायलाई नडराइ आफ्नो अडानमा दृढतापूर्वक उभिन आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभोलिबाट सुरु हुने संसद अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउँदै कांग्रेस
बैशाख २७, २०८१ बिहिबार
कोशीमा हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउने दाबी पेश हुँदै
बैशाख २७, २०८१ बिहिबार
नयाँ सरकार गठन प्रक्रिया रोक्न माग गर्दै मुख्यमन्त्री कार्की आज सर्वोच्च जाने
बैशाख २७, २०८१ बिहिबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
कोसी: एउटा कार्की मुख्यमन्त्रीको तयारीमा, अर्का पुगे सर्वोच्च
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा
बैशाख २७, २०८१ बिहिबार
भोलिबाट सुरु हुने संसद अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउँदै कांग्रेस
बैशाख २७, २०८१ बिहिबार
आगलागीमा जलेको नगद
बैशाख २७, २०८१ बिहिबार
कोशीमा हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउने दाबी पेश हुँदै
बैशाख २७, २०८१ बिहिबार