भलिबल अक्षयकोषमा प्रवासीको ४६ लाख सहयोग
नेपालबहस संवाददाता
फागुन १६, २०८० बुधबार २१:१८:३८
१६ फागुन, म्याग्दी । म्याग्दीमा स्थापना भएको ‘भलिबल अक्षयकोष’ मा प्रवासी म्याग्देलीबाट ४६ लाख ५१ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) बेलायतको सहयोगमा जिल्ला भलिबल सङ्घको अक्षयकोषमा सो रकम जम्मा भएको हो ।
मोना बेलायतका अध्यक्ष कुमार फगामीले बेनीमा आयोजित कार्यक्रममा उक्त रकम सांसद खमबहादुर गर्बुजामार्फत सङ्घका अध्यक्ष तेजेन्द्र बानियाँलाई हस्तान्तरण गरे ।
यसैगरी मोना कुवेतका प्रतिनिधि चन्द्र गोतामेले संस्थाको तर्फबाट ५० हजार रुपैयाँ हस्तान्तरण गरे। संस्थागत रुपमा पाँच लाख सहयोग गरेको मोना बेलायतले ८३ दातामार्फत थप रु ३८ लाख ६१ हजार सहयोग गरेको अध्यक्ष बानियाँले जानकारी दिए। कोषका लागि भलिबल सङ्घका पदाधिकारी र सदस्यले एक लाख रुपैयाँ तथा जापानमा व्यवसाय गर्ने मोना अन्तर्राष्ट्रियका अध्यक्ष दधीवल खड्काले एक लाख रुपैयाँ सहयोग गरेका छन् ।
“कोषको रकम वृद्धि गरेर रु एक करोड पुर्याउने लक्ष्य छ”, अध्यक्ष बानियाँले भने। गत असारमा म्याग्दी भलिबल क्लब बेलायतको निमन्त्रणामा बेलायत पुगेका अध्यक्ष बानियाँको प्रस्तावअनुसार मोना बेलायतले अगुवाइ गरेर सहयोग जुटाएको हो । राष्ट्रिय वाणिज्य बैंकको बेनी शाखामा राखिएको कोषको ब्याजबाट म्याग्दी भलिबल कप सञ्चालन, भलिबल प्रशिक्षण तथा कार्यालय सञ्चालन गरिने उनले बताए । मोना बेलायतले यसअघि म्याग्दीमा तीन एम्बुलेन्स सहयोग गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा पनि मनाइयो विश्व रेडक्रस दिवस
बैशाख २६, २०८१ बुधबार
जापानको सहयोगमा विद्यालय भवन निर्माण
बैशाख २६, २०८१ बुधबार
काफल बेचेर मनग्य आम्दानी
बैशाख २५, २०८१ मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
संसद अधिवेशन अघि कांग्रेसका दुई बैठक, कस्तो आउँछ निर्णय ?
बैशाख २६, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २६, २०८१ बुधबार
युक्रेनका थप दुई गाउँ कब्जा गरेको रुसको भनाइ
बैशाख २६, २०८१ बुधबार
संसदीय समिति गठन नगरे बजेट अधिवेशन अवरुद्ध गर्ने कांग्रेसको अडान
बैशाख २६, २०८१ बुधबार
घरजग्गाबाहेक चल सम्पत्ति धितो राखेर बैंकबाट ऋण लिन पाइने
बैशाख २६, २०८१ बुधबार
युके पठाइदिन्छु भन्दै ठगी गर्ने कार्की पक्राउ
बैशाख २६, २०८१ बुधबार
ज्यान मार्ने मुद्दामा फरार रेष्टुरेण्ट संचालक पक्राउ
बैशाख २६, २०८१ बुधबार