नेपाली किसानका पक्षमा उभिए कांग्रेस नेता गुरु र गच्छदार
नेपालबहस संवाददाता
बैशाख २, २०८१ आइतबार १४:३६:२
२ बैशाख, मोरङ । नेपाल किसान महासंघले देशका सबै जिल्लाहरूमा अहिले संगठन बिस्तार र नयाँ समिति निर्माणका कार्यहरु तिब्रताका साथ अगाडि बढाई रहेको छ । यसै शिलशिलामा मोरंग जिल्ला समितिले पनि संगठन बिस्तारलाई तिब्रता दिदै आइरहेको मोरंग महासंघका अध्यक्ष बशन्त हुमागाँईले बताएका छन् ।
देशमा पटकपटक भएका राजनीतिक परिवर्तनका लडाँईमा किसानहरुको सकृयता उल्लेख्य रहेको भएता पनि राज्यले किसानलाई सधैं उपेक्षा गरेको तर्फ आम किसानहरु आक्रोसित र आन्दोलित भैरहेको अवस्थामा नेपाल किसान महासंघले किसानहरुलाई एकिकृत गर्दै किसान हक र अधिकारका पक्षमा अहिले निरन्तर आवाज उठाई रहँदा किसानहरु समेत खुसी भएका देखिन्छन् ।
नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघ मोरंग जिल्ला समितिको अगुवाईमा मोरंग क्षेत्र नं. ४ अन्तर्गग प्रदेशसभा क्षेत्रीय समितिको पदस्थापन जेष्ठ किसान सम्मान साथै नयाँ बर्षको उपलक्षमा शुभकामना आदानप्रदान कार्यक्रम हालै सम्पन्न भएको छ । नेपाली कांग्रेसका पूर्व उपसभापति तथा पूर्वमन्त्री बिजयकुमार गच्छदारको प्रमूख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिशिष्ठ अतिथि नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा नेपाल बिद्यार्थी संघका पूर्व केन्द्रीय अध्यक्ष गुरुराज घिमिरे रहेको उक्त कार्यक्रमको अध्यक्षता नेपाल किसान महासंघ मोरंग जिल्ला अध्यक्ष बशन्त हुमागाँईले गरेको महासंघ मोरंगले जनाएको छ ।
कार्यक्रममा प्रमूख अतिथिको आशनबाट बोल्दै कांग्रेस नेता बिजय कुमार गच्छदारले नेपाली राजनीति अहिले अत्यन्तै अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेकोले नेपाली कांग्रेसले अहिलेको अवस्थालाई सुरक्षित अवतरण गराउन नेतृत्व लिने बेला आएको बताएका थिए । आफु सँधै नेपाली किसानहरुको पक्षमा लडेको र सरकारमा रहँदा किसानका हितमा कार्यक्रम बनाउन पहल गरेको स्मरण गर्दै नेता गच्छदारले किसानका अनुदान कटौती गर्न नहुने कुरामा आफु सधैं लडेको बताएका थिए ।
संसारलाई पाल्ने भगवान भनेका किसानहरु हुन, किसुानलाई उपेक्षा गरेर गरिने राजनीतिको कुनै अर्थ छैन भन्दै बिशिष्ठ अतिथि नेता गुरुराज घिमिरेले आफुले पार्टीको भन्दा पनि बढी समय नेपाल किसान महासंघलाई दिईरहेको र यसले आफुलाई अत्यन्तै हर्षबिभोर बनाएको बताएका थिए । किसान महासंघका गतिबिधिहरुबाट आफु अत्यन्तै उत्साहित भएको बताउने नेता घिमिरेले किसानको सकृय सहभागिताले नेपाली कांग्रेसको संगठन थप मजबुत भएकोमा खुसी ब्यक्त गर्दै नेपाल किसान महासंघलाई धन्यबाद दिएका थिए ।
कार्यक्रममा बोल्दै नेपाल किसान महासंघका केन्द्रीय सदस्य तथा नेपाली कांग्रेस कोशी प्रदेश सदस्य केशव भट्टराईले पार्टी संगठन बलियो बनाउन किसान र मजदुरलाई एकताबद्ध बनाउनु पर्छ भन्दै अबका दिनमा पार्टी एकताबद्ध भएर अगाडि बढेमा नेपाली कांग्रेस बलियो शक्तिका रुपमा अझै पनि रहने बिश्वास ब्यक्त गरेका थिए । सधैं ब्यवस्था मात्रै परिवर्तन गरेर आम किसान मजदुरको अवस्था परिवर्तन नहुने देखिएकोले अब नेपाली कांग्रेसको नेतृत्व तहबाटै कृषि क्रान्ति मार्फत आर्थिक क्रान्ति गर्न अभियान सञ्चालन गर्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा संबिधानसभा सदस्य कबिता सरदार र भुटनीदेबि खवास, नेपाली कांग्रेस कोशी प्रदेश समिति संजय भट्टराई, नेपाली कांग्रेस मोरंग जिल्ला सचिव मोदराज घिमिरे, महासमिति सदस्य तथा कटहरी गाउँ पालिकाका अध्यक्ष देवराज चौधरी, नेपाली कांग्रेस ग्रामथान गाउँ पालिका सभापति किरण(तुलसी) विश्वास, नेपाली कांग्रेस बिराटनगर महानगर नगर सचिव तेजिन्द्र भट्टराई, लगायतले आप्mना धारणा राखेका थिए ।
कार्यक्रममा ८८ बर्षिय मोरंग क्षेत्र नं. ४ क का लोकतन्त्रबादी जेष्ठ किसान नेता हरिप्रसाद घिमिरे, पत्रकार अनुज सापकोटा, डम्बर नारायण चौधरी, शोभादेबि भट्टराई, उजारु दाश, रक्सु भगत, सत्यनारायण चौधरी, हरिनारायण चौधरी, रामप्रसाद खतिवडा, खिलप्रसाद घिमिरे, छप्पनलाल मण्डल, बिराटनगर महानगरपालिकाका बलबहादुर खवास, साजोदेबि राजबंशी, कटहरी गाउँ पालिकाका गंगाराम राजबंशी लगायतलाई प्रमूख अतिथि नेता बिजय कुमार गच्छदारले दोसल्ला र सम्मानपत्र सहित सम्मान गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमोरङ प्रहरीले पक्राउ गर्यो ठूलो परिणाममा लागूऔषध गाँजा
बैशाख २७, २०८१ बिहिबार
हात्तीको आक्रमणमा परी मारिएका परिवारलाई सात करोड राहत
बैशाख २७, २०८१ बिहिबार
कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीले पेश गरे दाबी
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
भोलिबाट सुरु हुने संसद अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउँदै कांग्रेस
बैशाख २७, २०८१ बिहिबार
चालकको लापरबाहीका कारण गण्डकीमा बर्सेनि बढ्दै सवारी दुर्घटना
बैशाख २७, २०८१ बिहिबार
मारवाडी क्रिकेट लिगः वीरगञ्ज ब्लास्टर र लुम्बिनी लायन्स विजयी
बैशाख २७, २०८१ बिहिबार
दार्चुलामा चट्याङ लागेर एक बालिका घाइते, तीन पशु मरे
बैशाख २७, २०८१ बिहिबार
मधेश प्रदेशमा १० महिनामा आगलागीबाट १९ जनाको मृत्यु
बैशाख २७, २०८१ बिहिबार
मधेशमा सरकारबाट बाहिरिने तयारीमा एमाले र माओवादी
बैशाख २७, २०८१ बिहिबार
हर्क साम्पाङले सोधे धरानका पुर्व मेयर र उपमेयरलाई ९ बुँदे स्पष्टीकरण (पूर्णपाठ)
बैशाख २७, २०८१ बिहिबार