न्यायाधीशले अरुण चौधरीबारे न्यायिक इतिहासमा नै नभएको फैसला गरेः गृहमन्त्री
नेपालबहस संवाददाता
माघ २८, २०८० आइतबार १५:३१:२९
२८ माघ, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले न्यायाधीशहरूले न्यायिक इतिहासमै नभएको फैसला गरेर सरकारी अनुसन्धानमा बाधा उत्पन्न गराएको बताएका छन् । बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीसहित ३ जनालाई रिहा गर्न अदालतको आदेशप्रति असन्तुष्टि जनाउँदै उनले यस्ता फैसला न्यायिक इतिहासमा नहुने गरेको बताए ।
आइतबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले अदालतले म्याद तोकेर २ दिनभित्र छाडिदेऊँ भनेको न्यायिक इतिहासमा नै पहिलो भएको दावी गरे । गृहमन्त्री श्रेष्ठले भने ‘हामीले म्याद माग्यौं, अदालतले दुई दिनमात्र दिन सक्छ, त्यसपछि सीआईबीको काम हो अनुसन्धान गर्ने । त्यसपछि म्याद थप चाहियो भन्न पनि सक्छ, चाहिँदैन भन्न पनि सक्छ ।
चाहियो भनेर गएपछि म्याद दिने कि नदिने अदालतले निर्णय गर्न सक्छ ।’ आदेशमा पनि यत्रो रोजगार दिने, कामदारको अभिभावक भनिएको छ, त्यो अदालतले सोच्ला । उपप्रधानमन्त्री श्रेष्ठले अदालतले छाड्ने आदेश दिए पनि आफूहरूले मुद्दा नछाडेको र अगाडि बढ्ने बताए
उनले अदालतले पहिला नै दुई दिनभित्र सक अनुसन्धान त्यसपछि छोडिदेऊ भनेर पुलिस अधिकारीलाई दिने निर्देशनले अनुसन्धानलाई प्रभावित बनाउने काम गरेको बताए । यद्यपि उनले अदालतप्रति आफ्नो सम्मान रहेको र आदेश कार्यान्वयन गर्ने बताए । गत २२ माघमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका सीजी चाँदबाग रेसिडेन्सीका सञ्चालक समिति सदस्य अरुण चौधरी, अध्यक्ष सञ्जय ठाकुर र तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाका कार्यकारी प्रमुख अजित नारायण सिंह थापालाई २ दिनभित्र रिहा गर्न आदेश दिएको थियो ।
अदालतले गरेको निर्णय ठीक वा बेठीक जे भए पनि आफूहरूले हस्तक्षेप गर्न नमिल्ने भन्दै उनले त्यसको कार्यान्वयन गर्ने बताए । तर काठमाडौं जिल्ला अदालतको यो आदेशप्रति भने प्रश्न उठेको उपप्रधानमन्त्री श्रेष्ठले बताए । अदालतले म्याद दिने सन्दर्भमा घन्टौं बहस गराएको इतिहास पनि नेपालमा नभएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्च अदालतमा बिहीबारका सबै सुनुवाइ स्थगित
बैशाख २७, २०८१ बिहिबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
लिङदेनको प्रश्न : प्रधानमन्त्री प्रचण्डले सत्ता जोगाउन दल फुटाउने देखि अरू के के गर्लान् ?
बैशाख २७, २०८१ बिहिबार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख २७, २०८१ बिहिबार
नारायणीमा ३० करोडको एमआरआई मेसिन ६ महिनामै विग्रियो
बैशाख २७, २०८१ बिहिबार
‘पुजार सार्की मेरो लागि निकै महत्त्वपूर्ण छ’ : पल
बैशाख २७, २०८१ बिहिबार
कालिजले बजार नपाउँदा व्यवसायी मारमा
बैशाख २७, २०८१ बिहिबार
कोशीमा नयाँ सरकार गठनविरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी
बैशाख २७, २०८१ बिहिबार