कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार १४:२९:३१
१३ वैशाख, कालीकोट । कालीकोट जिल्लाकै नमूना स्याउ बगैँचा तिलागुफा नगरपालिका–३ फोइमहादेव गाउँमा रहेको छ । स्थानीय नवीन हमालले चुली कर्णाली एग्रो फार्ममार्फत् तीन वर्षदेखि सञ्चालन गरेको स्याउ बगैँचा जिल्लाकै नमूना स्याउ बगैँचा हो ।
शिक्षकसमेत रहनुभएका हमालले फोइमहादेवको दहचौरमा रहेको महादेव माध्यमिक विद्यालयको आठ हेक्टर जमिन लिजमा लिएर सञ्चालन गरेको नमूना स्याउ बगैँचामा फुजी, गाला र गोल्डेन जातका गरी ११ हजार स्याउका बिरुवा रोपिएका छन् ।
हमालले चुली कर्णाली एग्रो फार्म दर्ता गरेर नमूना स्याउ बगैँचा निर्माण गरेको हो । फोइमहादेव गाउँमा फुजी स्याउ उत्पादनको सम्भावना रहेको र स्याउबाट मनग्य आम्दानी लिन सकिने भएकाले आफूले शिक्षण पेशाबाट कमाएको पैसासमेत खर्च गरेर स्याउ बगैँचा निर्माण गरेको हमालले बताए । ‘गाउँमै फुजी जातको स्याउको नमूना बगैँचा बनाएर उत्पादन सुरु गर्न थालेको छु”, उनले भने, “अहिले मैले लगाएको फुजी जातको स्याउले राम्रो उत्पादन दिन थालेपछि गाउँका अरूले समेत स्याउ रोप्न थाल्नुभएको छ ।”
वार्षिक रु दुई लाख ५० हजार महादेव माध्यमिक विद्यालयलाई भाडा तिरेर लिजमा लिएको जग्गामा अहिले थरिथरिका स्याउ फुलेको देख्दा आफूलाई खुसी लाग्ने गरेको हमालले बताए । “बगैँचामा हालसम्म रु दुई करोड लगानी गरिसकेको छु”, उनले भने, “यस वर्षमात्र मैले पाँच हजार स्याउका बिरुवाबाट फल उत्पादन गर्ने लक्ष्य राखेको छु ।”
बगैँचा व्यवस्थापनका लागि स्याउ जोन जुम्ला कार्यालयबाट ५० प्रतिशत अनुदानमा रु ४२ लाखमात्र सहयोग पाएको हमालले बताए । “स्याउ उत्पादनमा कालीकोटलाई चिनाउनु छ । बाँकी लगानीअनुसारको उत्पादनका लागि बगैँचा गोडमेलमा छौँ”, उनले भने, “यो स्याउ बगैँचामा दुई जनालाई निरन्तर रोजगारी दिएको छु ।”
तिलागुफाको फोइमहादेव गाउँमा धेरै किसानले स्याउ बगैँचा विस्तारका लागि कार्यालयबाट अनुदान लिएको जिल्ला कृषि विकास कार्यालय कालीकोटले जनाएको छ ।
चुली कर्णाली एग्रो फार्मले सञ्चालन गरेको फोइमहादेवको दहचौर स्याउ बगैँचा जिल्लाकै नमूना बगैँचा रहेको जिल्ला कृषि विकास कार्यालय कालीकोटका प्रमुख भरत बस्नेतले बताए । “यो बगैँचालाई आवश्यक थोपा सिँचाइ, स्याउमा लाग्ने रोग नियन्त्रणका लागि विषादिदेखि अन्य अनुदान सहयोग गरेका छौँ”, उनले भने, “नमूना स्याउ बगैँचा निर्माण गरेर कालीकोटमा स्याउ खेतीको सम्भावना राम्रो छ, भन्ने सन्देश दिएको छ ।”
कालीकोट जिल्लाको तिलागुफा नगरपालिका, महावै गाउँपालिका, पचालझरना गाउँपालिका र रास्कोट नगरपालिकाका एक हजार तीन सय हेक्टर क्षेत्रफलमा स्याउ उत्पादन हुँदै आएको जिल्ला कृषि विकास कार्यालय कालीकोटले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरासायनिक विषादीको प्रयोग घटाउन 'आईपीएम' कृषक पाठशाला
बैशाख २१, २०८१ शुक्रबार
सुन्तला बेचेर म्याग्दीमा २१ करोडभन्दा बढी भित्रियो
बैशाख २०, २०८१ बिहिबार
कैलालीमा तीन लाख ४० हजार पशु चौपायालाई खोप
बैशाख १९, २०८१ बुधबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
प्रधानमन्त्रीका कुरा सुन्दा ‘कि सत्ता समीकरण फेरिन्छ, कि अध्यादेशबाट बजेट आउँछ’
बैशाख २२, २०८१ शनिबार
आइपिएलमा आज दुई खेल हुँदै
बैशाख २३, २०८१ आइतबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि पेसी
बैशाख २३, २०८१ आइतबार
गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी
बैशाख २३, २०८१ आइतबार
ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो
बैशाख २३, २०८१ आइतबार
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै
बैशाख २३, २०८१ आइतबार
जनकपुर–जयनगर रेलसेवा आजदेखि ३ दिनका लागि बन्द
बैशाख २३, २०८१ आइतबार