अपराधीलाई त्रास, सहकारी ठगहरूलाई जोगाउने प्रयास, सुन तस्करी आयोगमाथि प्रश्न
नेपालबहस संवाददाता
बैशाख १, २०८१ शनिबार १८:५:३७
१ वैशाख, काठमाडौं । अघिल्लो वर्ष अपराध र भ्रष्टाचारको मुद्दामा सरकार निकै आक्रामक रुपमा प्रस्तुत भयो । कांग्रेस–माओवादीको प्रमुख साझेदारीमा सञ्चालन भएको सरकारले बर्षभरि नै भ्रष्टाचार, अनियमितता र अपराधमा संलग्न रहेका कतिपय ठूला फाइलहरू खोतलिए । कुनै टुंगोमा पुगे कुनै अदालतबाट सफाई पाउने अवस्थामा रहे ।
राजनीतिक दलका शीर्ष नेताहरूलाई समेत २०८० सालभर त्राहिमाम बनायो । जसले गर्दा राजनीतिक उतारचढाव पनि बढ्यो । वर्षको शुरुमै गृह मन्त्रालयले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने ‘गिरोह’माथि अनुसन्धान गर्यो । जसले पूर्व उपप्रधानमन्त्री तथा पूर्व गृहमन्त्री र सांसद, सचिवको यात्रा जेलसम्म तय भयो ।
साउनको पहिलो साता ६० केजी सुन, इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर गरिएको सुन तस्करी, बालुवाटारस्थित ‘ललितानिवास क्याम्प’ भित्रको जग्गा घोटाला, १४ किलो सुन र बाँसबारी जग्गा प्रकरणको अनुसन्धान यसवर्ष सर्वाधिक चर्चामा रहेका विषय हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, बालकृष्ण खाँणको जेल यात्रा तय भयो । यसै वर्ष बहालवाला मन्त्री मोहनबहादुर बस्नेत झण्डा हल्लाउँदै अख्तियारमा बयान दिन पुगे । नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा २५ साउनमा मोरङ–३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद सुनिल कुमार शर्मा पक्राउ परे पनि पुष्टि हुन सकेन ।
समग्रमा यो वर्ष नक्कली भुटानी शरणार्थी, सुन तस्करी, बालुवाटार जग्गा हिनामिनाजस्ता चर्चित घटनाको यही वर्ष प्रहरीले अनुसन्धान टुंग्याएर अदालतमा अभियोजन गरेकोमा सकारात्मक पक्ष रहेको छ । यी तीनै घटनामा उच्चपदस्थ व्यक्तिहरू प्रतिवादी बने । यद्यपि, यी घटनामा संलग्न अन्य कतिपय व्यक्तिहरू जोगाइएको भन्दै प्रहरीमाथि प्रश्न पनि उठाइएको छ । प्रहरी प्रवक्ता भीम ढकालका अनुसार यो वर्ष ७३ वटा चर्चित घटनाको प्रहरीले सफल अनुसन्धान गरेको छ र सफल भएको छ ।
भुटानी शरणार्थी मुद्दा अदालतमा
भुटानी शरणार्थी प्रकरण यो वर्ष चर्चामा आएको अपराध अनुसन्धान हो । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा दलालहरू केशव दुलाल र सानु भण्डारीलाई पक्राउ गरेपछि यसको जरो पूर्व गृहमन्त्री बालकृष्ण खाँण मात्र होइन पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसम्म पुगेको थियो ।
‘गिरोह’सँग मिलेर गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजीत राई र तत्कालीन गृहमन्त्री खाँणले पनि रकम लिएको अनुसन्धानले देखाएपछि उनीहरू पनि अनुसन्धानको घेरामा परे । सो प्रकरणमा मुछिएका रायमाझीसहित सचिव पाण्डे समेत अहिले थुनामा रहेका छन् ।
ललितानिवास प्रकरण
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा लगेको भएपनि किर्ते मुद्दा बाँकी नै रहेकाले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले २०८० असारमा बालुवाटारस्थित ‘ललितानिवास क्याम्प’ भित्रको जग्गा घोटालामा संलग्नहरूलाई पक्राउ गरेर अनुसन्धान ग¥यो । २०८० असार १२ मा भाटभटेनी सुपर मार्केटका संचालक गुरुङ पक्राउ परे । यो प्रकरणमा पूर्व निर्वाचन आयुक्त शाह पनि पक्राउ परे । ‘पशुपति टिकिन्छा गुठी’ लगायतका गुठी खडा गरेर योजनाबद्ध सरकारी कागजात किर्ते गरेर ललिता निवासको १४७ रोपनी सरकारी जग्गा हिनामिनामा संलग्न २९० जनालाई प्रतिवादी बनाएर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझायो । पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईसँग सीआईबीले बयान लिएको थियो ।
सुन तस्करीमा अनुसन्धान र चर्चा
नक्कली भुटानी शरणार्थी र ललिता निवासको जग्गा प्रकरण लगत्तै राजश्व अनुसन्धान विभागले ६० किलो सुन बरामद गर्यो । त्यसअघि दुबईबाट इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन चोरिएको प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको थियो । २०७९ पुस १० मा सुन तस्करले भेपमा लुकाएर सुन ल्याएका हुन् । २०८० साउन ३ मा राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट ६० किलो सुन बरामद गरेको थियो । यी दुवै प्रकरणमा पूर्व सभामुख कृष्णबहादुर महरा र उनका छोरा, पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन र उनको सचिवालयमा रहेका व्यक्ति तथा अन्य माओवादी नेताहरूको समेत नाम जोडियो । सीआईबीले अनुसन्धान सिध्याएर अदालतमा मुद्दा पठाएपछि सुन आयोग गठन भयो । जुन आयोगले केही प्रहरीले अनुसन्धानमा कमजोरी गरेको भन्दै कारवाहीको सिफारिस गर्यो । वर्षान्तमा यो विषयले निकै चर्चा बटुल्यो । तर आयोगले दिएको प्रतिवेदनमा गलत तथ्य र तथ्यांक समेटिएपछि आयोगमाथि प्रश्न उठाइएको छ ।
भिजिट भिसामा अध्यागमनकै कर्मचारी
यो वर्ष भिजिट भिसामा विदेश जाने नेपालीहरूसँग पैसा असुल उपर गरेको प्रकरणमा अध्यागमनकै कर्मचारीहरू पक्राउ परे । कतिपय अहिले पनि जेलमा रहेका छन् । फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउन त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अधिकृतहरू पक्राउ मात्र परेनन् उनीहरू कोही थुनामा छन भने कोही धरौटीमा रिहा भएका छन् । मंसिर २७ मा नरवीर खड्का पक्राउ परेपछि यसको जालो तन्किँदै गयो । यो प्रकरणमा २२ जना विरुद्ध काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा चलाएको थियो । अध्यागमन अधिकृतहरूले रुस पठाउँदा प्रतिव्यक्ति २० देखी ८० हजारसम्म लिने गरेको खुलेको थियो ।
अरुण चौधरी पक्राउ र विनोद चौधरीको बयान
काठमाडौँको बाँसबारी स्थित छाला जुत्ता कारखानाको १० रोपनी जग्गा चौधरी समूहले निजीकरण गरेको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको अवस्थामा अरुण चौधरी पक्राउ परे । तर सरकारले उनलाई पक्राउ गरेको केही दिनमै छाड्यो । साथै उनका दाजुहरू विनोद चौधरी तथा बसन्त चौधरीलाई बयान लिएर छाड्यो । चौधरी समूहले सरकारसँग मिलेर २०४४ मा बाँसबारी छाला जुत्ता कारखाना सञ्चालन भएकै कम्पाउन्डमा अर्को कम्पनी स्थापना गरे । सो कम्पनी हो–‘च्याम्पियन फुटवेयर लिमिटेड ।’ सीआईबीले अरुण र चाँदबाग रेसिडेन्सी प्रा.लिका अध्यक्ष ठाकुरलाई माघ १८ मा पक्राउ गरेपछि यो प्रकरण चर्चामा आएको थियो । सांसद विनोद चौधरीसँग पनि प्रहरीले बयान लियो । चौधरी समूहका वसन्त चौधरी, अरुणकी पत्नी शिला चौधरी र उनीहरूका भिनाजु महेश अग्रवाललाई प्रहरीले घटना विवरण कागज गराएको छ ।
बम्जन पक्राउ
प्रहरीको सर्वाधिक खोजीमा रहेका ‘तपस्वी’ रामबहादुर बम्जन काठमाडौंबाट रहस्यमय ढंगले पक्राउ परे । पुस २४ मा बुढानिलकण्ठस्थित हात्तिगौंडाबाट उनलाई प्रहरीले पक्राउ ग¥यो । किशोरीलाई यौन शोषण गरेको आरोपमा पक्राउ परेका उनलाई थुनामा राखिएको छ् । उनी विरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा थप दुई वटा जाहेरी परेको छ । निजगढ नगरपालिका–१२ स्थित खुमजोरको आश्रमबाट बम्जनले सुरेश कुमार आलेलाई बेपत्ता बनाएको आरोप छ । सिमरा उप महानगरपालिका–१५ वडहर्वाका आले परिवारले अपहरणपछि बेपत्ता बनाएको भन्दै अनुसन्धान गर्न जाहेरी दिएका हुन् ।
सहकारी ठगी
यो वर्ष सर्वाधिक चर्चामा रहेको अर्को विषय हो, सहकारी ठगी प्रकरण । वर्षान्तमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने समेत मुछिएको सहकारी ठगी प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको बेला रोकिएको छ । त्यति मात्र होइन संसदमा प्रश्न उठेपछि प्रमुख प्रतिपक्षले संसदीय छानविनको माग गरेको बेला सरकारले बर्षको अन्तिम दिन चैत ३० मा संसदको अधिवेशन नै अन्त्य गरियो । शिवशिखर, देउराली, सानो पाइला, सुप्रिम र सूर्यदर्शन सहकारी ठगीबारे यसवर्ष प्रहरीले अनुसन्धान ग¥यो । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, जीबी राई र पूर्व उपराष्ट्रपतिका छोरा दीपेश पुन जोडिएपछि सुप्रिम र सुर्यदर्शन सहकारीको ठगी चर्चा रहे । दीपेश पुन अहिले बुटवल प्रहरी कार्यालयको हिरासतमा छन् ।
यसरी समग्रमा हेर्ने हो भने यो वर्ष ठूला साना गरी सबै मुद्दामा सरकार चर्चामै रह्यो । प्रहरीले शान्तिसुरक्षा तथा अमनचयन र अपराध अनुसन्धानमा ०८० सालमा धेरै उपलब्धि हासिल गरेको जनाएको छ । एक वर्षको अवधिमा १० हजार ६ सय ६३ फरार अपराधी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलगानी सम्मेलन कि विदेशीले नपत्याएको भेला ?
बैशाख १८, २०८१ मंगलबार
नक्कली लाइसेन्स प्रकरण: अरोपी छुटाउन प्रधानमन्त्री कार्यालयकै कर्मचारीको सक्रियता
बैशाख १८, २०८१ मंगलबार
जनता झुक्याउन एनसेलमा प्रचण्डको अर्को राजनीति, लाइसेन्स नवीकरण गर्न किन राखियो सर्त ?
बैशाख १७, २०८१ सोमबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
बैशाख १८, २०८१ मंगलबार
प्रेस स्वतन्त्रता कुण्ठित गर्ने अदालतको आशय स्वीकार्य छैनः अध्यक्ष लम्साल
बैशाख १८, २०८१ मंगलबार
समृद्धि हासिल गर्न तीन तहको सरकारबीच सहकार्य आवश्यक : महामन्त्री शर्मा
बैशाख १८, २०८१ मंगलबार
घट्यो डिजेल र मट्टीतेलको मूल्य, हवाई इन्धनको बढ्यो
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
बैशाख १८, २०८१ मंगलबार
दाङको तुलसीपुर उपमहानगरले माग्यो निजी विद्यालयको शुल्क विवरण
बैशाख १८, २०८१ मंगलबार
टोयोटा गाडी किन्ने ग्राहकहरुलाई गरिमा विकास बैंकले आधार दरमा सवारी कर्जा प्रवाह गर्ने
बैशाख १८, २०८१ मंगलबार