कटहरियाको आकस्मिक कक्षमा डाक्टर नहुँदा बिरामीका आफन्तद्वारा तालाबन्दी
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार ११:१:१७
♦ सञ्जय मिश्रा
१३ वैशाख, रौतहट। रौतहटको कटहरिया स्थित प्राथमिक स्वास्थ्य केन्द्रको आकस्मिक कक्षमा डाक्टर नहुँदा उपचार गराउन आउने बिरामीको आफन्तले ओपीडी लगायतको कक्षामा तालाबन्दी गरेका छन्।
कटहरिया नगरपालिका ५ बलरामपुर गाउँ स्थित भुंस र बाँसमा लागेको आगो निभाउन गाएकी एकजना महिलाको साडीमा सल्किएर जिउको अधिकांश भाग जलेको छ। स्थानीय सुजाईत मियाँकी ५० वर्षिया श्रीमती आस्मा खातुनले आज बिहान ७ बजे घर छेउको आगो निभाउने क्रममा साडीमा आगो लागेर उनको शरीरको अधिकांश भाग जलेको हो।
घटना लगतै आफन्तहरूले तत्कालै उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कटहरियाको आकस्मिक कक्षमा लागेका थिए। आकस्मिक कक्षमा २ घण्टासम्म गम्भीर अवस्थामा रहेकी महिलाको उपचार गर्ने कुनै डाक्टर नभेट्दा आक्रोशित परिवारका मानिसले ओपीडी लगायत सबै कक्षामा तालाबन्दी गरेका छन्।
आकस्मिक सेवा सुचारु भएपछि केन्द्रमा २४ औं घन्टा डाक्टर लगायत स्वास्थ्यकर्मीको सेवा उपलब्ध हुनुपर्नेमा यहाँ पटकपटक यस्ता लापरबाहीको घटनाहरू भइरहेको छ। बिहान ९ बजे न्युज कारखानाका प्रतिनिधि आकस्मिक कक्षमा पुग्दा आगलागी बाट जलेकी महिला अचेत अवस्थामा बेडमा सुतेकी थिइन, उनको आफन्तहरू जलेको स्थानमा मलहम लगाएर छटपट गरिरहेका थिए तर त्यहाँ उपचार गर्ने काेही डाक्टर थिएनन्।
घाइते महिलासंगै आएका महमद उमेरले बिरामी लिएर आएको दुई घण्टा भयो यहाँको अवस्थाबारे अस्पतालका डाक्टर संगै कटहरियाका जनप्रतिनिधिलाई पटकपटक फोन गर्दा कसैले वास्ता नगरेको कारण बाध्यभएर अस्पतालमा तालाबन्दी गरेको बताएका छन्।
बिरामीको अवस्था सुनेर करिब ९ बजे अस्पतालमा पुगेका अहेव विनोद गुप्ताले जलेर घाइते भएकी खातुनको अवस्था गम्भीर छ, मैले जाने अनुसार उपचार गरेर थप उपचारको लागि बिरगंज रेफर गरिएको बताएका छन्। प्राथमिक स्वास्थ्य केन्द्र कटहरियाका प्रमुख डाक्टर धर्मेन्द्र पटेल घर गएका छन्, अर्का डाक्टर अर्जुन जैसवालको घरमा बिहे भएकाले उनी पनि अनुपस्थित रहेको अहेव गुप्ताले जानकारी दिएका छन्।
डाक्टरहरू उपस्थित हुँदा खातुनको उपचार सम्भव थियो तर कुनै डाक्टर नभएको कारण बाध्य भएर बिरगंज रेफर गरिएको उनको भनाइ रहेको छ। डाक्टरहरूको लापरबाहीको कारण प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा उपचार गराउन आउने बिरामी लाई पटकपटक यस्ता कठिनाइको सामना गर्नु परेको स्थानीयहरूले बताएका छन्।
पूर्व मेयर सियाराम कुशवाहाको कार्यकालमा केन्द्रमा सुरु भएको आकस्मिक सेवा पछिल्लो एक वर्ष देखि प्रभावित भएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्लाहीमा आगलागीः एउटै गाउँको ६५ भन्दा बढी घर जले
बैशाख २०, २०८१ बिहिबार
४२ डिग्रीको गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी
बैशाख २०, २०८१ बिहिबार
चालीस डिग्रीभन्दा बढी तापक्रम हुन थालेपछि मधेशको जनजीवन प्रभावित
बैशाख १९, २०८१ बुधबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
प्रेम प्रस्ताव अस्वीकार गर्दा छात्रामाथि गोली प्रहार, अभियुक्त पूर्वशिक्षक रहेको खुलासा
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
सुर्ती नियन्त्रण गर्न विद्यायलस्तरका बालबालिकालाई सचेतना
बैशाख २२, २०८१ शनिबार
वेस्ट इण्डिजले नेपाललाई दियो १७३ रनको लक्ष्य
बैशाख २२, २०८१ शनिबार
गोप्य राख्नुपर्ने बजेटको प्रधानमन्त्रीले पहिले नै बताइदिए आकार र आन्तरिक कुरा
बैशाख २२, २०८१ शनिबार
राज्यलाई कर तिरेका जनताले यसको खर्चबारे जानकारी पाउनुपर्छः राष्ट्रपति
बैशाख २२, २०८१ शनिबार
वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने
बैशाख २२, २०८१ शनिबार
चिम्टीका अग्निपीडितलाई राहत
बैशाख २२, २०८१ शनिबार