धनुषामा नौ सयभन्दा बढीमा हात्तीपाइले रोग
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार १६:१२:५८
१४ वैशाख, जनकपुरधाम । धनुषा जिल्लामा नौ सय ३१ जनामा हात्तीपाइले रोग देखापरेको छ । जनस्वास्थ्य कार्यालय धनुषाले गरेको सर्वेक्षण अनुसार जनकपुर उपमहानगरपालिकामा सबैभन्दा बढी हात्तीपाइले रोगका बिरामी रहेका छन् ।
सर्वेक्षण विवरणअनुसार जनकपुरधाम उपमहानगरपालिकामा दुई सय दुई, धनौजी गाउँपालिकामा नौ, सहिद नगरपालिकामा एक सय १६, मुखियापट्टी गाउँपालिकामा १४, मिथिला विहारी नगरपालिकामा ३६, लक्ष्मीनिया गाउँपालिकामा ३९, नगराइन नगरपालिकामा एक सय ९५, कमला नगरपालिकामा ३४, हङ्सपुर नगरपालिकामा एक सय नौ, विदेह नगरपालिकामा ५३, जनकनन्दनी गाउँपालिकामा ६९ तथा औरही गाउँपालिकामा ५५ जनामा हात्तीपाइले रोग देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत शिवजी दासले जानकारी दिए ।
हात्तीपाइले रोगको रोकथाम तथा जनचेतना फैलाउने विषयमा उक्त कार्यालयद्वारा यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा अधिकृत दासले हात्तीपाइले रोगका बिरामीको सङ्ख्या बढ्दै गएको बताए । मधेश प्रदेशका चार जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने अभियान सुरु हुने भएको छ । उक्त अभियानअन्तर्गत धनुषामा पनि हात्तीपाइले रोगविरुद्ध औषधि सेवन गराइने छ ।
अन्तरक्रिया कार्यक्रममा जनस्वास्थ्य कार्यालयका अधिकृत दासले धनुषामा यही वैशाख १६ गतेदखि ३० गतेसम्म हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने कार्यक्रम रहेको जानकारी दिए । अभियानअन्तर्गत धनुषामा आठ लाख ६४ हजारलाई औषधि खुवाउने लक्ष्य छ । सो कार्यालयले गत आर्थिक वषर्मा पनि औषधि खुवाउने अभियान सुरु गरेको थियो । ग्रामीण जनसङ्ख्याको तुलनामा सहरी क्षेत्रमा औषधि नखाने दर ३६ प्रतिशतले कम देखिएको उनले भने । हात्तीपाइले रोगविरुद्ध औषधि गर्भवती, सुत्केरी तथा गम्भीर किसिमका बिरामीले सेवन गर्न नहुने अधिकृत दासले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेमा नौ महिनामा एक सय १२ नवजात शिशको मृत्यु
बैशाख २३, २०८१ आइतबार
मुलुकमा सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार
बैशाख २२, २०८१ शनिबार
गर्मी बढेपछि बालबालिकामा संक्रामक रोगको समस्या बढ्यो
बैशाख २१, २०८१ शुक्रबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार