लामो प्रतिक्षापछि गुगलको 'फाइन्ड माई डिभाइस नेटवर्क' सुरु
नेपालबहस संवाददाता
चैत २८, २०८० बुधबार १०:५६:६
२८ चैत, काठमाडौं । लामो प्रतिक्षापछि गुगलले अन्ततः 'फाइन्ड माई डिभाइस नेटवर्क' सुरु गरेको छ । गत वर्ष गुगलले 'फाइन्ड माई डिभाइस नेटवर्क' घोषणा गरेको थियो र त्यसबेलादेखि यसको निरन्तर परीक्षण गरिरहेको थियो । गत हप्ताको एक रिपोर्टमा 'फाइन्ड माई डिभाइस' नेटवर्क चाँडै रिलिज हुने बताइएको थियो ।
फाइन्ड माई डिभाइस नेटवर्कले एप्पलको फाइन्ड माई एप जस्तै काम गर्नेछ, जसको मद्दतले मोबाइलबाहेक अन्य स्मार्ट ग्याजेटहरू पनि ट्र्याक गर्न सकिन्छ ।
गुगलले आफ्नो एक ब्लग मार्फत 'फाइन्ड माई डिभाइस नेटवर्क' को सुरुवातको बारेमा जानकारी दिएको छ । गुगल फाइन्ड माई डिभाइस नेटवर्क अमेरिका र क्यानडाबाट सुरु भएको छ र यसको अपडेट अन्य देशहरूमा पनि जारी भइरहेको छ । गुगलले ब्लगमा फाइन्ड माई डिभाइस नेटवर्कको मद्दतले आफ्नो एन्ड्रोइड उपकरण सजिलै र सुरक्षित रूपमा पत्ता लगाउन सकिने बताएको छ ।
सामान्यतया सबैभन्दा ठूलो समस्या उपकरणको अफलाइन मोडमा हुन्छ । गुगलले फाइन्ड माई डिभाइस नेटवर्क मार्फत यो समस्या समाधान गरेको बताएको छ । गुगलले फाइन्ड माई डिभाइस नेटवर्कमा जडान भएको डिभाइस ट्र्याक गर्नका लागि उक्त डिभाइस इन्टरनेटमा जडान हुनु आवश्यक नरहेको बताएको छ ।
पिक्सेल ८, पिक्सेल ८ प्रो प्रयोगकर्ताहरूले फोन बन्द गरेपछि पनि आफ्नो फोन ट्र्याक गर्न सक्षम हुने गुगलले बताएको छ । पिक्सेल बाहेक, अन्य कम्पनीका फोन र ग्याजेटहरूमा उपलब्ध यो सेवा छिटै उपलब्ध हुने गुगलले बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकम लागतको इन्टरनेट उपलब्ध गराउन ‘स्टारलिंक’ उपग्रहहरू प्रक्षेपण
बैशाख २५, २०८१ मंगलबार
लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल प्ले स्टोरमा राखिने
बैशाख २३, २०८१ आइतबार
हुम्लाका युवालाई ४५ दिने आधारभूत कम्प्युटर तालिम
बैशाख २३, २०८१ आइतबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
संसद अधिवेशन अघि कांग्रेसका दुई बैठक, कस्तो आउँछ निर्णय ?
बैशाख २६, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २६, २०८१ बुधबार
युक्रेनका थप दुई गाउँ कब्जा गरेको रुसको भनाइ
बैशाख २६, २०८१ बुधबार
संसदीय समिति गठन नगरे बजेट अधिवेशन अवरुद्ध गर्ने कांग्रेसको अडान
बैशाख २६, २०८१ बुधबार
घरजग्गाबाहेक चल सम्पत्ति धितो राखेर बैंकबाट ऋण लिन पाइने
बैशाख २६, २०८१ बुधबार
युके पठाइदिन्छु भन्दै ठगी गर्ने कार्की पक्राउ
बैशाख २६, २०८१ बुधबार
ज्यान मार्ने मुद्दामा फरार रेष्टुरेण्ट संचालक पक्राउ
बैशाख २६, २०८१ बुधबार