छोटा तथा लामा दूरीका सार्वजनिक यातायातको भाडा बढ्यो [हेर्नुस कहाँ जान कति भाडा सूचीसहित]
इन्द्र रिजाल
जेठ ३०, २०७६ शुक्रबार २:५९:१०
काठमाडौं । सरकारले असार १ गतेबाट लागु हुने गरी सार्वजनिक यातायातको भाडा बढाएको छ । छोटा तथा लामा दूरीका बस, मिनिबस, माइक्रोबस, ट्रक टेम्पो लगायत सबैखाले सार्वजनिक गाडीमा अधिकतम १२ प्रतिशतसम्म भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।
वैज्ञानिक भाडादरको प्रावधानअनुसार सवारी साधनको मूल्य, इन्धनको मूल्य, गाडीका उपकरणको मूल्य, श्रमिकको ज्यालादरलगायतलाई आधार मानेर १२ प्रतिशत भाडा बढाइएको विभागले जनाएको छ । बिहीबार यायायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र सुरक्षा निकायका प्रमुखलगायतसँग छलफल गरी भाडादर समायोजन गरिएको विभागका प्रवक्ता तीर्थराज खनालले जानकारी दिए ।
अब असार १ गतेदेखि काठमाण्डौ उपत्यकाको सार्वजनिक गाडीमा ४ किलोमिटर सम्मको न्यूनतम भाडा १४ रुपैयाँबाट बढेर १६ रुपैयाँ पुगेको छ । यस्तै ट्याक्सी भाडा पनि बढेको छ । अब सुरुको एक किलो मिटरसम्म ५० रुपैयाँ र त्यसपछि प्रति २ सय मिटरमा ८ रुपैयाँ ८० पैसाका दरले भाडा बढ्दै जानेछ ।
यसअघि सुरुको एक किलोमिटरमा ३९ रुपैयाँ भाडादर रहेको छ । यसअघि गएको असोजमा पनि सार्वजनिक गाडीको भाडा १० प्रतिशतले बढाइएको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार