प्राधिकरणका महानिर्देशक अधिकारी अख्तियारमा, ४० करोड हिनामिनाको आरोप
नेपालबहस संवाददाता
चैत १४, २०८० बुधबार ११:६:५३
१४ चैत, काठमाडौं । नेपाल–चीनबीच रोड एण्ड बेल्ट इनिसिएटिभ (बीआरआई) कार्यान्वयन सम्झौता हुने चर्चा बढिरहेको छ । यही चर्चाकै बीचमा सरकारले पोखरा विमानस्थल उद्दघाटन गरेको थियो । पुष्पकमल दाहाल प्रचण्डले नै सो विमानस्थल उद्घाटन गरेका थिए । उद्घाटन सत्रमा चिनियाँ राजदूतले पोखरा विमानस्थल बीआरआई परियोजना अन्तर्गत सम्पन्न भएको बताएका थिए । पोखरा विमानस्थल बनाउन चीन सरकारले नेपाल सरकारलाई २ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराएको थियो ।
सोही पोखरा विमानस्थल निर्माणको क्रममा ४० करोडको हाराहारीमा परामर्श सेवामा अनियमितता गरेको आरोपमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिएका छन् । “पीएस फर एडिसनल स्पेसिफिक एक्स्पर्ट्स एज एण्ड ह्वेन रिक्वाइर्ड बाइ इम्प्लोयर” शीर्षकमा मात्र १६ करोड ५० लाख रुपैयाँ राखेर अरु विभिन्न गरी प्रोभिजनल रकममा नै १९ करोड ५० लाख अर्थात् आधा रकम राखेर उनले चलखेल गरेको उजुरी र पोखरा विमानस्थलमा निर्माणमा चिनियाँ ठेकेदारमार्फत भएको अनियमिततालाई जोडेर अख्तियारले अनुसन्धान शुरु गरेपछि अधिकारीसँग बयान लिएको हो । ‘प्रदीप अधिकारीले बयान दिएर जानु भएको छ, केही दिनअघि बयान दिनुभएको हो’, अख्तियार स्रोतले भन्यो ।
उनी महानिर्देशक हुनअघि नै परेको उजुरीको आधारमा अनुसन्धान शुरु भएको थियो । अनियमितताको आरोप र अख्तियारसहितका नियामक निकायमा उजुरीको चाङ रहेका प्राधिकरणका निर्देशक (११ औं तह) प्रदीप अधिकारी, तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आले, तत्कालीन सचिव महेश्वर न्यौपाने लगायतलाई रिझाएर महानिर्देशक बनेका थिए ।
वरिष्ठताक्रमका आधारमा उनीभन्दा अगाडि प्रतापबाबु तिवारी, भोलाप्रसाद गुरागाईंलगायत दाबेदार भएपनि अधिकारीले मन्त्री, सचिव र शक्तिकेन्द्रहरूलाई रिझाएर पद हत्याएका थिए । उनै अधिकारीलाई अहिले अख्तियारले बयान लिइरहेको छ । पोखरा विमानस्थल निर्माण कार्य सम्पन्न भएको र त्यसअघि परामर्शदाता छनोटको विषयलाई लिएर उनीसँग बयान लिइएको हो । त्यतिबेला प्राधिकरणको नेतृत्व हत्याउन मन्त्री, सचिवदेखि एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल तथा नेता झलनाथ खनालको घरसम्म पुगेका थिए । पुरानो अखिलमा काम गरेको साइनो जोड्दै उनले प्राधिकरणको महानिर्देशक हत्याएका थिए ।
त्यतिमात्र नभएर उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सालो भूषण राणा, व्यापारी रोहिणी थपिलियाका ज्वाई सिद्धार्थ राणामार्फत पनि लबिङ गरेका थिए । अख्तियारले अनुसन्धान गर्ने क्रममा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि परामर्शदाता छनोट तथा सम्बद्ध व्यक्तिहरूसँग गैरकानुनी तरिकाले मिलेमतो गरी भ्रष्टाचार गरेको अख्तियारमा उजुरी थियो ।
अधिकारीविरुद्ध अख्तियारमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण विभागमा गैरकानूनी सम्पत्ति छानबिनको उजुरी रहेको छ । निर्माणाधीन तीन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीभन्दा पहिले छुट्टाछुट्टै आयोजना प्रमुख रहने गर्थे । तर, शक्तिकेन्द्रको आडमा उनी तीनवटै आयोजनाको एकीकृत संगठन बनाई आयोजना प्रमुख बनेका थिए । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकै दोस्रो टर्मिनल भवनको लागत घटाउन प्राविधिक टोलीले सुझाव दिए पनि रकम बढाउन चलखेल गरेको उनीमाथि उजुरी रहेको छ । एसियाली विकास बैंकले ७ अर्ब लगानी गर्ने तथा ३ अर्ब नेपाल सरकारले लगानी गरेर कुल १० अर्ब रुपैयाँको लागतमा दोस्रो टर्मिनल भवन बनाउने डिजाइनसहित इस्टिमेट गरिएको थियो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ४० करोडको हाराहारीमा परामर्श सेवामा पनि उनले अनियमितता गरेका थिए । “पीएस फर एडिसनल स्पेसिफिक एक्स्पर्ट्स एज एण्ड ह्वेन रिक्वाइर्ड बाइ इम्प्लोयर” शीर्षकमा मात्र १६ करोड ५० लाख रुपैयाँ राखेर अरु विभिन्न गरी प्रोभिजनल रकममा नै १९ करोड ५० लाख अर्थात् आधा रकम राखेर उनले चलखेल गरेको स्रोतले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार, ट्याक्सी वे निर्माणसहितको कामका लागि ९ अर्ब २० करोड रुपैयाँमा दिइएको उक्त ठेक्कामा पनि उनको सेटिङ रहेको विषयमा अख्तियारले छानबिन गरिरहेको छ । उनले सेटिङ गरेको ठेक्कामा चाइना नेशनल इन्जिनियरिङ कर्पोरेसन र चाइना मेसिनरी इन्जिनियरिङ कर्पोरेसनलाई मात्र पास गराइएको थियो । प्राविधिक प्रस्तावमा पास गराइएका ती दुई कम्पनीमध्ये कम दरमा प्रस्ताव गरेको चाइना नेशनल इन्जिनियरिङ कर्पोरेसनलाई ठेक्का दिइएको थियो ।
आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा आर्थिक अनियमितता भएको दाबी गर्दै आयोजनाका सबै कागजपत्र नियन्त्रणमा लिएको छ । कात्तिक १२ गते नै अख्तियारले कागजात नियन्त्रणमा लिएको थियो । सो कागजपत्र नियन्त्रणमा लिएपछि अधिकारीसँग एकैदिन २० घण्टासम्म बयान लिइएको छ । १२ अर्ब रूपैयाँमा निर्माण सम्पन्न हुने गरी स्टमेट गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागत पछि बढाइएको थियो । त्यतिबेला विमानस्थल आयोजना प्रमुख हाल नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रहेका प्रदीप अधिकारी थिए । अधिकारीले नै १२ अर्बबाट लागत बढाएका थिए ।
चीनको एक्जिम बैंकको ऋण सहयोगमा बनेको विमानस्थलमा तीनवटा अन्तर्राष्ट्रिय र आठ वटा आन्तरिक उडानका विमान पार्किङ गर्न सकिने भए पनि हालसम्म एकाध बाहेक अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । एक्जिम बैंकको २२ अर्ब रूपैयाँ अन्तराष्ट्रिय रुपमै महँगो २ प्रतिशत ब्याजमा र २ अर्ब अनुदानमा गरी २४ अर्ब लागतमा निर्माण भएको पोखरा विमानस्थलको लागत अनुमान अस्वाभाविक रूपमा वृद्धि गरिएको उजुरी परेको अख्तियारमा परेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
सत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
होस गरौँ, एआइले लाखौंलाई बनाउँदैछ बेरोजगार
बैशाख १५, २०८१ शनिबार
इलामको एउटा मतदान केन्द्रमा २ घण्टासम्म नक्कली मतपत्रमा मतदान
बैशाख १५, २०८१ शनिबार
उपनिर्वाचनको मतदान जारी, इलाममा १९ र बझाङमा ११ उम्मेदवार प्रतिस्पर्धामा
बैशाख १५, २०८१ शनिबार
सिमेन्टको बोरा बोक्दै महिलाहरू
बैशाख १५, २०८१ शनिबार
फेवातालमा पौडी प्रतिस्पर्धा
बैशाख १५, २०८१ शनिबार
प्राथमिक तहमा शिक्षक माग, सात प्रदेशमा गरी ४४६२ पद
बैशाख १५, २०८१ शनिबार