गौरादहलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार १४:३५:२९
४ वैशाख, झापा । गौरादह नगरपालिका– १ मा रहेको ऐतिहासिक ‘गौरादह पोखरी’लाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले सरसफाइसहित निर्माण सुरु भएको छ । यसको निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्ने अपेक्षा गरिएको छ ।
नगरकै पहिचान बोकेको १२ बिघा पाँच कठ्ठा क्षेत्रफलमा रहेका चार वटा प्राकृतिक पोखरीलाई संरक्षण र सम्वर्द्धन गर्दै पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले निर्माण सुरु गरिएको वडा नं १ का वडाध्यक्ष नगेन्द्र भण्डारीले जानकारी दिए।
नगरपालिकाले रु १९ लाख खर्चेर एकै स्थानमा रहेका चारवटा पोखरी निर्माणको गुरुयोजना तयार गरेको थियो । सोही आधारमा प्रदेश सरकारले विनियोजन गरेको रु चार करोड बजेटबाट पहिलो चरणको निर्माण सुरु भएको उनले बताए ।
उनका अनुसार चार वटा पोखरीलाई १३ फिट अग्ला दुई वटा पोखरी बनाइनेछ । पहिलो चरणमा पोखरीको सतह मिलाउने, पोखरीको वरिपरि ३३ फिट १० मिटर चौडाइको कच्ची बाटो निर्माण र ढुङ्गाको जाली लगाइने उनले बताए । पोखरीलाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि संविधानसभा सदस्य दीपक कार्कीको संयोजकत्वमा ऐतिहासिक पोखरी संरक्षण एवं पर्यटकीय स्थल निर्माण समिति गठन गरिएको उनले जानकारी दिए ।
पाँच वर्षअघि तत्काल निर्माण गर्ने गरी पोखरीको पालिकाले विस्तृत अध्ययन प्रतिवेदन 'डीपीआर' तयार गरेको थियो । विसं २०७५ मा डीपीआर तयार गरेको पोखरीको पहिलो चरणको निर्माण प्रदेश सरकारको मूल्य अभिवृद्धि कर 'भ्याट'सहित रु तीन करोड छ लाखमा सम्झौता गरी डिजे निर्माण सेवाले काम सुरु गरेको छ ।
“पोखरीको निर्माण अब रोकिँदैन”, अध्यक्ष भण्डारीले भने, “हाम्रो नगरकै गौरवको योजनाभित्र यो प्राकृतिक पोखरी पर्छ । यसको निर्माण सम्पन्न गर्न करिब रु २० करोड लाग्ने अनुमान छ । प्रदेश र सङ्घीय सरकारसँग पहल गरिरहेका छौँ ।”
पोखरीलाई मत्स्यपालन र पर्यटकीय केन्द्रको रुपमा एकैपटक लैजाने, परिसरभित्र विश्राम स्थलसहितको फूलबारी निर्माण गर्ने, बोटिङ गर्ने, चिल्ड्रेन पार्क, जातीय सङ्ग्रहालयलगायतका संरचना तयारी गर्ने गरी गुरुयोजना तयार गरिएको उनको भनाइ छ । यस अघि पोखरीको जग्गा अतिक्रमण हुनबाट जोगाउन तीन चरणमा घेराबारा गर्ने काम गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउदयपुरको रौतामा आगलागी हुँदा ५० लाख बराबरको क्षति
बैशाख १४, २०८१ शुक्रबार
आज प्रचार प्रसारको अन्तिम दिन, इलाममा कांग्रेसको ४२ वटै वडामा घरदैलो
बैशाख १२, २०८१ बुधबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
बैशाख १८, २०८१ मंगलबार
प्रेस स्वतन्त्रता कुण्ठित गर्ने अदालतको आशय स्वीकार्य छैनः अध्यक्ष लम्साल
बैशाख १८, २०८१ मंगलबार
समृद्धि हासिल गर्न तीन तहको सरकारबीच सहकार्य आवश्यक : महामन्त्री शर्मा
बैशाख १८, २०८१ मंगलबार
घट्यो डिजेल र मट्टीतेलको मूल्य, हवाई इन्धनको बढ्यो
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
बैशाख १८, २०८१ मंगलबार
दाङको तुलसीपुर उपमहानगरले माग्यो निजी विद्यालयको शुल्क विवरण
बैशाख १८, २०८१ मंगलबार
टोयोटा गाडी किन्ने ग्राहकहरुलाई गरिमा विकास बैंकले आधार दरमा सवारी कर्जा प्रवाह गर्ने
बैशाख १८, २०८१ मंगलबार