प्रहरीलाई कारवाही, सहसचिवलाई चीन भ्रमणको पुरस्कार !
कुसुम सेञ्चुरी
चैत २१, २०८० बुधबार ११:५०:३५
२१ चैत, काठमाडौं । निरीह बनाइएका नेपाल प्रहरीका कर्मचारीलाई कारवाही गर्न तम्सेका गृहमन्त्री रवि लामछिानेका सहसचिव झलकराम अधिकारीले शक्तिकेन्द्रको ‘शक्ति’देखाउँदै चीन भ्रमणमा पुगेका छन् । सुनको अवैध पैठारी तथा तस्करी छानविन गर्न बनेको आयोगले अधिकारीलाई कारवाही गर्न सिफारिस गरेको भएपनि उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको बलमा उनी चीन भ्रमणमा पुगेका हुन् ।
सुन तस्करीका नाइकेको रुपमा रहेका दाबा छिरिङसँगको सम्पर्कमा आधारमा उनलाई कारवाहीको सिफारिस भएको थियो । उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्य नेतृत्वको सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगले अधिकारीमाथि अनुसन्धान गर्न सिफारिस गरेको भएपनि उनलाई अर्का उपप्रधानमन्त्री श्रेष्ठको संरक्षणमा चीन भ्रमणमा पठाइएको हो । गृहमन्त्री रवि लामिछाने नै अध्यागमन विभागका तत्कालीन महानिर्देशक अधिकारी सुन तस्करीका नाइके दाबासँग कनेक्सनमा रहेको प्रमाण बोकेर बसेका थिए । तर उनी सचिव बढुवाको तालिम लिएर अवलोकन भ्रमणका लागि चीन पुगेका हुन् ।
‘उनलाई बढुवाको लाइनमा राखिएको, जबकि अनुसन्धानमा संलग्न प्रहरीलाई भने कारवाही भन्दै सरुवा र बढुवामा दाग लगाइएको छ’, गृह मन्त्रालय स्रोतले भन्यो । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका वरिष्ठ निर्देशक विनोदकुमार विष्टको नेतृत्वमा शुक्रबार नै २६ जनाको टोली बेइजिङ प्रस्थान गरेको हो । अधिकारीसहित २३ जना सहसचिवको टोली चीनको सार्वजनिक प्रशासनबारे जानकारी लिने उद्देश्यले बेइजिङ पुगेको हो । सचिवमा बढुवा हुनका लागि चाहिने एसइडीपी (सिनियर एक्जुकेटिभ डेभलपमेन्ट प्रोग्राम) तालिममा लिएका सहसचिवहरू बेइजिङ पुगेका छन् । भारतलगायत मुलुकमा उक्त तालिममा सहभागी हुने सहसचिवहरूलाई अवलोकन भ्रमण गराइए पनि चीनमा भने पहिलोपटक लगिएको हो ।
विमानस्थलबाट हुने सुन तस्करीमा संलग्न रहेको आरोपमा सहसचिव अधिकारीलाई आयोगले बयान लिएर छाडेको थियो । उनी अध्यागमन विभागमा हुँदा तस्करीमा संलग्न रहको भनिएका बेल्जियन नागरिक दावा छिरिङसँग नजिकको सम्बन्ध राखेको आधारमा उनलाई बयान लिएर कारवाहीको सिफारिस गरिएको हो । उनकै अनुमतिले पानी तान्ने मेसिनमार्फत सुन तस्करी भएको आरोप लागेको छ । अधिकारी अध्यागमन विभागमा हुँदा बेल्जियन नागरिक दावा छिरिङले ह्वाटसएप मार्फत पानी तान्ने मेसिनको तस्वीर पठाउने गरेको त्यसलाई छाड्न अधिकारीले सहयोग गरेका थिए तर उनलाई तत्कालीन गृहमन्त्री नारायणकाजीले बचाएका थिए ।
सो प्रकरण बाहिरिएपछि उनलाई विभागबाट सरुवा गरेर सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पठाइएको थियो । त्यसपछि नेपाल ट्रष्टको कार्यालय सरुवा गरेर अहिले बढुवाको लाइनमा राखिएको हो । हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणका संलग्न प्रतिवादी दावासँग अधिकारीले ह्वाट्स एपमा शंकास्पद कुराकानी गरेको मात्र होइन उनले तस्करीलाई सहजीकरण गरेको समेत सीआईबीका अधिकारीहरुले बताएका थिए । सुन आयोगले पनि उनलाई कारवाहीको सिफारिस गरेको थियो । परराष्ट्र मन्त्री श्रेष्ठका निकै नजिक मानिएका अधिकारी अहिले चीनको अध्ययन अवलोकन भ्रमणमा रहेका छन् ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपआइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
२२ वर्षीया युवती एक सातादेखि सम्पर्कविहीन
बैशाख २५, २०८१ मंगलबार
भाजपा प्रवेश गरेपछि अभिनेता शेखर सुमनले कंगनासँग दोस्ती गर्ने
बैशाख २६, २०८१ बुधबार
बजेट अभावका कारण हुलाकी सडक निर्माण सुस्त
बैशाख २६, २०८१ बुधबार
कोरोनाकालमा अनलाइनमार्फत कक्षा लिएकालाई मान्यता दिइने
बैशाख २६, २०८१ बुधबार
सिद्धार्थनगर सिटी अस्पतालमा न्यूरो र जनरल सर्जरीको विशिष्टिकृत सेवा
बैशाख २६, २०८१ बुधबार
'पुजार सार्की’मा विभेद र वर्गीय सङ्घर्षको कथा
बैशाख २६, २०८१ बुधबार
फ्लाईओभरका अव्यवस्थित निर्माण सामग्री हटाइयो [ फाेटाेफिचर ]
बैशाख २६, २०८१ बुधबार