क्यान्सर अस्पतालमा ‘डे केयर’ बिरामीका लागि छुट्टै फार्मेसी
नेपालबहस संवाददाता
फागुन १३, २०८० आइतबार १६:१८:४६
१३ फागुन, चितवन । अस्पतालमा औषधि पाइएन भन्ने बिरामी तथा सेवाग्राहीको गुनासो बढेपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा फार्मेसी सेवालाई व्यवस्थित बनाइएको छ ।
फार्मेसी सेवालाई व्यवस्थित गर्न क्यान्सर उपचारमा अत्यावश्यक मानिएको किमो (क्यान्सर कोषलाई नष्ट गर्न प्रयोग गरिने औषधि) लगायत विभिन्न छ सयभन्दा बढी औषधिसहित थप फार्मेसी सञ्चालनको तयारीमा अस्पताल रहेको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार हाल अस्पतालभित्र दुई ठाउँबाट फार्मेसी सेवा दिइँदै आइएको छ । उनले ‘डे केयर’ बिरामीका लागि थप फार्मेसी सञ्चालनको तयारी भइरहेको जानकारी दिए । “डे केयरमा दैनिक किमोथेरापी गर्नका लागि मात्रै एक सयभन्दा बढी बिरामी आउनुहुन्छ”, उनले भने, “उहाँहरुको उपचार सहज गर्नका लागि किमोथेरापी गर्ने स्थानमा नै फार्मेसी सञ्चालन गर्न सकियो भने बिरामीलाई थप सुविधा हुन्छ ।”
जनशक्तिको अभावलाई पूर्ति गरेर छिट्टै थप फार्मेसी सञ्चालन गरिने पौडेलले बताए । “अस्पतालको गुनासो पेटीकामा हेर्दैगर्दा बिरामीका विभिन्न समस्यामध्ये औषधि पाइएन भन्ने गुनासो धेरै थियो”, उनले भने, “सम्पूर्ण औषधिको खरिद सार्वजनिक खरिद ऐन अनुसार बोलपत्र आह्वान गरी गराइगरेका छौँ । फार्मेसीमा औषधिको अभाव हुन दिएका छैनौँ ।”
आवश्यक किमोथेरापीका सम्पूर्ण औषधि, जनरल औषधि, एन्टिबायोटिक, दुखाइ कम गर्ने र सर्जिकल सामग्रीसहितका करिब छ सय भन्दाबढी औषधि फार्मेसीमा हाल उपलब्ध रहेका रहेको पौडेलले जानकारी दिए । उनका अनुसार अस्पतालमा सर्जिकल अङकोलोजी, मेडिकल कङकोलोजी, रेडियसन अङकोलोजी, प्याथोलोजी, रेडियोडायग्नोसिस, इमेजिङ, न्युक्लियर मेडिसिन, एनेस्थेसियोलोजी, प्यालिएटिभलगायत सेवा उपलब्ध छन् ।
पेट सिटी स्क्यानसँगै साइक्लोटोन उत्पादन र बोनम्यारो प्रत्यारोपण परियोजना छिट्टै सञ्चालन गर्ने तयारीमा अस्पताल रहेको कार्यकारी निर्देशक डा पौडेलले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै
जेठ १४, २०८१ सोमबार
रौतहटमा दर्जनौं अवैध अस्पतालले बिरामीसँग लाखौं रकम लुट्दै, नियमनकारी निकाय मौन
जेठ १४, २०८१ सोमबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
१६ जिल्लाका सीडीओसहित गृहका २५ जना सहसचिवको सरुवा (सूचीसहित)
जेठ १६, २०८१ बुधबार
मधेस प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ हुँदै
जेठ १७, २०८१ बिहिबार
बालिका बलात्कारीलाई आठ वर्ष कैद
जेठ १७, २०८१ बिहिबार
मधेसमा नयाँ सत्ता समीकरण : जनमतको नेतृत्वमा सरकार बनाउने सहमति
जेठ १७, २०८१ बिहिबार
राष्ट्रपति पौडेल स्वीट्जरल्यान्ड र जर्मनी भ्रमण जाँदै
जेठ १७, २०८१ बिहिबार
सरकार र आईसीसीबाट पहल गर्दा पनि सन्दीपलाई अमेरिकाले भिसा दिएन : क्यान
जेठ १७, २०८१ बिहिबार
पशुपति क्षेत्रको गुरूयोजना आगामी आर्थिक वर्षदेखि कार्यान्वयन हुने
जेठ १७, २०८१ बिहिबार