लम्कीमा ५१ श्ययाको अस्पतालको शिलान्यास
इन्द्र रिजाल
जेठ २४, २०७६ शुक्रबार १७:४८:२१
कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–१० चुहामा सामुदायिक अस्पतालको शिलान्यास गरिएको छ । सो ५१ श्यया रहने अस्पतालको सांसद झपट रावलले शिलान्यास गरेका थिए । उनले अस्पताल निर्माण भएमा लम्कीचुहा नपा, बर्दगोरिया र मोहन्याल गाउँपालिकाका नागरिकलाई उपचारमा सहज हुने बताए ।
लम्कीचुहाका प्रमुख महादेव बजगाईंले गाडी किन्नका लागि छुट्याएको रकम अस्पताल निर्माणमा खर्च गर्ने निर्णय गरेपछि लम्कीमा अस्पताल निर्माण हुन थालेको हो ।
नगरपालिकाले गाडी किन्न छुट्याएको रु ७५ लाख रकम छुट्याएको थियो । नगरकार्यपालिकाको बैठकले थप रु १५ लाख रकम थपेपछि अस्पताल निर्माणमा रु ९० लाख खर्च गरिने भएको छ ।
प्रमुख बजगाईंले निर्णय गरेपछि रु ३२ करोड लागत अनुमान गरिएको अस्पतालमा सांसद रावलले पूर्वाधार विकास कोषबाट रु एक करोड १० लाख र सोही क्षेत्रबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य नन्दबहादुर साउदले पूर्वाधार विकास कोषबाट रु एक करोड १३ लाख विनियोजन गरेका ।
दुई वर्षमा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिइएको अस्पतालका लागि आवश्यक जग्गा चुहास्थित राष्ट्रिय नव जागृति माध्यमिक विद्यालयले साढे पाँच बिघा जमीन निःशुल्क उपलब्ध गराएको छ । उक्त अस्पतालको बिहीबार शिलान्यास गरिएको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै
जेठ १४, २०८१ सोमबार
रौतहटमा दर्जनौं अवैध अस्पतालले बिरामीसँग लाखौं रकम लुट्दै, नियमनकारी निकाय मौन
जेठ १४, २०८१ सोमबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
सिटिजन्स बैंकको पार्टनर फर प्रोग्रेस भिडियो प्रतियोगिता
जेठ १७, २०८१ बिहिबार
सिटिजन्स बैंकका ग्राहकलाई अनमोल डेण्टलका सेवाहरुमा १५% सम्मको आकर्षक छुट
जेठ १७, २०८१ बिहिबार
तापक्रममा ‘रेकर्ड ब्रेक’ : वर्षकै सबैभन्दा बढी नेपालगञ्जमा ४४.२ डिग्री
जेठ १७, २०८१ बिहिबार
बजेट पारदर्शितामा नेपाल ५८ औं स्थानमा
जेठ १७, २०८१ बिहिबार
मधेस प्रदेश सरकारको बेरुजु एक अर्ब ५९ करोड
जेठ १७, २०८१ बिहिबार
कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी हो : नेता निधि
जेठ १७, २०८१ बिहिबार