कस्तो छ तपाइको आजको राशीफल ?
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार ६:४:४५
आज मिति २०८० साल वैशाख १३ गते बिहीबार तदनुसार अप्रिल २५ तारिख, नेपाल संवत् ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु कृष्ण पक्ष द्वितीया तिथि, विशाखा नक्षत्र, । व्यतिपात योग छ । चन्द्र राशि तुला । यो अशुभ योग हो ।
अभिजित मुहूर्त: बिहान ११:३६ देखि १२:२८ सम्म,
काठमाडौंमा सूर्योदय: बिहान ०५:३०
सूर्यास्त: बेलुका ०६:३४ बजे
वैदिक ज्योतिषमा आधारित तपाईंको आजको राशीफल यस प्रकार रहनेछ ।
मेष : आज आफूले आफूलाई चिन्ने दिन हो। लगानी भए शिक्षामा फाइदा हुनेछ। स्वास्थ्यमा लाभ होला। वैदेशिक लगानीबाट आम्दानी बढ्नेछ। लगानीको क्षेत्रमा फाइदा हुनेछ।
वृष : मन मिल्ने साथीको कुराले महत्त्वपूर्ण काम बन्नेछ। सञ्चित धन खर्च हुनसक्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ। सामाजिक क्षेत्रमा मान र सम्मान बढ्नेछ।
मिथुन : सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। गुरुको साथ मिल्नेछ। शिक्षा क्षेत्रमा रोजगारीको अवसर मिल्नेछ। जीवनको महत्वपूर्ण कामको थालनी हुनेछ।
कर्कट : अभिभावकको सुझाव अनुसार काम गर्नु राम्रो हुन्छ। महत्त्वपूर्ण सामान हराउने जोखिम रहेकाले सचेत हुनुपर्ने दिन छ। आफूले गरेको राम्रो कामको जस अरूले लिन सक्छन्। विदेश यात्रा सफल हुनेछ।
सिंह : व्यवसायमा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट लाभ हुनेछ। वैदेशिक क्षेत्रमा सचेत हुनु राम्रो हुन्छ।
कन्या : यात्रा सफल बन्नेछ। रोकिएको काम सञ्चालन हुने दिन छ। व्यापारमा नाफा कमाउने योग छ। विदेशमा भएको लगानीबाट फाइदा हुनेछ। साथीले सहयोग गर्नेछन्।
तुला : नयाँ कामको थालनी गर्ने दिन हो। लगानीका क्षेत्रमा सफलता मिल्नेछ। सामाजिक सम्मान प्राप्त हुनेछ। विदेशको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।
वृश्चिक : खुट्टा तान्ने धेरै भएकाले सचेत भएर काम गर्नुपर्ने देखिन्छ। प्रतिस्पर्धी परास्त हुने योग छ। शिक्षामा मान सम्मान र सामाजिक संस्थामा कदर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
धनु : नयाँ साधन खरिद गर्ने योग रहेको छ। अचानक लाभ प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ।
मकर : मन खुशी हुनेछ। घरमा अतिथिको आगमन हुनेछ। बोलीको प्रभावले धेरै काम बन्नेछन्। अचानक धन खर्च हुने योग रहेको छ। लगानीको क्षेत्रबाट मन सन्तुष्ट हुनेछ।
कुम्भ : न्यायको क्षेत्रमा सफलता प्राप्त गर्ने दिन छ। व्यापारमा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। झुकेर भए पनि आफ्नो काम सफल पार्नुपर्ने देखिन्छ।
मीन : साथीको सहयोग प्राप्त हुनेछ। आफ्नो कुरा मात्र ठिक भन्ने शैलीले घाटा हुने देखिन्छ। साथीसँगको यात्रा हुने भएकाले दिन रमाइलो हुनेछ। परिवारको साथ मिल्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २६, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
महाकाली नदीको टापुमा १४ वटा ट्र्याक्टरसहित थुनिए २७ जना भन्दा बढी मजदुर
बैशाख २६, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा पार्किङमा राखिएका विमानहरु
बैशाख २६, २०८१ बुधबार
यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा ...
बैशाख २६, २०८१ बुधबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
१० महिनामा चितवन राष्ट्रिय निकुञ्जबाट ६ वटा बाघ मृतवस्थामा भेटिए
बैशाख २६, २०८१ बुधबार
अछाम र बाजुरामा विद्युत सेवा बन्द
बैशाख २६, २०८१ बुधबार