कहाँ बस्छन मोहन वैद्य किरणको पार्टीमा आबद्ध नेताका छोराछोरी ?
नेपालबहस संवाददाता
चैत २७, २०८० मंगलबार १४:४९:२६
२६ चैत, काठमाडौं । कम्युनिष्ट भन्ने बित्तिकै धेरैले झुटको खेती गर्ने भनेर बुझ्ने गरेका छन् । मोहन वैद्य 'किरण' नेपाली कम्युनिष्ट आन्दोलनमा चिनिएका पुराना नेता हुन् । उनलाई धेरै कम्युनिष्टका गुरु पनि मानिन्छ । सशस्त्र माओवादी युद्धका एक योजनाकार पनि हुन उनी । माओवादी शान्ति प्रक्रियामा आइसकेपछि प्रचण्ड पछिको वरियतामा रहेका उनी पछि पार्टी फुटाएर अलग भएका थिए ।
लामो समयसम्म माओवादीका नेताहरु प्रचण्ड र वैद्यको नेतृत्वतिर आउजाउ पनि गरे । अहिले किरण क्रान्तिकारी कम्युनिष्ट पार्टीको नेतृत्वमा छन् र केही नेताहरु अझै उनीसँगै छन् । सशस्त्र युद्धका एक योजनाकार किरणले के उद्देश्य लिएर युद्ध सुरु गरेका थिए । उनले के भनेर जनताका छोराछोरीलाई बन्दुक बोकाए र अहिले ति बन्दुक बोक्नेहरूको हालखबर कस्तो छ, केही भनिरहन प्रदैन, सबै खुलस्त छ ।
गरिब र सर्वहाराको नारा मात्र हैन, राष्ट्र र राष्ट्रियताका विषयमा पनि कम्युनिष्टहरू धेरै बोल्छन् । यही बोलि बिकाएर नै उचाइमा पुगेर फेरी तल आउँछन् । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेताहरूले आफूलाई मात्र क्रान्तिकारी देख्ने र अरु सबै अवसरवादी, संशोधनवादी भएको देखाउने गर्दछन् । जनविद्रोहद्वारा सत्ता कब्जा गर्ने ढ्वाङ फुक्दै हिँड्ने र जनताका छोराछोरीहरूलाई कहिलेकाही राता भेस्ट भिराएर काठमाडौंको रत्नपार्कतिर कुदाएका पनि हुन्छन् ।
तर, देशमा अरूका छोराछोरीलाई हतियार उठाउनुपर्छ भन्ने नेताका छोराछोरी भने प्रायः सबैका विदेशमा छन् । आफ्ना छोराछोरीहरूलाई युरोप, अमेरिका, अस्ट्रेलिया जस्ता साम्राज्यवादी तथा महंगा पुँजीवादी देशहरूमा पढ्न पठाइरहेका छन् । देश नफर्केर उतै घरजम गरेर मस्ती गरिरहेका र पूँजीवादको स्वाद मज्जाले लिइरहेका छन् । उनीहरूको यो व्यवहार देख्ने जानकारहरुको भनाई के छ भने क्रान्तिका गफ हाँकेर जनतालाई ढाँट्ने र भ्रम पार्ने र आफूलाई अब्बल दर्जाको क्रान्तिकारी देखाउने नाटक गरिरहेका छन् ।
यसरी मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका क्रान्तिकारी नेताका छोराछोरीहरू कुन कुन पुँजीवादी तथा साम्राज्यवादी देशहरूमा मस्ती गरिरहेका छन् त ?
माओवादी निकट एक जानकारले नेपालबहसलाई दिएको विवरण अनुसार अध्यक्ष मोहन वैद्य किरणकी छोरी अस्ट्रेलिया, सोही पार्टीका वरिष्ठ नेताहरु सीपी गजुरेलकी छोरी फ्रान्स, हरिभक्त कडेल 'प्रतीक'की छोरी अमेरिका, रामसिंह श्रीसका छोराबुहारी जापान, सीताराम तामाङका छोराबुहारी अमेरिका, इन्द्रमोहन सिग्देलका छोरा बुहारी अस्ट्रेलिया, परि थापाका छोरा बुहारी अमेरिकामा छन् ।
त्यस्तै केन्द्रीय सचिवालय सदस्यहरूमा धनेश्वर पोख्रेलका छोरा बुहारी अमेरिका र नातिनी अस्ट्रेलिया, चक्रपाणि शर्माको छोरा अमेरिका, दुई वटी छोरीहरू अस्ट्रेलिया, केशबहादुर परियारका छोरा बुहारी अमेरिका, डा. जगदीश चन्द्र भण्डारीका छोरा बुहारी अमेरिका, हस्त बहादुर केसीका छोरा बुहारी अमेरिका, दीपक बहादुर शाहीको छोरा अमेरिकामा छन् ।
केन्द्रीय सदस्यहरू अशोक कुमार सुवेदीको छोरा क्यानडा, इन्दिरा अधिकारीकी छोरी अमेरिका, गौरी देवकोटा दाहालकी छोरी अमेरिकामा पढ्ने भनेर गएका छन् । यता नेपालमा सशस्त्र जनविद्रोह गर्ने भन्दै जनताका छोराछोरीलाई भने बन्दुक बोकाउन भनिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
भोलिबाट सुरु हुने संसद अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउँदै कांग्रेस
बैशाख २७, २०८१ बिहिबार
चालकको लापरबाहीका कारण गण्डकीमा बर्सेनि बढ्दै सवारी दुर्घटना
बैशाख २७, २०८१ बिहिबार
मारवाडी क्रिकेट लिगः वीरगञ्ज ब्लास्टर र लुम्बिनी लायन्स विजयी
बैशाख २७, २०८१ बिहिबार
दार्चुलामा चट्याङ लागेर एक बालिका घाइते, तीन पशु मरे
बैशाख २७, २०८१ बिहिबार
मधेश प्रदेशमा १० महिनामा आगलागीबाट १९ जनाको मृत्यु
बैशाख २७, २०८१ बिहिबार
मधेशमा सरकारबाट बाहिरिने तयारीमा एमाले र माओवादी
बैशाख २७, २०८१ बिहिबार
हर्क साम्पाङले सोधे धरानका पुर्व मेयर र उपमेयरलाई ९ बुँदे स्पष्टीकरण (पूर्णपाठ)
बैशाख २७, २०८१ बिहिबार