अरुण नदीमा फेरी बन्द भएपछि आवतजावतमा समस्या
नेपालबहस संवाददाता
चैत १७, २०८० शनिबार १८:२३:२६
१७ चैत, किमाथाङ्का, 'सङ्खुवासभा' । सङ्खुवासभा र भोजपुरलाई जोड्ने खाँदबारी नगरपालिका–९ सतिघाटस्थित अरुण नदीमा फेरी बन्द भएपछि यातायात सेवा अवरुद्ध भएको छ । शुक्रबार दिउँसो गाडी तार्ने क्रममा फेरीको लठ्ठा 'तार'मा समस्या देखिपछि यातायात सेवा अवरुद्ध भएको हो । फेरी बन्द भएपछि भोजपुर जिल्लामा दैनिक उपभोग्य सामग्री आयात तथा आवतजावतमा समस्या उत्पन्न भएको छ ।
चार वर्षअघि निर्माण गरिएको फेरीमा समस्या आएपछि शुक्रबार दिउँसोदेखि सङ्खुवासभा र भोजपुर यावतजावत ठप्प भएको षडानन्द नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईँले जानकारी दिए । उनी अनुसार अवरुद्ध फेरी सञ्चालनमा ल्याउन अझै दुई साता लाग्ने र यसका लागि पहल भइरहेको छ ।
फेरी बन्द भएपछि भोजपुरको षडानन्द नगरपालिका र साल्पा सिलिच्छो गाउँपालिका जाने दर्जनौँ गाडी अरुण नदीमा अलपत्र परेका छन् । अरुण नदीमा पक्की पुल नहुँदा फेरी भोजपुरका लागि सवारीसाधन, दैनिक उपभोग्य वस्तु तथा यात्रु तार्ने एकमात्र माध्यम हो । सो नदीमा निर्माणाधीन अवस्थामा रहेको दुईवटा पक्की पुल पनि अझै निर्माण सम्पन्न हुनसकेको छैन ।
अरुण नदीको सतिघाट अरुण नदीमा फेरी निर्माण भएपछि षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका र छिमेकी जिल्ला खोटाङका ७० हजारभन्दा बढी स्थानीय प्रभावित भएका छन् । फेरीले एकै पटकमा चार वटासम्म सवारीसाधन तार्ने गरेको थियो ।
सङ्घीय सांसद क्षेत्र विकास कोषबाट रु ७५ लाख, प्रदेश सांसद क्षेत्र विकास कोषबाट रु ७५ लाख र षडानन्द नगरपालिकाको रु ५५ लाख लागतमा फेरी निर्माण गरिएको हो । फेरीबाट दैनिक एक सय वटाजति साना–ठूला सवारीसाधन आवतजावत गर्दै आएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
जेठ ७, २०८१ सोमबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
घर, समाज र टोलका विवाद मिलाउन ‘न्याय चौतारी’
जेठ ८, २०८१ मंगलबार
मार्शल लगाएर प्रतिनिधि सभाबाट धन्यवाद प्रस्ताव पारित, प्रधानमन्त्रीलाई स्कर्टिङ
जेठ ८, २०८१ मंगलबार
कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी
जेठ ८, २०८१ मंगलबार
बजेट अभावमा पर्वतका एक सय १५ खानेपानी आयोजना अधुरै
जेठ ८, २०८१ मंगलबार
चितवनमा पहिलोपटक शल्यक्रियाबिना मुटुको प्वाल टालियो
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार