गृहमन्त्रीलाई स्वर्णपत्रमा कि ताम्रपत्रमा उजुरी दिनुपर्ने हो, जानकारी पाऊः कांग्रेस
नेपालबहस संवाददाता
चैत १९, २०८० सोमबार १२:२८:५४
१९ चैत, काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगी सम्बन्धी आरोपबारे छानबिन नभएसम्म पदबाट राजीनामा दिनुपर्ने विषय दोहोर्याएकाे छ । प्रतिनिधिसभाको बैठकमा कांग्रेसकी सांसद प्रतिमा गौतमले कुनै संलग्नता नभए संसदीय छानबिन समिति बनाउन किन सत्ता गठबन्धन डराएको भन्दै प्रश्न गरिन ।
सोमबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै नेपाली कांग्रेसका सांसदहरूले उठेर विरोध जनाए । ‘प्रधानमन्त्री ज्यू यही संसदमा आएर गृहमन्त्रीमाथि परेको उजुरी कानूनी हिसाबले मुद्दा गर्न अयोग्य भएको फैसला गर्नुहुन्छ । आरोपी गृहमन्त्री आफूलाई परेको उजुरीलाई चिर्कटोको संज्ञा दिनुहुन्छ । उजुरी त कागजमै लेख्ने होला नि कि ताम्र पत्र वा स्वर्ण पत्रमा लेख्ने हो त्यो पनि जानकारी गराइदिए हुन्थ्यो’ उनले भनिन् ।
सभामुख देवराज घिमिरेले समय दिएपछि पार्टीका तर्फबाट बोल्दै गौतमले सहकारीको बचत हिनामिना गरेको भनी उपप्रधान तथा गृहमन्त्री आरोपित रहेको बताइन् । यस विषयमा आफूहरूले संसदीय छानबिन समिति गठनको माग गर्दा सत्तारुढ दलहरू तयार नहुनु आफैंमा शंकास्पद रहेको बताइन् ।
‘एउटा सहयात्री दलका अध्यक्ष गृहमन्त्रीलाई गुमाउनुपर्छ भन्ने मानसिक पीडामा सरकार देखियो, त्रसित देखियो । हामी बुझ्दछौं–सरकार टिकाउनुपर्ने छ । बाध्यताहरू होलान्,’ सांसद गौतमले भनिन् । जे जस्तो भएता पनि आरोप लागेपछि त्यसको पुष्टिका लागि जो कोही तयार हुनुपर्ने उनको भनाइ छ । सांसद गौतम थप्छिन्, ‘उहाँहरू आई एम द स्टेट भन्नेमा हुनुहुन्छ । सहकारी ठगहरूको पक्षमा सरकार देखियो । आरोपित गृहमन्त्रीज्यु उजुरीलाई चिर्कटोको संज्ञा दिनुहुन्छ ।’
उनले भनिन्, संसदीय छानबिन समिति बनाउनुपर्छ भनिरहेका छौँ । आरोपलाई अनुसन्धान नभई खारेज गर्न हुँदैन । त्यसैले छानबिन समिति गठन गरौँ भन्दा किन यति धेरै पसिना आयो ? हामीले बुझ्न चाहेका छौँ यहाँ गम्भीर प्रश्नहरू लुकेका छन् । उनले सरकार सहकारी पीडितहरूलाई न्याय दिने पक्षमा भन्दा पनि उनीहरूलाई घरको न घाटका बनाउने ठगहरूलाई बचाउने पक्षमा उद्धत भएको आरोप लगाइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशमा सरकारबाट बाहिरिने तयारीमा एमाले र माओवादी
बैशाख २७, २०८१ बिहिबार
हर्क साम्पाङले सोधे धरानका पुर्व मेयर र उपमेयरलाई ९ बुँदे स्पष्टीकरण (पूर्णपाठ)
बैशाख २७, २०८१ बिहिबार
कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ, दुई जना विना विभागीय मन्त्री नियुक्त
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
मोरङ प्रहरीले पक्राउ गर्यो ठूलो परिणाममा लागूऔषध गाँजा
बैशाख २७, २०८१ बिहिबार
चालकको लापरबाहीका कारण गण्डकीमा बर्सेनि बढ्दै सवारी दुर्घटना
बैशाख २७, २०८१ बिहिबार
मारवाडी क्रिकेट लिगः वीरगञ्ज ब्लास्टर र लुम्बिनी लायन्स विजयी
बैशाख २७, २०८१ बिहिबार
दार्चुलामा चट्याङ लागेर एक बालिका घाइते, तीन पशु मरे
बैशाख २७, २०८१ बिहिबार
मधेश प्रदेशमा १० महिनामा आगलागीबाट १९ जनाको मृत्यु
बैशाख २७, २०८१ बिहिबार
मधेशमा सरकारबाट बाहिरिने तयारीमा एमाले र माओवादी
बैशाख २७, २०८१ बिहिबार
हर्क साम्पाङले सोधे धरानका पुर्व मेयर र उपमेयरलाई ९ बुँदे स्पष्टीकरण (पूर्णपाठ)
बैशाख २७, २०८१ बिहिबार