रुख काटेको अभियोगमा डिभिजन वन कार्यालय कास्कीले हेडमास्टरसहित ८ जना विरुद्ध हाल्यो मुद्दा
नेपालबहस संवाददाता
बैशाख १, २०८१ शनिबार ११:४२:३७
१ वैशाख, पोखरा । विद्यालय हाताभित्रको रुख काटेर बेचेको अभियोगमा पोखराको गण्डकी बोर्डिङ स्कुलका प्रधानाध्यापकसहित ८ जना विरूद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ । पोखरा–१६ स्थित सार्वजनिक गुठी अन्तर्गत सञ्चालित विद्यालय हाताभित्रका सिसौ, सल्ला लगायतका रुखहरू काटेर बिक्री गरेको भन्दै डिभिजन वन कार्यालय कास्कीले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
सार्वजनिक गुठी सञ्चालन गरेको विद्यालयमा खेलकुद ग्राउण्ड, छात्रावास र स्कूलको कम्पाउण्ड बालसँग जोडिएका सिसौ, सल्ला लगायतका विभिन्न २५ वटा रूख काटिएको थियो । अनुसन्धान गर्दा वन नियमावली, २०७९ अनुसार प्रक्रिया पूरा नगरिएको पाएको डिभिजन वन कार्यालय कास्कीका सूचना अधिकारी हरिप्रसाद गौतमले जानकारी दिए ।
ऐनको दफा ५० को उपदफा १४ बमोजिम बिगो असुल गरी १० हजार जरिवाना तथा ६ महिनासम्म कैद सजायको माग दावी गर्नै डिभिजन वन कार्यालय कास्कीले चैत २७ गते जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गराएका हुन् । वन कार्यालयले प्रधानाध्यापक वीरेन्द्र खड्कासहित लोकबहादुर थापा, सोनी गुरुङ थापा, कृष्णबहादुर थापा, कृष्णप्रसाद अधिकारी, सन्तबहादुर विश्वकर्मा, रामप्रसाद लामिछाने र यज्ञराज शर्माविरुद्ध मुद्दा दर्ता गराएको हो ।
रुख कटान गरी उत्पादित दाउरा बिक्रीसमेत प्रचलित कानून बमोजिम भएको नदेखिएको सूचना अधिकारी गौतमले बताए । उत्पादित दाउरा विद्यालयको सिनियर म्यानेजमेन्ट टिमले ६० हजारमा विक्री गरेको थियो । वन ऐन, २०७६ को दफा ४९ को उपदफा (घ) अनुसारको कसुर गरी बिगो मूल्य ३ लाख ७९ हजार ४ सय बराबरको वन पैदावार हानी नोक्सानी गरेको पुष्टि हुन आएको डिभिजन वन कार्यालय कास्कीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलेश्वरका प्रमुख-उपप्रमुखसहित १२ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्धा दायर
बैशाख २७, २०८१ बिहिबार
'पेमेन्ट गेटवे' प्रकरणमा सुनील पौडेललाई ९ वर्ष कैद र २३ करोड बढी जरिवाना
बैशाख २५, २०८१ मंगलबार
घुस रकमसहित कपिलवस्तु मालपोतका सुब्बा पक्राउ
बैशाख २४, २०८१ सोमबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
मोरङ प्रहरीले पक्राउ गर्यो ठूलो परिणाममा लागूऔषध गाँजा
बैशाख २७, २०८१ बिहिबार
चालकको लापरबाहीका कारण गण्डकीमा बर्सेनि बढ्दै सवारी दुर्घटना
बैशाख २७, २०८१ बिहिबार
मारवाडी क्रिकेट लिगः वीरगञ्ज ब्लास्टर र लुम्बिनी लायन्स विजयी
बैशाख २७, २०८१ बिहिबार
दार्चुलामा चट्याङ लागेर एक बालिका घाइते, तीन पशु मरे
बैशाख २७, २०८१ बिहिबार
मधेश प्रदेशमा १० महिनामा आगलागीबाट १९ जनाको मृत्यु
बैशाख २७, २०८१ बिहिबार
मधेशमा सरकारबाट बाहिरिने तयारीमा एमाले र माओवादी
बैशाख २७, २०८१ बिहिबार
हर्क साम्पाङले सोधे धरानका पुर्व मेयर र उपमेयरलाई ९ बुँदे स्पष्टीकरण (पूर्णपाठ)
बैशाख २७, २०८१ बिहिबार