लिलाराज काम्बाङको म्युजीकल फिल्म ‘छुट्ने बेला’ विमोचन
नेपालबहस संवाददाता
चैत ११, २०८० आइतबार १२:३३:४२
११ चैत, काठमाडौं। गीतकार लिलाराज काम्बाङको म्युजीकल फिल्म ‘छुट्ने बेला’ विमोचन गरिएको छ । शनिबार काठमाडौंको क्युज सिनेमा हलमा एक कार्यक्रमका बीच २८ मिनेट लामो उक्त म्युजीकल फिल्म प्रिमियर गरियो ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गायक तथा संगीतकार दिप श्रेष्ठसँगै विशिष्ट अतिथि लोकप्रिय गायिका अन्जु पन्त, गायक शिव परियारलगायतका अतिथिहरूबाट सामूहिक विमोचन गरिएको थियो । सार्वजनिक म्युजीकल फिल्म छुट्ने बेला गीतमा साइराज खाती र मुना ठटालको स्वर रहेको छ । खाती र ठटाल गायन रियालिटी शो मेरो भ्वाइस युनिभर्सका फाइनलिस्ट हुन् ।
युके बस्दै आएका गीतकार काम्बाङको शब्दसँगै गीतमा शंकर थापा स्माइलको संगीत रहेको छ । एरेन्ज भने कुशल सिंहले गरेका हुन् । गीतकार काम्बाङले कार्यक्रममा भिडिओ सन्देश पठाउँदै सबैलाई धन्यवाद दिए । उनले परदेशमा रहेर आफूले लेखेका गीतलाई अडियो र भिडिओको माध्यमबाट दर्शक तथा स्रोता माझ ल्याउन मद्दत पुर्याउने गीतको टिमलाई विशेष धन्यवाद दिए ।
प्रमुख अतिथि श्रेष्ठले मेरो भ्वाइस युनिभर्समा पहिलेनै सबैको मन जितिसकेका खाती र ठटालको स्वर बद्ध गीतलाई म्युजीकल फिल्मको रुपमा हेर्न पाउँदा खुसी लागेको र गीतलाई सबैले मन पराउने भन्दै शुभकामना दिए । मेरो भ्वाइस युनिभर्समको दिप, अन्जु र शिव जज् समेत थिए । कार्यक्रममा उक्त शोका निर्देशक एलेन श्रेष्ठको पनि उपस्थिती थियो ।
साथै कार्यक्रममा विशेष अतिथिहरु एनआरएन एनसिसि इजरायलकी उपाध्यक्ष आदम्बरी दाना श्रेष्ठ, संगीत गुरु श्री श्रेष्ठ, गायिका निशा देसार, बबिना किराती, गायक बिरेन्द्र श्रेष्ठ, रबिन लिम्बु, कमल श्रेष्ठ, देवेन्द्र बराल, खेम सुब्बाको उपस्थिति थियो ।
गीतकार शंकर अधिकारी स्माईलले छोटो समयको निम्तोलाई पनि स्विकार गर्दै कार्यक्रममा उपस्थित हुने सम्पूर्ण अतिथिहरूलाई धन्यवाद दिए । साथै उनले गीतको अडियो र भिडिओका आफूहरूले निकै मिहिनेत गरेको भन्दै सबैलाई हेरिदिन र सुनिदिन आग्रह गरे ।
छुट्ने बेलाको भिडिओमा सम्राट अधिकारी, प्रतिक्षा लिम्बु, मिन बहादुर गुरुङ, कृष्ण बोहरा, शंकर थापा ईमाइल लगायतको अभिनय रहेको छ । विशाल थापाको छायांकन रहेको भिडिओ दिन्शन शाहले सम्पादन गरेका हुन् । भिडिओमा कथा तथा निर्देशक गणेश शाहीको रहेको छ । गणेशले यसअघि पनि थुप्रै चलचित्रमा सह निर्देशन गरिसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रकाश सपुत: गायक र अभिनेतादेखि चलचित्र निर्देशनसम्म
बैशाख २४, २०८१ सोमबार
जीवन कालमा धेरै मेहनत गरेर यहाँसम्म आएकी गायिका बिसी
बैशाख २४, २०८१ सोमबार
‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक
बैशाख १८, २०८१ मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
संसद अधिवेशन अघि कांग्रेसका दुई बैठक, कस्तो आउँछ निर्णय ?
बैशाख २६, २०८१ बुधबार
२२ वर्षीया युवती एक सातादेखि सम्पर्कविहीन
बैशाख २५, २०८१ मंगलबार
ज्यान मार्ने मुद्दामा फरार रेष्टुरेण्ट संचालक पक्राउ
बैशाख २६, २०८१ बुधबार
प्रधानमन्त्री प्रचण्डले गराए वीर अस्पतालमा दाँतको उपचार
बैशाख २६, २०८१ बुधबार
नेपालमा पनि मनाइयो विश्व रेडक्रस दिवस
बैशाख २६, २०८१ बुधबार
काभ्रेमा ‘आगो’को वितण्डा, बस्ती जोखिम !
बैशाख २६, २०८१ बुधबार
सुरक्षित कारोबार विधेयक संसदीय समितिबाट पारित
बैशाख २६, २०८१ बुधबार