आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
नेपालबहस संवाददाता
चैत १६, २०८० शुक्रबार १४:५५:३९
१६ चैत्र, काठमाडौं । आयरल्यान्ड ए ले पहिलो टी–२० खेलमा घरेलु टोली नेपाललाई २२३ रनको विशाल लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यान्ड ए ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२२ रन बनायो ।
आयरल्यान्डका पिटर मुरले ३२ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४९ रन बनाए । ओपनर रस आदिर दोस्रो बलमै फर्स्ट स्लिपमा आरिफ शेखबाट क्याच आउट भएका थिए । त्रिवि मैदान कीर्तिपुरमा टस हारेर पहिले नेपालविरूद्ध पहिले ब्याटिङ गरेको आयरल्याण्ड वुल्भ्सले ५ विकेट गुमाएर २२२ रनको योगफल तयार पारेको हो ।
पहिलो ओभरमै विकेट लिएको नेपालको त्यसपछिका बलिङ कमजोर हुँदा आयरल्याण्डलाई थोरै रनमा रोक्न सकेन । नेपाललाई दसौं ओभरमा मात्र दोस्रो विकेट प्राप्त भएको थियो । उक्त ओभरको अन्तिम बलमा सागर ढकालले कारमिचेललाई एलबिडब्लु धरापमा पारेका थिए ।
कारमिचेलले २९ बलमा ४ चौका र १ छक्का प्रहार गरी ३८ रन बनाएका थिए । त्यसपछि ११ औं ओभरमा तेस्रो विकेटका रूपमा ओपनर पिटर मुर आउट भएका थिए । ४९ रन बनाएर खेलिरहेका उनी आरिफ शेखबाट बोल्ड हुँदा अर्धशतक बनाउनबाट चुकेका थिए ।
त्यसपछि कमलसिंह ऐरीले नै चौथो विकेट लिए । उनले १५ औं ओभरको चौथो बलमा आयरल्याण्ड वुल्भ्स्सका स्टेफेन डोहनीलाई सागर ढकालबाट क्याच आउट गराए । डोहनी १६ बलमा ४ चौका र २ छक्का प्रहार गरी ३४ रन बनाएर खेलिरहेका थिए । १९ औं ओभरको पहिलो बलमा पुनः कमल ऐरीले विकेट लिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो टी २० मा नेपालसँग वेष्ट इण्डिज ४ विकेटले पराजित
बैशाख १५, २०८१ शनिबार
वेस्ट इन्डिज ए ले नेपाललाई दियो २०५ रनको लक्ष्य
बैशाख १५, २०८१ शनिबार
आइपिएलमा आज दुई खेल हुँदै
बैशाख १५, २०८१ शनिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
पहिलो टी २० मा नेपालसँग वेष्ट इण्डिज ४ विकेटले पराजित
बैशाख १५, २०८१ शनिबार
लगानी सम्मेलन देखाएर सरकारले अध्यादेशमार्फत कानुन संशोधन गर्न मिल्दैनः कांग्रेस
बैशाख १५, २०८१ शनिबार
वेस्ट इन्डिज ए ले नेपाललाई दियो २०५ रनको लक्ष्य
बैशाख १५, २०८१ शनिबार
व्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
इलाममा अहिलेसम्म ४९ हजार मत खस्यो
बैशाख १५, २०८१ शनिबार
सरकारका कारण संसदीय भूमिका कमजोर भयोः सभामुख
बैशाख १५, २०८१ शनिबार