रोयल सहकारी १८ औं बर्षमा प्रवेश,बहिरा बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण
इन्द्र रिजाल
जेठ ५, २०७६ सोमबार १:४७:४८
स्याङ्जा । सदरमुकाम पुतलीबजारमा २०५९ सालदेखि संचालनमा आएको रोयल को–अपरेटिभ सोसाईटी लि. को १८ औं स्थापना दिवसका अवसरमा फरक क्षमताका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री विरतण गरिएको छ ।
पुतलीजार नगरपालिका ३ बाडखोलामा रहेको चण्डिकालिका बहिरा आधारभूत विद्यालयमा अध्ययनरत २२ जना फरक क्षमताका विद्यार्थीलाई आफ्नो स्थापना दिवसमा रोयलले शैक्षिक सामाग्री स्वरुप कपी, कमल लगायतका सामाग्री वितरण गरेको हो ।
शैक्षिक सामाग्री विरतण कार्यक्रमा पुतलीबजार नगरपालिका ३ का वडाअध्यक्ष अमृत श्रेष्ठले गरिबी निवारणमा सहकारीहरुको भूमिका प्रभाबकारी बन्दै गएको बताए । सहकारीहरुले सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न रचनात्मक कार्य संचालन गर्दै आएकोमा उनले प्रशंसा समेत गरे ।
त्यस अवसरमा सोही वडाका वडासदस्य तेजप्रसाद शर्मा, विद्यालयका पूर्व अध्यक्ष अमिरबक्स मियाँ, संस्थाका प्रबन्ध निर्देशक केशवराज लम्सालले फरक क्षमताका विद्यार्थीको प्रोत्साहनमा संस्थाले पु¥याएको योगदानका बारेमा चर्चा गरेका थिए । उनीहरुले हरेक क्षेत्रमा सहयोगको भावनाको विकास गर्नुपर्ने समेत विचार व्यक्त गरे ।
संस्थाका अध्यक्ष भरतप्रसाद लम्सालको अध्यक्षतामा भएको शैक्षिक सामाग्री वितरण कार्यक्रमको संचालन शिक्षा समितिका सदस्य प्रकाश डोटेलले गरेका थिए भने स्वागत संचालक कुलानन्द लम्साल र धन्यवाद ज्ञापन प्रबन्ध शान्ति ढकाल अर्यालले गरेकी थिईन् ।
रोयलले १७ वर्षको अवधिमा जिल्ला सदरमुकाममा करिब १ रोपनी जग्गा खरिद गरि झण्डै ४ करोड ५० लाखको लागतमा सुविधा सम्पन्न भवन बनाएको छ । कुलपुँजी ३ करोड ७४ लाख रहेको सहकारीले झण्डै २५ करोडको कारोबार गरेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपवित्तीय समावेशीकरण नीति जारी
जेठ १८, २०८१ शुक्रबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
विनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
मुगुमा यार्सागुम्बा संकलनमा गएका तीन जनाको मृत्यु
जेठ १९, २०८१ शनिबार
चीनमा खाद्य सुरक्षा कानुन लागु
जेठ १९, २०८१ शनिबार
नेपालको पूर्वी भूभागमा मनसुन भित्रिन अझै केही दिन लाग्ने
जेठ १९, २०८१ शनिबार
माछापुच्छ्रे बैंकद्धारा सल्यानको विद्यालयमा खानेपानी ट्याङ्की निर्माण
जेठ १९, २०८१ शनिबार
काठमाडौं महानगरले करारमा २४१ नगर प्रहरी भर्ना गर्दै
जेठ १९, २०८१ शनिबार