‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ भलिबलको फाइनल खेल आज
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार १२:३७:६
![](https://nepalbahas.prixacdn.net/media/albums/vallyball_BWkHSOsFuN_2YkRO8gnWO.jpg)
३० वैशाख, खोटाङ । खेलकुद विकास समिति ऐसेलुखर्क गाउँपालिकाले आयोजना गरेको ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ महिला÷पुरुष अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको फाइनल खेल आज भइरहेको छ ।
गाउँपालिकाको मुख्य प्रायोजनमा यही वैशाख २६ गतेदेखि सुरू भएको अन्तरपालिकास्तरीय महिला÷पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा महिलातर्फ केपिसगढी गाउँपालिका बाक्सिला र आमचोक गाउँपालिका भोजपुर तथा पुरुषतर्फ षडानन्द नगरपालिका भोजपुर र दमक नगरपालिकाबीच खेल भइरहेका हुन् ।
महिलातर्फ केपिसगढी गाउँपालिका बाक्सिला र ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कबीच शनिबार भएको पहिलो खेलमा २५–१२ र २५–१२ मा ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कलाई हराउँदै केपिसगढी गाउँपालिका बाक्सिला फाइनल प्रवेश गरेको थियो भने आमचोक गाउँपालिका र आयोजक ऐसेलुखर्क गाउँपालिकाबीच भएको दोस्रो खेलमा आयोजकलाई २५–१४ र २५–१३ हराउँदै भोजपुर फाइनल प्रवेश गरेको थियो ।
पुरुषतर्फ दमक नगरपालिका झापा र सोताङ गाउँपालिका सोलुखुम्बुबीच भएको पहिलो सेमिफाइनलमा दमक नगरपालिका झापा सोझो सेटमा विजयी हुँदै फाइनल प्रवेश गरेको थियो । प्रतियोगितामा २५–२०, २५–२३ र २५–१८ मा सोताङ गाउँपालिका सोलुखुम्बुलाई हराउँदै दमक नगरपालिका झापा फाइनल प्रवेश गरेको हो ।
दोस्रो षडानन्द नगरपालिका भोजपुर र सिद्धिचरण नगरपालिका ओखलढुङ्गाबीच भएको सेमिफाइनल खेलमा पनि सोझो सेटमा विजयी हुँदै षडानन्द नगरपालिका भोजपुर फाइनल प्रवेश गरेको आयोजकले जनाएको छ । प्रतियोगितामा भोजपुरले सिद्धिचरण नगरपालिका ओखलढुङ्गालाई २५–२२, २५–२२ र २५–२० मा हराएको हो ।
महिलातर्फको प्रतियोगितामा आमचोक गाउँपालिका भोजपुरकी क्याप्टेन रोमा श्रेष्ठ र केपिलासगढी गाउँपालिका बाक्सिलाकी सिखा कोइराई म्यान अफ द म्याच घोषित भएका रेफ्री सुधीर कार्की जानकारी दिए । पुरूषतर्फको सेमिफाइनलमा दमकका क्याप्टेन मुस्कान लिम्बू ‘राजन’ र षडानन्द नगरपालिका भोजपुरका खेलाडी मनिष गौतम म्यान अफ द म्याच घोषित भएका छन् ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना महिला÷पुरुष दुवै स्थानीय तहले समानरूपमा क्रमशः नगद रु दुई लाख, रु एक लाख, रु ५० हजार र रु २५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक खेलकुद विकास समिति ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष रजिन राईले जानकारी दिए । विद्यागत पुरस्कारतर्फ महिला÷पुरुष दुवै समूहका एक÷एकजना उत्कृष्ट खेलाडीलाई नगद रु पाँच÷पाँच हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
यस्तै, बेस्ट स्पाइकर, बेस्ट सटर, बेस्ट ब्लकर, बेस्ट डिफेण्डर, बेस्ट सर्भर तथा अनुशासित समूह र बेस्ट प्रशिक्षकलाई नगद रु तीन÷तीन हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । अन्तरपालिकास्तरीय महिला÷पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ आयोजक, आमचोक गाउँपालिका भोजपुर, माप्यदूधकोशी सोलुखुम्बू र केपिसगढी गाउँपालिका बाक्सिला खोटाङ सहभागी भएका छन् ।
पुरुषतर्फ आयोजक, षडानन्द नगरपालिका भोजपुर, नेचासल्यान गाउँपालिका सोलुखुम्बू, दमक नगरपालिका झापा, सोताङ गाउँपालिका सोलुखुम्बू, चिसङ्खु गाउँपालिका ओखलढुङ्गा, ताप्ली गाउँपालिका उदयपुर, सिद्धिचरण नगरपालिका ओखलढुङ्गा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङ, रावाबेँसी गाउँपालिका खोटाङ, हलेसी तुवाचुङ नगरपालिका खोटाङ, ऐँसेलुखर्क गाउँपालिका–४ जलेश्वरी, ऐँसेलुखर्क गाउँपालिका–५ महेश्वरी, ऐँलुखर्क गाउँपालिका–७ माक्पा र खेलकुद विकास समिति ऐँसेलुखर्क–३ ऐँलुखर्कको सहभागिता रहेको छ । अन्तर्राष्ट्रिय भलिबल महासंघ 'एफआइभिबि'को नियमअनुसार सञ्चालन गरिएको प्रतियोगितमा नौजना खेलाडी, एकजना प्रशिक्षक र एकजना व्यवस्थापक गरी प्रत्येक समूहमा ११ सहभागी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री कप भलिबलको खेल तालिका सार्वजनिक
जेठ १६, २०८१ बुधबार
भलिबल प्रतियोगितामा नेपालले बङ्गलादेशसँग फाइनल खेल्ने
बैशाख १७, २०८१ सोमबार
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
बैशाख १४, २०८१ शुक्रबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अष्ट्रेलियालाई २१ रनले पराजित गरेपछि कप्तान राशिद खानले के भने ?
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
टोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
राडीपाखी बुन्ने चलन लोपोन्मुख अवस्थामा
असार १२, २०८१ बुधबार
भारतको लोकसभाको सभामुखमा ओम बिरला निर्वाचित
असार १२, २०८१ बुधबार
झापामा ११ महिनामा ५१ हजार चालकलाई कारबाही
असार १२, २०८१ बुधबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
अविरल वर्षाले पोखरामा सडक भासिँदा आवागमनमा समस्या
असार १२, २०८१ बुधबार
नौ महिनादेखि तलब नपाएको कैलालीका स्वास्थ्यकर्मीको गुनासो
असार १२, २०८१ बुधबार