राज्यलाई कर तिरेका जनताले यसको खर्चबारे जानकारी पाउनुपर्छः राष्ट्रपति
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार १३:३०:९
२२ वैशाख, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक प्रयोग गर्न नदिने सरकार लोकतान्त्रिक हुन नसक्ने बताएका छन् । उनले सरकारी तहबाट अझै पनि सूचना लुकाउने काम भइरहेको गुनासो जनताबाट आइरहेको बताएका छन् । लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार नै सूचनाको हक भएको उनको भनाइ छ ।
राष्ट्रिय सूचना आयोगको १७ औं स्थापना दिवसका अवसरमा राष्ट्रपति भवन शीतलनिवासमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले गरेका काम, कारबाहीबारे जनताले थाहा पाउनु पर्ने बताए । उनले जनताले निगरानी गर्न नपाउने कुरा अब असम्भव हुँदै गएको बताए ।
जनताले आफूले तिरेको कर कहाँ, कसरी खर्च भइरहेको छ भनेर जान्न पाउने उनीहरूको स्वभाविक हक भएको उनको भनाइ छ । सरकारले आफूबाट उठाएको पैसा केमा र कसरी खर्च गरेको छ भन्ने कुराको जानकारी जनताले लिनुपर्ने बताए ।
उनले लोकतन्त्रको संस्थागत विकास, सुशासन प्रवर्द्धन तथा विकास निर्माणमा जनताको अर्थपूर्ण सहभागिताका लागि सूचनाको हकको कार्यान्वयन थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए । सूचनाको हकले नागरिकको सशक्तीकरण मात्र नभई सरकारलगायत सबै सार्वजनिक निकायलाई जिम्मेवार पनि बनाउने बताए ।
उनले कानून कार्यान्वयन हुनुमा आयोग तथा सूचनाको हकका अभियन्ताहरूको अथक मेहनत प्रभावकारी भएको बताए । सार्वजनिक निकायका पदाधिकारी तथा कर्मचारीहरूको आफूलाई रुपान्तरण गर्दै लैजाने सोचबाट यसको कार्यान्वयनमा सन्तोषजनक अवस्था देखिए पनि संविधान र कानुनले राखेको पवित्र उद्देश्य पूरा हुने अवस्था अझै नबनेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : राप्रपा
जेठ ९, २०८१ बुधबार
सरकारविरुद्ध सदन र सडकमा उत्रियो कांग्रेस, १३ गते काठमाडौंमा प्रदर्शन गर्ने
जेठ ९, २०८१ बुधबार
गण्डकीका मुख्यमन्त्री अधिकारीविरुद्धको रिट आजपनि ‘हेर्दाहेर्दै’ मा
जेठ ९, २०८१ बुधबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : राप्रपा
जेठ ९, २०८१ बुधबार
सरकारविरुद्ध सदन र सडकमा उत्रियो कांग्रेस, १३ गते काठमाडौंमा प्रदर्शन गर्ने
जेठ ९, २०८१ बुधबार
रौतहटको श्रीराम चिनी मिल सञ्चालन गर्न कार्यदल गठन
जेठ ९, २०८१ बुधबार
गण्डकीका मुख्यमन्त्री अधिकारीविरुद्धको रिट आजपनि ‘हेर्दाहेर्दै’ मा
जेठ ९, २०८१ बुधबार