माधव नेपाललाई मैले अग्रज नेताको रुपमा बुझेको छु : योगेश भट्टराई
नेपालबहस संवाददाता
साउन १९, २०७६ आइतबार २२:४२:२३
काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले समृद्ध नेपाल सुखी नेपालीको नारालाई साकार पार्नका लागि आफ्नो ध्यान केन्द्रित हुने बताएका छन् ।
सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभाको अन्तराष्ट्रिय समिति बैठकमा उनले यस्तो बताएका हुन् । उनले आफू संसदीय समितिको निर्देशन शिरोपर गर्ने पनि बताए । आफ्नो कार्यकालमा पटक–पटक समितिसँग छलफल गर्ने प्रतिवद्धता उनले जनाए ।
उनले अन्तर्राष्ट्रिय सन्धीप्रति पूर्ण प्रतिवद्ध रहेको र यसको कार्यान्वयन हुने जिकिर गरे । मन्त्री भट्टराईले अन्तर्राष्ट्रिय बिमानस्थलको सुधार भइरहेको र बुटिक बिमानस्थल बनाउने कार्य अघि बढिरहेको बताए ।
धारणा राख्ने क्रममा उनले माधव नेपाललाई अग्रज नेताको रुपमा बुझेको बताए । २०४० मा पञ्चायतविरोधी गतिविधिमा क्रममा आफु अस्पतालमा भर्ना भएका बेला माधव नेपालले भेटेको कुरा स्मरण गर्दा उनी भावुक भएका थिए । सो क्रममा माधव नेपाल पनि निकै भावुक भएका थिए ।
बैठकमा नेकपा वरिष्ठ नेता माधव कुमार नेपालले पर्यटन क्षेत्रको बिकास र सरकारको लक्ष्य अनुसार अघि बढ्न मन्त्री भट्टराईलाई सुझाव दिए । बैठकमा समिति सदस्यहरुले पर्यटन बर्षलाई सफल पार्नका लागी बिशेष भूमिका खेल्न सुझाव दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमाले केन्द्रीय समिति बैठक सुरू
पुष २३, २०८१ मंगलबार
आज तीनवटा संसदीय समितिका बैठक बस्दै
पुष २३, २०८१ मंगलबार
माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी रहने
पुष २३, २०८१ मंगलबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
तिब्बत भूकम्पः राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
पुष २३, २०८१ मंगलबार
मंगलबार नेप्से ६ अंकले बढेर २६४६ मा पुग्दा ५ अर्ब ३८ करोडका शेयर खरिदबिक्री भए
पुष २३, २०८१ मंगलबार
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
‘पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’
पुष २३, २०८१ मंगलबार
प्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुग्यो
पुष २३, २०८१ मंगलबार