पाठेघर तथा आङ खस्ने समस्या समुदायमा पुगेर खोजी गरिने
नेपालबहस संवाददाता
बैशाख २३, २०८१ आइतबार १५:३४:४२
२३ वैशाख, बागलुङ । धौलागिरि अस्पतालले महिलाको पाठेघर खस्ने समस्या समाधानका लागि निःशुल्क शिविर गरेर बिरामीको पहिचान गर्ने भएको छ । अस्पतालले विभिन्न स्थानमा रहेर पहिलो चरणमा स्क्रिनिङ शिविर सञ्चालन गर्ने र त्यसपछि शिविरका आधारमा पहिचान भएका बिरामीलाई उपचार र निःशुल्क अपरेसनसमेत गराउने योजना बनाएको हो ।
अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा स्त्रीरोग विशेषज्ञ डा. रेखा शर्माले उक्त जानकारी गराइन् । उनले पहिलो चरणमा काठेखोला र बरेङ गाउँपालिका तथा जैमिनी नगरपालिकामा स्क्रिनिङ शिविर सञ्चालन गरेर पहिचान भएका बिरामीको धौलागिरि अस्पतालमा निःशुल्क उपचार र शल्यक्रिया गराउने बताइन् ।
शर्माका अनुसार अस्पतातले यही वैशाख ३० गते बरेङ, आगामी जेठ ५ गते जैमिनी र जेठ १२ गते काठेखोलामा स्क्रिनिङ शिविर सञ्चालन गर्न लागिएको हो । त्यसबाहेक शिविरमा फिस्टुला, निःसन्तान दम्पतीको समस्या समाधान, महिनावारी गडबडी, पिसाबको समस्या तथा प्रजनन स्वास्थ्यबारे परीक्षण गरिनेछ । त्यसबाहेक पाठेघरको मुखको क्यान्सर परीक्षण, स्तन क्यान्सर हुन सक्ने सम्भावनाको खोजी गरिने बताइएको छ ।
निजी संस्थामा गएमा पाठेघरको अपरेसनलगायतका उपचारमा रु डेढ लाखसम्म खर्च हुनेछ । सरकारी अस्पतालमा भने सरकारले पठाइदिने प्रतिव्यक्ति रु १३ हजार र अस्पताल विकास समितिले थप गर्ने रु छ हजार गरी रु १९ हजारको उपकरण र औषधि प्रयोगपछि शल्यक्रिया गर्न सकिने गरी यो अवसर ल्याइएको अस्पताल विकास समितिका अध्यक्ष नारायण शर्मा पौडेलले बताए ।
उनले राज्यको उत्तरदायित्व पूरा गर्ने र गाउँघरका बिरामीको उपचारमा पनि सहयोग गर्ने लक्ष्य राखिएको बताए । कार्यक्रममा अस्पताल विकास समिति सदस्य लक्ष्मी जिसी कार्कीले महिलाको शरीर संवेदनशील भएकाले ग्रामीण क्षेत्रमा पुगेर उपचार गर्दा आवश्यक परेमा शल्यक्रियासमेत गर्न चिकित्सक टोली खटाइएको बताए । उनले पश्चिम बागलुङमा यस्ता बिरामीको उपचारमा पहल गर्ने बताए । अस्पतालले शल्यक्रिया समय भनेपछि तय गर्नेछ । गत वर्ष पनि विभिन्न स्थानमा भएका स्क्रिनिङबाट ३६ जनाको शल्यक्रिया निःशुल्क गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्यमन्त्री यादवद्वारा वीर अस्पतालमा छड्के अनुगमन
जेठ ९, २०८१ बुधबार
गण्डकीको सरुवा रोग अस्पताल भवन निर्माण सुस्त
जेठ ८, २०८१ मंगलबार
चितवनमा पहिलोपटक शल्यक्रियाबिना मुटुको प्वाल टालियो
जेठ ८, २०८१ मंगलबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
केदार भट्टराई (काका)
जेठ १०, २०८१ बिहिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
जेठ १२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १२, २०८१ शनिबार
के क्रिकेटर हार्दिक र नतासाको डिभोर्स भएको ?
जेठ १२, २०८१ शनिबार
नुवाकोटमा पौडी खेल्ने क्रममा दुई युवाको मृत्यु
जेठ १२, २०८१ शनिबार
प्रहरीमा जागिर लगाई दिन्छु भन्दै ठगी गर्ने पक्राउ
जेठ १२, २०८१ शनिबार
संसदीय समितिको टीओआर बनाउन शीर्ष नेताको बैठक भोलि बस्ने
जेठ १२, २०८१ शनिबार
कार्यदलको बैठकमा सहमति नभएपछि बालुवाटारमा शीर्ष नेताहरुको छलफल
जेठ १२, २०८१ शनिबार
बालेनको एक्सन : भौतिक पूर्वाधारमन्त्री महासेठलाई हरेक दिन एक ट्रक धुलो उपहार !
जेठ १२, २०८१ शनिबार
कोरोनाको नयाँ भेरियन्ट : सङ्क्रामक तर घातक कम
जेठ १२, २०८१ शनिबार