“नागरिक पहिलो” अभियान शुरु, के हो अभियानको अन्तर्य
भुवनेश्वर अर्याल
चैत २४, २०८० शनिबार १४:३३:१३
"नागरिक पहिलो अभियान" (People First Campaign) नेपालको गैर दलीय राजनीतिक अभियान हो । विद्यमानका राजनीतिक दलहरूले संविधानको भावना र मर्म अनुसार राजनीति नगरी राजनीतिलाई पेशा व्यवसायका रुपमा सञ्चालन गरेकाले यो अभियानको सुरुवात गर्नु परेको हो । राजनीतिमा निष्ठा, नैतिकता, मूल्य, मान्यता र नागरिकप्रतिको उपेक्षा बढ्दै गएको सन्दर्भ, समय र आवश्यकताले यो अभियान जन्मेको हो ।
बिगत एक बर्षदेखि देशका विभिन्न ठाउँहरूमा पुगेर आम नागरिकहरूसँग छलफल, अन्तरक्रिया र बहसहरूबाट आज नेपाली नागरिकहरूले खोजेको मुख्य दुई कुराहरू हुन् भन्ने यो अभियानको निष्कर्ष हो ।
ती हुन् .....
सबैको स्वाभिमान
सबैको समृद्धि
नेपालको राजनीतिक परिवर्तनमा विभिन्न समयमा विभिन्न राजनीतिक दल, नेताहरु र नागरिकले गरेको संघर्ष र बलिदानलाई हाम्रो अभियान उच्च कोटीको सम्मान गर्दछ । पछिल्लो परिवर्तनबाट निर्माण भएको नेपालको संविधान २०७२ का प्रति पनि हाम्रो पूर्ण निष्ठा कायम रहेको छ । जहाँसम्म संविधानले न्याय गर्न नसकेका बिषयहरु छन् भने तिनलाई संविधान संशोधन गरेर पूरा गर्न सकिन्छ भन्ने पूर्ण विश्वास पनि हाम्रो छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रका तीन पक्षहरु मध्ये लोकतन्त्र कांग्रेस लगायतका प्रजातान्त्रिक शक्तिहरूले जोड गरेर राखेका हुन् । संघीयता मधेश लगायत सबै पहिचानवादीहरुको अपनत्व कायम भएको बिषय भइहाल्यो र गणतन्त्र बिगत लामो समयदेखि नेपालका बामपन्थी दलहरूको सबै खालका संघर्षले स्थापित गरेको एजेण्डा भएको यथार्थ छर्लङ्गै छ ।
यो यथार्थका बीच आज संविधानको संरक्षण, कार्यान्वयन तथा राष्ट्र र नागरिकका पक्षमा संविधानको पालना भइरहेको कहीँ कतै देखिएको छैन । हाम्रो अभियान वर्तमान संविधानको पूर्ण रुपमा पालना र यसबाट नेपाली नागरिकले खोजेको स्वाभिमान र समृद्धिको आकांक्षा पूरा भएको देख्न चाहन्छ ।
अभियानले विद्यमान समयमा देशको राजनीति, कर्मचारीतन्त्र , संवैधानिक अङ्गहरू र परराष्ट्र नीति समेतका विषयमा पाँच समस्या पहिचान गरेको छ ।
ती पाँच समस्या देहाय बमोजिम छन् .....
१) राजनीति, राजनीतिक दल र नेतृत्वको समस्या ।
२) कुशासन र भ्रष्टाचारको समस्या ।
३) स्व शासन, प्रादेशिक स्वायत्तता र शक्ति निक्षेपणको समस्या ।
४) गरिबी, बेरोजगारी, उद्यमशीलता ह्रास, अस्वाभाविक विदेश पलायन र बढ्दो आर्थिक संकटको समस्या ।
५) सार्वभौमसत्ता, स्वाधीनता र आत्मसम्मानको क्षयीकरण जस्ता समस्या ।
यसरी समस्याहरूको पहिचान गरेपछि ती समस्याहरूका पाँचै वटा समाधानका उपायहरु बुँदागत रुपमा यसरी दिइएको छ ।
१ ) समग्र राजनीतिक पुनर्गठन र नागरिक पहिलो अभियानको प्रत्याभूति ।
२ ) सुशासनको प्रत्याभूतिका लागि सम्झौता हीन सुधार ।
३) नागरिक केन्द्रीयतामा आधारित राज्यको चरित्र र राष्ट्र निर्माण ।
४) अर्थतन्त्र, उत्पादन सम्बन्ध र वितरण प्रणालीको पुनर्गठन ।
५) विदेश नीतिको पुर्न संयोजन र कूटनीतिक संयन्त्रको सवलीकरण ।
राजनीतिक प्रणाली बारे हाम्रो दृष्टिकोण
'नागरिक पहिलो अभियान'मा जोडिएका अभियन्ताहरु हिजोका दिनमा विभिन्न दलहरूमा कुनै न कुनै रुपमा जोडिएकाहरु नै छौं । जुनसुकै दल र विचारधारामा सक्रिय रहेको भएपनि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ भए गरेका हाम्रा भूमिकाहरू गौरवपूर्ण थिए । अभियानमा संलग्न पात्रहरू जुनसुकै पृष्ठभूमिबाट आएका भएपनि यो अभियानमा कुनै प्रकारले आर्थिक, नैतिक र सामाजिक रुपमा दाग लागेका व्यक्तिहरू सहभागी छैनन् ।
दलहरू भित्र नअटेर या उचित भूमिका र अवसर प्राप्त नभएर हामीले यो बाटो तय गरेका होइनौं । देशमा विद्यमान राजनीतिक प्रणाली आफैंमा चल्नै नसक्ने र यसलाई फ्याँकेर अर्को निर्माण गर्ने भन्ने ध्येय हाम्रो होइन । प्रणालीको इन्जिनमा खिया लागेकाले त्यसमा ग्रीज, लुव्रिकेण्ट र पुनः मर्मत जरुरी त छ । जतिसुकै आधुनिक प्रणाली किन नहोस् त्यसलाई सञ्चालन गर्ने सारथीहरुमा प्रणाली सञ्चालन गर्ने योग्यता देखिएन ।
विभिन्न आन्दोलन, संघर्ष र बलिदानहरूको नेतृत्व गरेर व्यवस्था परिवर्तन गर्न सक्ने नेताहरूको नियतमा शंका गरेर गाली पनि हामी गर्दैनौं । तर वर्तमान राजनीतिक नेतृत्वको सोच, कार्यशैली र विचारधाराले एक्काइसौं शताब्दीका चुनौतीहरूको सामना गर्न सक्दै सक्दैन भन्ने कुरा हाम्रो अभियानको दावा हो ।
अन्तमा 'नागरिक पहिलो अभियान' संघीय लोकतान्त्रिक गणतन्त्रलाई भत्काएर अर्को व्यवस्था ल्याउने या मुलुकलाई पुनः राजतन्त्रतिर फर्काउनु पर्छ भन्ने मान्यतामा विश्वास राख्दैन । यो अभियान यही व्यवस्थाभित्र मुलुकलाई अग्रगमन र सामाजिक न्यायसहित नागरिक सर्वोच्चता कायम गर्ने दिशामा अग्रसरता लिन निर्माण भएको हो । त्यसैले विभिन्न पेशा, व्यवसाय, संघसंस्था या दलहरूमा क्रियाशील भएका व्यक्तिहरू पनि यो अभियानमा जोडिन सक्ने गरि खुल्ला छ र कसैले सदस्यता लिन या त्यसवापत शुल्क बुझाउन पर्दैन ।
अभियानमा संलग्न सबैको हैसियत समान हो । आफूले सकेको भूमिका निर्वाह गर्न पाइने अभियानमा कसैको पनि विशेष पद सिर्जना गरिएको छैन । हाम्रो अभियानले केही दिन भित्र संघीय संसदमा एउटा नागरिक विधेयक दर्ता गर्ने र सरोकारवाला निकायमा नागरिक दावा पत्र पेश गर्दैछ । हामी आग्रह, पूर्वाग्रह या कुनै दल विशेषको विरुद्ध होइनौं, छैनौं । मुलुकलाई अन्योल र दिशाहिनताबाट मुक्त गर्न सबैलाई यो अभियानमा एकाकार हुन हामी सबैमा हार्दिक अपिल गर्दछौं ।
भुवनेश्वर अर्याल
लेखक अर्याल नेपाली राजनीतिलाई नजिकबाट नियाली रहेका एक व्यवसायी, समाजसेवी र राजनीतिकर्मी हुन् ।
लेखकबाट थपएमाले र माओवादी विभाजित भएपछि अगाडी बढेन संवैधानिक परिषद्सम्बन्धी विधेयक
बैशाख २६, २०८१ बुधबार
संसदीय समिति गठन नगरे बजेट अधिवेशन अवरुद्ध गर्ने कांग्रेसको अडान
बैशाख २६, २०८१ बुधबार
सुरक्षित कारोबार विधेयक संसदीय समितिबाट पारित
बैशाख २६, २०८१ बुधबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
संसद अधिवेशन अघि कांग्रेसका दुई बैठक, कस्तो आउँछ निर्णय ?
बैशाख २६, २०८१ बुधबार
१० महिनामा चितवन राष्ट्रिय निकुञ्जबाट ६ वटा बाघ मृतवस्थामा भेटिए
बैशाख २६, २०८१ बुधबार
अछाम र बाजुरामा विद्युत सेवा बन्द
बैशाख २६, २०८१ बुधबार
एमाले र माओवादी विभाजित भएपछि अगाडी बढेन संवैधानिक परिषद्सम्बन्धी विधेयक
बैशाख २६, २०८१ बुधबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
वीरगञ्जमा गर्मी बढेसँगै बिहानी कक्षा सञ्चालन
बैशाख २६, २०८१ बुधबार
युक्रेनका थप दुई गाउँ कब्जा गरेको रुसको भनाइ
बैशाख २६, २०८१ बुधबार