नबिल बैंक दोहोरो अंकको व्यवसाय वृद्धि गर्न सफल तर खराब कर्जा ४ प्रतिशत माथि, मुनाफा सामान्य घट्यो
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार १७:६:१२
२२ वैशाख, काठमाडौं । समस्त बैंकिङ प्रणालीमा आएको मन्दीको असर नबिल बैंक लिमिटेडमा पनि देखिएको छ । बैंकको खराब कर्जा ४ प्रतिशत माथि पुगेको छ । गत आर्थिक वर्षसम्म खराब कर्जा ३ दशमलव ८७ प्रतिशत मात्र थियो ।
त्यस्तै बैंकको नाफा नोक्सानका सूचकहरु जस्तै संचालन मुनाफा, खुद मुनाफा र वितरण योग्य मुनाफा जस्ता सूचकहरूमा गिरावट आएको छ । त्यस्तै प्रमुख आम्दानीको स्रोतमा रहेको खुद ब्याज आम्दानी पनि सामान्य मात्र वृद्धि भएको छ ।
यस्तो असहज अवस्था भएपनि बैंकको व्यवसायमा दोहोरो अंकको वृद्धि देखिएको छ । असार मसान्त र अहिले चैत मसान्तको तथ्याङ्कलाई दाँजेर हेर्दा निक्षेप संकलन र कर्जा प्रवाह दुवै करिब ११ प्रतिशत वृद्धि भएको देखिएको छ । वितरण योग्य मुनाफामा पहिलेको तुलनामा गिरावट देखिए पनि बैंकले वितरण योग्य मुनाफालाई डेढ अर्ब माथि राख्न सफल भएको छ ।
नबिल बैंकको संचालक समितिको अध्यक्षमा उपेन्द्रप्रसाद पौडेल रहेका छन् । ६५ वर्षीय पौड्यालले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन् । उनले स्ट्याण्डर्ड चार्टर्ड बैंक (नेपाल) लिमिटेड (सन् १९८६ देखि २००० ) र एनएमबी बैंक लिमिटेड ( सन् २००० देखि २०१७ सम्म) सीईओका रुपमा काम गरेको अनुभव रहेको छ । पौड्यालले सन् २०१४ जनवरीदेखि २०१६ नोभेम्बरसम्म नेपाल बैंकर्स संघको अध्यक्षता सम्हालेका थिए । उनी नेपाल व्यवस्थापन संघका तत्कालीन पूर्व अध्यक्ष र बैंक तथा वित्तीय संस्था महासंघ नेपालको वर्तमान अध्यक्ष पनि हुन् ।
त्यस्तै संचालक समिति सदस्यमा निर्वाण कुमार चौधरी, मलय मुखर्जी, आशा राणा अधिकारी, अनन्त पौड्याल, प्रविन टिवडेवाला र ए.आर.एम. नजमुस शकिब कार्यरत छन् ।
बैंकको प्रमुख कार्यकारी अधिकृतमा कुशल, पुराना र सफल बैंकरको छवि बनाएका ज्ञानेन्द्रप्रसाद ढुंगाना रहेका छन् । डायनामिक लिडरका रुपमा चर्चित ढुंगाना राष्ट्र बैंकको निर्देशक हुँदै नेपाल बंगलादेश बैंकको लामो समय सीईओ र नेपाल बैंकर्स संघको अध्यक्ष रहिसकेका छन् ।
त्यस्तै बैंकको सिनियर डेपुटी सीईओमा सुजितकुमार शाक्य तथा डेपुटी सीईओद्धयमा चार्टर्ड एकाउन्टेन्टसमेत रहेका मनोजकुमार ज्ञवाली र भूपेन्द्र पाण्डे छन् । साथै सहायक महाप्रबन्धक त्रयमा आदर्श बजगाई, गणेशप्रसाद अवस्थी र ज्ञानेन्द्रप्रताप शाह रहेका छन् ।
यसैगरी बैंकको विभागीय प्रमुखहरूमा परमेश्वर श्रेष्ठ, राजेन्द्रप्रसाद अधिकारी, निरज शर्मा, सुबोध लोहनी, सुरेशप्रसाद त्रिपाठी, कृष्णप्रसाद सुवेदी, निरज कुमार बस्नेत डानिल, ऋषिराम ज्ञवाली, सुदिन ढुंगेल, सुलभ कुमार श्रेष्ठ, सुशील भट्टराई, अमित श्रेष्ठ, दिवस कार्की, प्रदीप नेपाल, सन्दीप बाबु पौडेल, प्रभावति सिंह विष्ट, भीष्म न्यौपाने, ओजश्वी उपाध्याय, ज्योतिमान श्रेष्ठ, कैलाश त्रिपाठी, सुरेशजंग कार्की, अञ्जली श्रेष्ठ, भास्कर अवस्थी, चाँदनी श्रेष्ठ, डम्बरबहादुर श्रेष्ठ, अञ्जन कोइराला, अशेष अधिकारी र विश्वप्रकाश पौडेल लगायत छन् ।
नबिल बैंक लिमिटेडको आर्थिक वर्ष २०८०–८१ के तेस्रो त्रैमासको वित्तीय प्रतिवेदनः
खुद मुनाफाः
चालू आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात् ९ महिनाको अवधिमा बैंकले ४ अर्ब ६६ करोड खुद मुनाफा गरेकोमा गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले ५ अर्ब ११ करोड बराबर खुद मुनाफा गरेको थियो । यसरी खुद मुनाफा ८.७६ प्रतिशत घटेको छ ।
खुद ब्याज आम्दानी र संचालन मुनाफाः
गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले १२ अर्ब १० करोड बराबर खुद ब्याज आम्दानी गरेकोमा चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले १२ अर्ब ५५ करोड खुद ब्याज आम्दानी गरेको छ । यसरी खुद ब्याज आम्दानी ३.७२ प्रतिशतले बढेको छ । त्यस्तै, संचालन मुनाफा १०.७२ प्रतिशत घटेर ६ अर्ब ६८ करोड पुगेको छ । गत वर्षको तेस्रो त्रैमाससम्ममा संचालन मुनाफा ७ अर्ब ४८ करोड थियो ।
प्रतिशेयर आम्दानीः
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २३.०० रुपैयाँ हुन आउँछ । एक वर्ष अघि प्रतिशेयर आम्दानी २५.२१ रुपैयाँ थियो ।
वितरणयोग्य मुनाफाः
कम्पनीको वितरण योग्य मुनाफा १ अर्ब ५४ करोड ७० लाख रहेको छ । गत आर्थिक वर्ष वितरणयोग्य मुनाफा १ अर्ब ७७ करोड २० लाख थियो ।
निक्षेप, कर्जाः
कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४ खर्ब ४० अर्ब निक्षेप संकलन गरी ३ खर्ब ६८ अर्ब कर्जा प्रवाह गरेको छ । आर्थिक वर्ष २०७९/८० को असार मसान्त र अहिलेको तथ्याङ्कलाई दाँजेर हेर्दा कम्पनीको निक्षेप संकलन १०.९८ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह ११.३७ प्रतिशतले बढेको छ ।
जगेडा कोष, संचित मुनाफाः
जगेडा कोष ४.१७ प्रतिशतले बढेर २७ अर्ब ७८ करोड पुगेको छ भने संचित मुनाफामा १ अर्ब ५४ करोड रहेको छ ।
किताबी मूल्यः
कम्पनीको किताबी मूल्य (प्रतिशेयर नेट्वर्थ) २०८.३९ रुपैयाँ आउँछ ।
निष्क्रिय कर्जाः
कम्पनीको खराब कर्जा वृद्धि हुँदै ४.०४ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा खराब कर्जा ३.८७ प्रतिशत थियो ।
आधार ब्याजदर, स्प्रेडदरः
बैंकको आधार ब्याजदर घट्दै ८.३६ प्रतिशत पुगेको छ । स्प्रेडदर ४.०० प्रतिशत छ । गत आर्थिक वर्ष सोही अवधिमा स्प्रेडदर ५.१५ प्रतिशत थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
भारतमा ८ दिनदेखि बेपत्ता बंगलादेशका सांसद मृत फेला
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार