समयमा परेको पानीले किसानको मुहारमा खुसी
नेपालबहस संवाददाता
चैत ९, २०८० शुक्रबार १२:३२:२७
९ चैत, महोत्तरी । सर्वसाधारण किसानलाई खुसी हुन ठूलो कुरा चाहिँदैन । समयमा परेको पानीले नै किसानको मुहारमा खुसी छाएको छ । मङ्गलबार मध्यरातयता झरी जसरी परेको पानीले यहाँका किसानको मुहारमा खुसी छाएको हो ।
मन्दमन्द परेको पानीले रुखो जग्गाको माटो मज्जाले गलेपछि अब खनजोत गर्न पाइने भएको छ । पानीबिना ओइल्याउँदै गएका वैशाखी तरकारीका बोट र लहरा अहिले एक÷दुई दिनमै लहलहाएका छन् । त्यसैगरी, झपक्क मज्रेका (मञ्जरी खिलेको, पूmल लागेको) आँप, लिची र रूखकटहरसहितका रूख पानीले जालो र कालो धब्बा पखाली दिएपछि चहकिला देखिएका छन् ।
यसपालि पूरै हिउँद पानी नपरी बित्दा छट्पटिएका किसानमा अब बालीनाली अनुकूल हुने आश जागेको छ । “वर्षाको पानीको जादू दुई दिनमै तरकारीका लहरा कति फेरिए”, बारीका फर्सी, लौका, काँक्रा र घिरौँलाका लहलहाएका लहरा देखाउँदै भङ्गाहा–४ रामनगरका किसान मोहन खाँ थारू भन्छन्, “अब चाहिँ पछिको मौसम ठिकठिकै रहे वैशाखी तरकारीले मनमाफिक उत्पादन दिने आश जगायो ।”
त्यसैगरी, फलपूmलखेतीका किसानले पनि पछिल्लो वर्षा अमृत बनेको प्रतिक्रिया दिएका छन् । “पात र हाँगा नदेखिनेगरी खिलेको मज्जर (मञ्जरी, पूmल), रूखका हाँगा र पातमा बसेको जालो र काला धब्बा सबै पखालिएका छन्, फलका रूख परैबाट चहकिला देखिएका छन्”, बर्दिबास–९ पशुपतिनगरका किसान सुरजसिंह कुशवाहा भन्छन्, “अब मज्जर नझर्ने र राम्ररी टिकोला ९चिचिला० लाग्ने र बढ्ने आश जागेको छ ।”
पछिल्लो वर्षाले जालो, धब्बा पखाल्नसँगै जरामा पर्याप्त चिस्यान पुगेको हुँदा मधुवा (डढुवारोग) को प्रकोप पनि कम हुने किसानको विश्वास छ । अहिलेको वर्षा राम्ररी टिकोला लाग्न, टिकोला बढाउन, डाँठ दह्रो बनाउन अमृत नै भएको कुशवाहा बताउछन् । पानी परेलगत्तै फलपूmलका रूख फेरिएपछि किसानले राहत महसुस गरेका छन् ।
जिल्लामा बर्दिबास नगरपालिकाका–३, ४, ५, ७, ९, १०, ११, १२ र १३ का ४० भन्दा बढी बस्ती फलपूmल र तरकारीखेतीका पकेट क्षेत्र मानिन्छन् । यसैगरी, गौशाला, भङ्गाहा, मटिहानी, बलवा, मनराशिशवा र पिपरासहितका स्थानीयतहका बस्तीमा फलपूmल खेती निकै छ । पछिल्लो वर्षाले खासगरी आँप र लिचीलाई अमृतकै काम गरेको आम किसानको प्रतिक्रिया छ ।
भङ्गाहा–४ रामनगरकै अर्का किसान रामईश्वर ठाकुरले भने, “अहिले वर्षाले साथ दियो, अब ठूलो हावाहुरी नलागे टिकोला टिक्छन् ।” यसपालि अहिले पाइएको वर्षाको अनुकूलता पाइरहे आँप, लिच्चीबाट अपेक्षित उत्पादन लिइने ठाकुर बताउछन् । पछिल्लो वर्षाले वैशाखी तरकारी (वैशाखमा उत्पादन लिइने मौसमी) खेतीका लागि निकै राहत मिलेको किसानको भनाइ छ ।
माटोमा चिस्यान नहुँदा तरकारीका बेला (लहरा) र बोट कक्रिँदै गएका बेला परेको पानी अमृत भएको छ । “पूरै हिउँद पानी नपर्दा माटो रुखिएर तरकारीका बेला (लहरा) फैलन सकेका थिएनन्”, गौशाला–१० का किसान अरुण कुशवाहा भन्छन्, “यो पछिल्लो पानीले अब बग्रेल्ती चिचिला लाग्नेछन् ।” फलपूmल र तरकारीबाहेक उखुका लागि पनि पछिल्लो वर्षा अमृत भएको किसानको भनाइ छ । जिल्लामा पाँच हजार हेक्टर फलपूmलखेती र त्यसैको हाराहारीमा वैशाखी तरकारीखेती रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
पछिल्लो वर्षाले गहुँका बालामा पनि पोटिलो दाना लाग्ने किसानको भनाइ छ । यसैगरी, अरहर (रहरी), मुसुरोलगायत दलहनका बोट पनि हरिया भएका छन् । जताततै बुङ्बुङ्ती उड्ने धुलोबाट राहत दिनसँगै ह्वात्तै बढेको गर्मी घटाएर पछिल्लो वर्षाले वातावरण शीतल बनाएकोे छ ।
राम्ररी पानी परेर आकाश उघ्रेपछि अब खेतीपातीका काम गर्न सहज हुने किसानको भनाइ छ । पछिल्लो वर्षाले खेतबारीको माटोमा पर्याप्त चिस्यान भएपछि अब मकै छर्ने, बर्खे कोदो र धानको ब्याड राख्ने काम सुरु गर्न सकिने किसान बताउँछन् । धान काटेपछि चिस्यान नभएर खनजोत गर्न नसकिएको खेत अब जोत्न सकिने भङ्गाहा–६ हतिसर्वाको झपौल बस्तीका इस्लाम राइन बताउछन् । यसअघि चिस्यान नभएर रुखिएको बाँझो जग्गा अब खनजोत गरी बर्खे बाली लगाउने तयारी गरिने किसानले बताएका छन् ।
पछिल्लो वर्षाले पशुपालक किसान पनि रमाएका छन् । अब चरन क्षेत्रमा नयाँ घाँस पलाउने किसान बताउँछन् । अब यसअघि माटो रुखिएर मरेको दुबो र अन्य घाँस पलाएपछि केही दिनभित्रै पर्याप्त चरन हुने भङ्गाहा–४ रामनगरका भैँसीपालक किसान जुगल सदा मुसहर बताउछन् ।
यो वर्षाले वन क्षेत्रका पातपतिङ्र मज्जाले भिजाएको हुँदा अब डढेलो पनि पहिलेजस्तो नफैलने वन क्षेत्र नजिकका बासिन्दाको भनाइ छ । यसपालि फागुन मध्यदेखि नै बढेको डढेलोले वन सखाप पारेको छ । एक सातापहिले गौशाला–१२ मा घाटगद्दी गरिएका रु १५ लाखभन्दा बढी मूल्यका काठ डढेलोको चपेटामा परी खरानी बनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालिजले बजार नपाउँदा व्यवसायी मारमा
बैशाख २७, २०८१ बिहिबार
स्थानीय जातको कालो सुँगुर जोगाउनै मुश्किल
बैशाख २७, २०८१ बिहिबार
महोत्तरीका किसानले पाए उखुको भुक्तानी
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
मोरङ प्रहरीले पक्राउ गर्यो ठूलो परिणाममा लागूऔषध गाँजा
बैशाख २७, २०८१ बिहिबार
चालकको लापरबाहीका कारण गण्डकीमा बर्सेनि बढ्दै सवारी दुर्घटना
बैशाख २७, २०८१ बिहिबार
मारवाडी क्रिकेट लिगः वीरगञ्ज ब्लास्टर र लुम्बिनी लायन्स विजयी
बैशाख २७, २०८१ बिहिबार
दार्चुलामा चट्याङ लागेर एक बालिका घाइते, तीन पशु मरे
बैशाख २७, २०८१ बिहिबार
मधेश प्रदेशमा १० महिनामा आगलागीबाट १९ जनाको मृत्यु
बैशाख २७, २०८१ बिहिबार
मधेशमा सरकारबाट बाहिरिने तयारीमा एमाले र माओवादी
बैशाख २७, २०८१ बिहिबार
हर्क साम्पाङले सोधे धरानका पुर्व मेयर र उपमेयरलाई ९ बुँदे स्पष्टीकरण (पूर्णपाठ)
बैशाख २७, २०८१ बिहिबार