नेपाल लाइफको नत समयमा एजीएम, नत शेयरधनीलाई लाभांश, कमिशन पनि घट्यो
नेपालबहस संवाददाता
फागुन २९, २०८० मंगलबार १८:१३:१८
२९ फागुन, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको वित्तीय अवस्था उसैले सार्वजनिक गरेको वित्तीय प्रतिवेदन हेर्दा पनि त्यति सन्तोषजनक देखिएको छैन भने कम्पनी भित्र सुशासनको चरम अभाव देखिएको छ । केही जीवन बीमा कम्पनीले आर्थिक वर्ष ०७९/८० को वार्षिक साधारणसभा सम्पन्न गरिसक्दा पनि आफूलाई बीमा कम्पनीहरू मध्य अब्बल दावी गर्ने नेपाल लाइफले भने अघिल्लो आर्थिक वर्ष ०७८/७९ को साधारणसभा पनि सम्पन्न गर्न सकेको छैन ।
त्यस्तै आर्थिक वर्ष ०७८/७९ को वित्तीय विवरणबाट कम्पनीले कुनै पनि लाभांश घोषणा गरेको छैन । यसले सर्वसाधारण शेयरधनीहरु मर्कामा परेका छन् । त्यस्तै कम्पनीको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासलाई आधार मान्दा कम्पनीको कुल बीमा शुल्क आर्जनमा सामान्य वृद्धि भएको छ भने कम्पनीको कशिसन खर्च पनि घटेको छ ।
यस कम्पनीमा संचालक समितिको अध्यक्षमा गोविन्द लाल संघाई रहेका छन् । उनी ललितानिवास जग्गा घोटाला प्रकरणका फरार अभियुक्त पनि हुन । कम्पनीको संचालक समितिका अन्य सदस्यमा कमलेशकुमार अग्रवाल, विवेक अग्रवाल, विमलप्रसाद ढकाल, कृष्णराज लामिछाने, शक्तिकुमार गोल्यान र स्वतन्त्र संचालकमा पारुल ढकाल रहेका छन् ।
त्यस्तै बैंकको उच्च व्यवस्थापनमा सीईओ प्रवीण रमण पराजुलीदेखि डेपुटी सीईओमा अमित कुमार कयाल रहेका छन् । त्यस्तै कम्पनीका विभागीय प्रमुखहरूमा उमापति पोखरेल, ओमप्रकाश पुडासैनी, प्रेमप्रसाद रेग्मी, विनोदकुमार भुजेल, सुनिता पोखरेल, शरदचन्द्र प्याकुरेल, सत्या पराजुली, उज्जवल अर्याल, रोशन दवाडी, बन्दना शर्मा शिवाकोटी, सुलक्क्षना अधिकारी, जोया खान, अर्चना श्रेष्ठ, रोजेश बस्नेत र विनय भण्डारी लगायत छन् ।
कस्तो आयो नेपाल लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय प्रतिवेदन:
खुद मुनाफा :
नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्म जम्मा ४२ करोड ७७ लाख बराबर मुनाफा कमाएको छ । आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाससम्म कम्पनीले अझ कम ३७ करोड ८८ लाख बराबर मुनाफा कमाएको थियो ।
बीमा शुल्क आर्जन :
कम्पनीले २० अर्ब बराबर कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले जम्मा १८ अर्ब ६२ करोड बराबर कुल बीमा शुल्क आर्जन गरेको थियो । बीमा शुल्क आर्जनमा थोरै ७ दशमलव ३७ प्रतिशतले वृद्धि भएको छ ।
प्रथम बीमा शुल्क आर्जन:
आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले ३ अर्ब १६ करोड बराबर प्रथम बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ६४ करोड बराबर प्रथम बीमा शुल्क आर्जन गरेको थियो । प्रथम बीमा शुल्क आर्जन १९ दशमलव ३८ प्रतिशतले वृद्धि भएको छ ।
अभिकर्ता कमिशन :
कम्पनीले १ अर्ब ४९ करोड अभिकर्ता कमिशनमा खर्च गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ५३ करोड अभिकर्ता कमिशनमा खर्च गरेको थियो । अभिकर्ता कमिशनमा खर्च २ दशमलव ९८ प्रतिशतले घटेको छ ।
प्रतिशेयर आम्दानी :
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी जम्मा १० रुपैयाँ ४२ पैसा हुन आउँछ । गत आर्थिक वर्षको दोश्रोे त्रैमाससम्म प्रतिशेयर आम्दानी ९ रुपैयाँ २३ पैसा थियो । प्रतिशेयर आम्दानी १२ दशमलव ८९ प्रतिशतले मात्र बढेको देखिएको छ ।
किताबी मूल्य :
कम्पनीको किताबी मूल्य (प्रतिशेयर नेट्वर्थ) १२८ रुपैयाँ शून्य १ पैसा हुन आउँछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
महाकाली नदीको टापुमा १४ वटा ट्र्याक्टरसहित थुनिए २७ जना भन्दा बढी मजदुर
बैशाख २६, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा पार्किङमा राखिएका विमानहरु
बैशाख २६, २०८१ बुधबार
यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा ...
बैशाख २६, २०८१ बुधबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
१० महिनामा चितवन राष्ट्रिय निकुञ्जबाट ६ वटा बाघ मृतवस्थामा भेटिए
बैशाख २६, २०८१ बुधबार
अछाम र बाजुरामा विद्युत सेवा बन्द
बैशाख २६, २०८१ बुधबार