बाँकेमा गाइभैँसीलाई खोरेतविरुद्धको खोप
नेपालबहस संवाददाता
चैत १४, २०८० बुधबार १३:४६:४०
१४ चैत, नेपालगन्ज । बाँकेमा गाईभैँसीलाई खोरेतविरुद्धको खोप लगाइएको छ । एक लाख पाँच हजार एक सय पाँच गाईभैँसीलाई उक्त खोप लगाइएको हो ।
सरकारले उपलब्ध गराएको अनुदानका आधारमा जिल्लाका आठ स्थानीय तहका गाईभैँसीलाई खोरेतविरुद्धको खोप लगाइएको भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र, बाँकेका प्रमुख तथा वरिष्ठ मत्स्य विकास अधिकृत कमला अधिकारीले जानकारी दिए । खोप लगाउने कार्यक्रम अन्तिम चरणमा पुगेको उनले बताए ।
“अधिकांश स्थानीय तहमा खोप लगाइसकिएको छ । अबको एक सातामा खोप लगाइसक्छौँ”, उनले भने– “यो खोप बाख्रा र बङ्गुरलाई पनि लगाउँछौँ । हाललाई 'खुरफट्टा' गाई र भैँसीलाई प्राथमिकता दिएर खोप लगाउँदै छौँ ।” जिल्लामा अहिलेसम्म खोरेतको समस्या नदेखिएको र समस्या नआओस् भनेर सो खोप लगाइएको वरिष्ठ मत्स्य विकास अधिकृत अधिकारीले उल्लेख गरे । प्रत्येक वर्ष खोप अनिवार्य रुपमा लगाउनुपर्ने उनको भनाइ छ । खोरेतविरुद्ध पशु चौपायालाई बुस्टर डोज पनि लगाउन आवश्यक भएको उनले बताए ।
भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र, बाँकेका अनुसार जानकी गाउँपालिकामा १५ हजार डोज, खजुरा गाउँपालिकामा १५ हजार एक सय ५०, बैजनाथ गाउँपालिकामा १० हजार, कोहलपुर नगरपालिकामा पाँच हजार, राप्तीसोनारीमा १० हजार, डुडुवा गाउँपालिकामा १५ हजार, नेपालगञ्ज उपमहानगरपालिकामा २० हजार तथा नरैनापुर नगरपालिकामा १५ हजार डोज खोप लगाइएको छ ।
गाई र भैँसीमा खोरेत रोगबाट क्षति हुनबाट बचाउन बर्सेनि उक्त खोप लगाइँदै आएको विज्ञ केन्द्रका प्रमुख अधिकारीले बताए । खोप लगाउन ७० कर्मचारी परिचालन गरिएको छ । बाँकेमा गत वर्ष बुस्टर डोजसहित एक लाख ४७ हजार डोज खोप लगाइएको थियो । सबैभन्दा बढी पशुपालन हुने क्षेत्र डुडुवा, नरैनापुर जानकी र खजुरा गाउँपालिका रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनीका ७ जना मन्त्रीले पाए जिम्मेवारी
बैशाख १२, २०८१ बुधबार
लुम्बिनी विकास कोषले देखायो हदैसम्मको लापरवाही, अहिलेसम्म फेरिएन च्यातिएको झण्डा
बैशाख १२, २०८१ बुधबार
बाँकेका विभिन्न सामुदायिक वनमा डढेलो
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
पहिलो टी २० मा नेपालसँग वेष्ट इण्डिज ४ विकेटले पराजित
बैशाख १५, २०८१ शनिबार
लगानी सम्मेलन देखाएर सरकारले अध्यादेशमार्फत कानुन संशोधन गर्न मिल्दैनः कांग्रेस
बैशाख १५, २०८१ शनिबार
वेस्ट इन्डिज ए ले नेपाललाई दियो २०५ रनको लक्ष्य
बैशाख १५, २०८१ शनिबार
व्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
इलाममा अहिलेसम्म ४९ हजार मत खस्यो
बैशाख १५, २०८१ शनिबार
सरकारका कारण संसदीय भूमिका कमजोर भयोः सभामुख
बैशाख १५, २०८१ शनिबार