रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार २१:३१:५०
६ वैशाख, काठमाडौं । बिहीबार त्रिभुवन विमानस्थलबाट सिधै सिंहदरवार छिरेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछानेलाई राखेर सरकारी ठगीका विषयमा उठिरहेका विवादबारे छलफल गरेका छन् । उनले सहकारीको विषय सामान्य नभएको बताएका छन् ।
उच्च राजनीतिक स्रोतका अनुसार ओलीले एयपोर्ट बाटै प्रधानन्त्रीलाई फोने गरेका थिए । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदको बैठक सकियो आउँदा हुन्छ भनेपछि ओली सिधै सिंहदरवार आएका थिए । त्यसपछि तीन नेताकाबीचमा सहकारी ठगी प्रकरणका विषयमा छलफल सुरु भएको थियो ।
छलफलमा ओलीले सहकारी ठगी प्रकरणमा कांग्रेसले उठाएका प्रश्न र बाहिर जनतामा परेको प्रभावबारे प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेसँग सोधेका थिए । बाहिर यस्तो छ, कांग्रेस उफ्रिएको उफ्रिएकै छ, कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको विषय हो, जनता ठगिएको विषय हो । यसलाई तपाइहरुले कसरी लिनुभएको छ भन्दै ओलीले चासो राखेका थिए ।
लामिछानेले यसबारे आफ्नो कुनै कमजोरी नभएको भन्दै कांग्रेसले राजनीतिक मुद्दा बनाएको तर्क गरेका थिए । सहकारी प्रकरणमा संलग्न भएको भन्दै कांग्रेसले उपप्रधान तथा गृहमन्त्री लामिछानको राजीनामा माग्ने तयारी गरिरहेका बेता तीन नेताबीच छलफल भएको हो ।
छलफलपछि लामिछानेले प्रदेशमा देखिएको विवादका कारण केन्द्रमा त्यसको असर नपर्ने विषयमा मात्र छलफल भएको जानकारी दिएका थिउ । उनले इलामको चुनावमा शिर्ष नेताहरु व्यस्त भएका हुनाले पछिल्लो परिस्थितिको विषयमा छलफल भएको बताएका थिए ।
प्रमुख प्रतिपक्ष कांग्रेसले सहकारी ठगी प्रकरणमा लामिछानेमाथि संसदीय छानविन समिति गठन हुनुपर्ने माग गरिरहेको बेला सरकारले संसद् अधिवेशन अन्त्य गरेको थियो । कांग्रेसले आगामी बजेट अधिवेशनमा समेत यो विषयलाई निरन्तरता दिने बताइसकेको छ । छलफलपछि गृहमन्त्री लामिछानेले तीन नेताबीच समग्र राजनीतिक विषयमा समीक्षा भएको प्रतिक्रिया दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजेट अधिवेशनसम्म नपुग्दै फेल खायो संसदीय क्यालेण्डर
बैशाख १९, २०८१ बुधबार
मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादकत्व बढाउनुपर्छ : राष्ट्रपति पौडेल
बैशाख १९, २०८१ बुधबार
समृद्धि हासिल गर्न तीन तहको सरकारबीच सहकार्य आवश्यक : महामन्त्री शर्मा
बैशाख १८, २०८१ मंगलबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
बैशाख १८, २०८१ मंगलबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
वन डढेलो विकराल बन्दै, देशभर एक सय ६५ ठाउँमा डढेलो
बैशाख १९, २०८१ बुधबार
भक्तपुरमा इनार खन्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु
बैशाख १९, २०८१ बुधबार
टुँडिखेलमा सुरु भयो सीप मेला
बैशाख १९, २०८१ बुधबार
टी-२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?
बैशाख १९, २०८१ बुधबार
बेलायतमा आनी छोइङ डोल्माको लाइभ कन्सर्ट हुँदै
बैशाख १९, २०८१ बुधबार
क्रिप्टो एक्सचेन्ज बिनान्सका संस्थापक झाओलाई चार महिनाको जेल सजाय
बैशाख १९, २०८१ बुधबार