राजनीतिक पहुँचमा कामै नगरी तलब खान्छन विष्णुपुरका कर्मचारी
नेपालबहस संवाददाता
चैत २१, २०८० बुधबार १४:१८:१३
२१ चैत, सिराहा । सिरहाको विष्णुपुर गाउँपालिकामा कार्यरत कर्मचारीले काम नै नगरी तलब भत्ता बुझ्ने गरेका छन् । गाउँपालिकाका प्रशासन शाखामा कार्यरत कर्मचारी महेन्द्र यादव र पोषण सहजकर्ताको रुपमा कार्यरत लक्ष्मी कुमारी यादवले घरै बसी–बसी तलब भत्ता बुझ्दै आएका छन् ।
राजनीति पहुँच र चिनजानका भरमा दुबै कर्मचारीले काम नै नगरी तलब भत्ता बुझ्ने गरेको त्यहाँ कार्यरत अन्य कर्मचारी बताउँछन् । ती कर्मचारीले भने, ‘दुबै जना कार्यालय हाजिर गर्न मात्र आउँछन् । कार्यालय प्रमुख र गाउँपालिका अध्यक्षलाई राजनीतिक दवावमा पारेर निर्वाध रुपमा तलब भत्ता लिने गरेका छन् ।’
तत्कालीन जिल्ला विकास समितिमा नायव सुव्वा (पाँचौ) तहमा अस्थायी सेवाका कर्मचारी महेन्द्र यादवलाई गाउँपालिका स्थापना भएको केही दिनमै सरुवा गराएर आएको प्रशासकीय अधिकृत रामप्रवेश यादवले जानकारी दिए ।
उनले भने, ‘गाउँपालिकामा महेन्द्र सर अहिले प्रशासन शाखामै बस्दै आएको छ । केही वर्ष अगाडि उहाँलाई राजस्व शाखाको जिम्मेवारी दिइएको थियो । तर, राजस्व हिनामिना गरिएको विषयमा विवादित भएकोले उनलाई अहिले प्रशासन शाखामै राखिएको छ ।’ उनले थपे, ‘हामी तीन जना कर्मचारी प्रशासन शाखामा छौ, यो शाखामा खासै कामपनि हुँदैन । तर वहाँ कार्यालय आउनुहुन्छ ।’ कार्यालय आए पनि हाजिर गरेर बाहिर व्यक्तिगत काममा व्यस्त रहने गुनासो आएको विषयमा प्रशासकीय अधिकृत यादवले भने कुनै प्रतिक्रिया दिन चाहेनन् ।
त्यसैगरी, गाउँपालिका स्वास्थ्य संयोजक राम सेवकलाई पोषण सहजकर्ताको बारेमा जिज्ञासा राख्दा ‘विगतमै लक्ष्मी कुमारी यादवलाई पोषण कार्यक्रम स्वयंमसेवकको रुपमा राखिएको थियो । अहिले मन्त्रालयले सहजकर्ताको रुपमा तलब भत्ता खुवाउने भनिएको छ । उनले भने, ‘पालिकाले मन्त्रालयको निर्देशनअनुसार तलब खुवाउँदै आएको सहजकर्ताले वर्षमा दश वटा कार्यक्रम मात्र गर्नुपर्ने भएकोले पालिकामा नबसे पनि तलब खुवाउनुपर्ने हुन्छ । तोकिएको कार्यक्रम बाहेक अरु काममा लगाउन पनि मिल्दैन ।’
उनले थपे, ‘गाउँपालिका अध्यक्षको निरहिताको कारण पालिकाले गति लिन सकिरहेको छैन । गापा अध्यक्ष सत्यनारायण यादवकै कारण पालिकामा काम गर्ने वातावरण बिग्रदै गइरहेको छ ।’ गापा अध्यक्ष यादवले कर्मचारीलाई राजनीतिक कार्यकर्ताको रुपमा चलाउन खोजेको कर्मचारीहरूको गुनासो रहँदै आएको छ । कार्यालयमा बिरलै देखा पर्ने प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार सिंहलाई कर्मचारीको विषयमा प्रतिक्रिया लिन उनले प्रयोग गर्ने कार्यालयको नम्बर ९८५२८३४७५९ र व्यक्तिगत नम्बरमा फोन गरेपनि मोवाइल स्विच अफ थियो ।
यता, कर्मचारी द्वयको बारेमा गापा अध्यक्ष सत्यनारायण यादवसँग कुरा गर्न खोज्दा उनी ‘यो विषयमा पछि कुरा गर्छु भन्दै पन्छिए । उनले भने, ‘यो कर्मचारीको विषयमा तपाईं कार्यालय तिरै आउनुस्, हामी सँगै बसेरै कुरा गरौंला भन्दै फोन काटे ।’
तत्कालीन गाउँपालिका अध्यक्ष जागेस्वर यादवको पालामा राजस्व हिनामिना गरेको भन्दै २०७८ सालमै महेन्द्र यादवको जिम्मेवारी खोसिएको नाम नखोल्ने शर्तमा एक कर्मचारीले बताए । उनले भने, ‘जिम्मेवारी खोसिए देखी हालसम्म उनलाई गापाले कुनै जिम्मेवारी दिएको छैन। यादव प्रत्येक दिन पञ्जीकरण शाखामा गएर हाजिर गरेर बाहिर जानु हुन्छ । त्यतिकै हाजिरी बनाएर आउ–जाउ गरेरै तलब बुझिरहेका छन ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनारायणीमा ३० करोडको एमआरआई मेसिन ६ महिनामै विग्रियो
बैशाख २७, २०८१ बिहिबार
हाटबजारको खुला शौचले विद्यार्थीमा मनोवैज्ञानिक असर
बैशाख २७, २०८१ बिहिबार
समपूरक र विशेष अनुदानका लागि मधेस प्रदेशबाट प्रस्ताव परेन, क्रमागत आयोजनाले बजेट नपाउने
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
हर्क साम्पाङले सोधे धरानका पुर्व मेयर र उपमेयरलाई ९ बुँदे स्पष्टीकरण (पूर्णपाठ)
बैशाख २७, २०८१ बिहिबार
महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक संघसंस्थाहरूलाई सहायता वितरण
बैशाख २७, २०८१ बिहिबार
प्रहरी अतिरिक्त महानिरीक्षकमा जोशी र ढकाललाई बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
बैशाख २७, २०८१ बिहिबार
कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ, दुई जना विना विभागीय मन्त्री नियुक्त
बैशाख २७, २०८१ बिहिबार
मोरङ प्रहरीले पक्राउ गर्यो ठूलो परिणाममा लागूऔषध गाँजा
बैशाख २७, २०८१ बिहिबार
सरकारको नीति तथा कार्यक्रम जेठ १ गते आउने
बैशाख २७, २०८१ बिहिबार