वैशाख २ बाट संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
नेपालबहस संवाददाता
चैत ३०, २०८० शुक्रबार १५:१७:१६
३० चैत, काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख २ गते आइतबार रातीबाट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । वैशाख २ गते राति १२ बजेबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको छ ।
यसअघि यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संसदको हिउँदे अधिवेशन अन्त्य गर्नेबारे छलफल भएको थियो । मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका ओलीले नेपाली कांग्रेसले संसद चल्न नदिएकाले अन्त्य हुने बताएका थिए ।
नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै संसदमा कारवाहीको माग गरिरहेको छ । कांग्रेसले संसदीय छानबिन समिति गठनको माग राखेर संसद चल्न अवरोध गरिरहेको भन्दै कांग्रेसको माग छल्न अधिवेशन अन्त्य गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
भारतमा ८ दिनदेखि बेपत्ता बंगलादेशका सांसद मृत फेला
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार