निःशुल्क आँखा शिविरबाट एक हजार लाभान्वित
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार १२:०:३२
५ वैशाख, गोरखा । जिल्लाको भीमसेन थापा गाउँपालिकामा आयोजित सातदिने निःशुल्क आँखा शिविरबाट एक हजार जना लाभान्वित भएका छन् । गाउँपालिका, गोरखा लायन्स आँखा सेवा केन्द्र, नेत्रहीन संघ पुनःस्थापना कार्यक्रम गोरखाको संयुक्त आयोजना र भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।
शिविरमा गाउँपालिकाका आठवटै वडामा गरी एक हजार ५८ जनाले आँखाको जाँच तथा उपचार गराएका गोरखा लायन्स आँखा सेवा केन्द्रका प्रशासकीय अधिकृत विश्वप्रकाश अर्यालले जानकारी दिए । शिविरमा आँखा जाँच गराएकामध्ये मोतियाविन्दुको पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको उनले बताए ।
पालिकाभित्रका प्रत्येक वडामा सञ्चालन गरिएको शिविरबाट मोतियाविन्दुको पहिचान भएका ७८ जनाको स्थानीयस्तरमै शिविर सञ्चालन गरी शल्यक्रिया गरिएको अधिकृत अर्यालले बताए। शिविरमा नौ सय १७ जनालाई औषधि तथा ७८ जनालाई निःशुल्क चश्मा वितरण गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंमा प्रदूषण बढ्यो, मास्क लगाउन मन्त्रालयको आग्रह
बैशाख १८, २०८१ मंगलबार
शिविरमार्फत नागरिकको स्वास्थ्योपचार गर्दै स्थानीय तह
बैशाख १७, २०८१ सोमबार
बाजुरामा रेबिजविरुद्धको खोप अभाव
बैशाख १७, २०८१ सोमबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बद्रीनरसिंह के.सी.
बैशाख १६, २०८१ आइतबार
राजनीतिक स्थायित्व नभएको देशमा लगानी सम्मेलनको खास अर्थ हुँदैनः कोइराला
बैशाख १७, २०८१ सोमबार
प्रेस स्वतन्त्रता कुण्ठित गर्ने अदालतको आशय स्वीकार्य छैनः अध्यक्ष लम्साल
बैशाख १८, २०८१ मंगलबार
चर्चित वन्यजन्तु तस्कर सम्पत्ति शुद्धिकरणमा दोषी ठहर
बैशाख १७, २०८१ सोमबार
कालीकोट सदरमुकाममा सधैँ खानेपानीको अभाव
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ सय दरका १ करोड ३४ लाख नोट चोरी
बैशाख १८, २०८१ मंगलबार
टी-२० विश्वकप खेल्न १५ सदस्यीय भारतीय टिमको घोषणा
बैशाख १८, २०८१ मंगलबार
गुल्मीमा डढेलो लगाएको आरोपमा दुईजना पक्राउ
बैशाख १८, २०८१ मंगलबार
चीनद्वारा सुन्तला मौसमी चेतावनी जारी
बैशाख १८, २०८१ मंगलबार
जसपाको केन्द्रीय निर्वाचन समिति गठन
बैशाख १८, २०८१ मंगलबार