लगातार ८ सिक्वेल फिल्ममा काम गर्दै अजय देवगन
नेपालबहस संवाददाता
चैत २२, २०८० बिहिबार १०:३३:४२
२२ चैत, काठमाडौं । अजय देवगनका फिल्म दे दे प्यार दे र सन अफ सरदार निकै हिट भएका थिए, अब यी दुई फिल्मको सिक्वेलको तयारी चाँडै सुरु हुँदैछ । रिपोर्टका अनुसार अजयले जुनबाट लन्डनमा दुबै फिल्मको छायांकन सुरु गर्नेछन् ।
रिपोर्ट अनुसार अजय देवगनले जुनदेखि लन्डनमा दे दे प्यार दे( २ र सन अफ सरदार-२ को सुटिङ सुरु गर्नेछन् । अहिले अजय सिंघम अगेन र रेड-२ को सुटिङमा व्यस्त छन् । यी दुवै चलचित्र मेमा पूरा हुनेछन् । यी दुवै फिल्म यसै वर्ष रिलिज हुँदैछन् । उनीहरुको सुटिङपछि अजय जुनमा लण्डनमा पहिले दे दे प्यार दे( २ र त्यसपछि सन अफ सरदार( २ को सुटिङ गर्नेछन् ।
दे दे प्यार दे( २ को पहिलो शेड्युल १५ दिनको लागि राखिएको छ, जसलाई अंशुल शर्माले निर्देशन गर्दैछन् । पहिलो शेड्युलपछि अजयले सिधै सन् २०१२ को फिल्म सन अफ सरदारको सिक्वेलमा काम सुरु गर्नेछन् । रिपोर्टका अनुसार पञ्जाबी फिल्म उद्योगका एक प्रसिद्ध निर्देशकलाई फिल्म सन अफ सरदार( २ को लागि ल्याइएको छ ।
अजय देवगन अजय देवगनसँग एक–दुई होइन ८ वटा सिक्वेल फिल्म छन् । आगामी दिनमा उनी रेड-२, दे दे प्यार दे-२, सन अफ सरदार-२, गोलमाल-५, सिंघम अगेन, धमाल-४, दृश्यम-३ र शैतान-२ मा देखिनेछन् ।
अजय देवगनको पछिल्लो फिल्म फिल्म शैतान मार्च ८ मा रिलिज भएको थियो । विकास बहलले निर्देशन गरेको यो अलौकिक हरर फिल्मले अहिलेसम्म बक्स अफिसमा २०० करोडको कलेक्सन गरेको छ । फिल्ममा अजय देवगनसँग आर। माधवन र ज्योतिका मुख्य भूमिकामा छन् । अजयले छिट्टै यो फिल्मको सिक्वेलमा काम गर्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअनन्त-राधिकाको दोस्रो प्रि-वेडिङ समारोहमा हलिउड गायिका केट पेरीको परफरमेन्स
जेठ १८, २०८१ शुक्रबार
एनिमल पछि बलिउडमा चम्किएकी तृप्ति
जेठ १७, २०८१ बिहिबार
प्रभासको निर्देशकसँग मतभेदपछि सलारको दोस्रो भाग अनिश्चित !
जेठ १३, २०८१ आइतबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
बङ्गलादेशमा दुई करोड बालबालिकालाई भिटामिन ‘ए प्लस’ क्याप्सुल वितरण
जेठ १९, २०८१ शनिबार
‘संसद्ले कार्यपालिकालाई निगरानी गर्न नसके लोकतन्त्रमाथि खतरा’
जेठ १९, २०८१ शनिबार
सार्वजनिक यातायातलाई अपाङ्ग तथा अशक्तमैत्री बनाउन निर्देशन
जेठ १९, २०८१ शनिबार
चीनद्वारा बालबालिकाका लागि २१ औषधि बजारमा पठाउन अनुमति
जेठ १९, २०८१ शनिबार
खानेपानीका लागि महोत्तरीका महिलाहरु रातभर जाग्राम
जेठ १९, २०८१ शनिबार
वर्षा भएसँगै देशभर तापक्रम घट्यो, कहाँ कति छ ?
जेठ १९, २०८१ शनिबार