सर्वोच्चको फैसलाअघि विश्वासको मत लिन लागेका मुख्यमन्त्री अधिकारीले भेटे प्रधानमन्त्री
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार १०:१:४७
५ वैशाख, पोखरा । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको समयमा नै विश्वासको मत लिने तयारी गरेका गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर यसबारे परामर्श लिएका छन् । गण्डकी प्रदेश मन्त्रीपरिषद्ले प्रदेश प्रमुख डिल्लीराज भट्टलाई विशेष अधिवेशन डाक्न सिफारिस गरे लगत्तै उनले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।
आफू विरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ हुनुअघि नै विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री अधिकारी छन् । सभामुखलाई समेत गणना गरेर मुख्यमन्त्रीमा दाबी गरेको र सोही दाबीका आधारमा मुख्यमन्त्री नियुक्त गरेको भन्दै नेपाली कांग्रेस २७ चैतमा सर्वोच्च पुगेको थियो ।
मुख्यमन्त्री अधिकारीले बुधबार बिहान प्रधानमन्त्री प्रचण्डसँग यिनै विषय र प्रदेशका विकासबारे छलफल गरेको अधिकारीले फेसबुकमा फोटो सार्वजनिक गरेका छन् । तर, अधिकारीले गण्डकीको सत्ताको निकासबारे परामर्श गरेको उनी निकट स्रोतले बताएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ७ गते विशेष अधिवेशन डाक्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डिप्रसाद अर्यालका अनुसार सरकारले विशेष अधिवेशन आव्हानका लागि सिफारिस गरे पनि प्रदेश प्रमुख गृह जिल्ला भएकाले परामर्शमा संसद सचिवालयमा पठाउने तयारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुनाटपरी बुन्न महिलाहरुलाई भ्याइनभ्याइ
बैशाख १८, २०८१ मंगलबार
गण्डकी सरकार गठनविरुद्धको रिट खारेज
बैशाख १७, २०८१ सोमबार
म्याग्दीका लेकाली क्षेत्रमा ढकायो टिप्ने चटारो
बैशाख १७, २०८१ सोमबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बद्रीनरसिंह के.सी.
बैशाख १६, २०८१ आइतबार
राजनीतिक स्थायित्व नभएको देशमा लगानी सम्मेलनको खास अर्थ हुँदैनः कोइराला
बैशाख १७, २०८१ सोमबार
चर्चित वन्यजन्तु तस्कर सम्पत्ति शुद्धिकरणमा दोषी ठहर
बैशाख १७, २०८१ सोमबार
जनता झुक्याउन एनसेलमा प्रचण्डको अर्को राजनीति, लाइसेन्स नवीकरण गर्न किन राखियो सर्त ?
बैशाख १७, २०८१ सोमबार
‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक
बैशाख १८, २०८१ मंगलबार
आनन्द वनको डढेलो नियन्त्रणमा कठिनाई, अस्पतालका ९३ बिरामी अन्यत्रै सारिए
बैशाख १८, २०८१ मंगलबार
वीरगन्जबाट नेपाली नक्कली नोटसहित दुई जना पक्राउ
बैशाख १८, २०८१ मंगलबार
लगानी सम्मेलन र लगानी वातावरण निर्माण
बैशाख १८, २०८१ मंगलबार
सवारी दुर्घटनामा परी एकको मृत्यु
बैशाख १८, २०८१ मंगलबार
वैदेशिक रोजगारीमा स्लोभाकिया र अमेरिका पठाउने भन्दै ८० लाख ठगी गर्ने पक्राउ
बैशाख १८, २०८१ मंगलबार