पुडासैनी हत्या प्रकरण : पत्रकार रवि लामिछानेसहित तीन जना पक्राउ
इन्द्र रिजाल
साउन ३०, २०७६ शुक्रबार ०:२४:३९
काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको रहस्यमय आत्महत्या प्रकरणमा नाम जोडिएकी ओखलढुङ्गाकी युवती रुकु भन्ने अस्मिता कार्की पक्राउ परेकाे केही घण्टा नबित्दै पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पनि प्रहरीले पक्राउ गरेकाे छ । लामिछाने र कँडेललाई न्युज २४ टेलिभिजनको कार्यालयबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए । उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । हत्यामा नाम जाेडिएकी अस्मिता कार्की भने बीपी स्मृति अस्पताल बसुन्धरामा नर्सका रुपमा कार्यरत थिइन् । उनलाई चितवन प्रहरीले आज काठमाडौंबाट पक्राउ गरि चितवन लादै गरेको छ ।
केही समयदेखि माउन्टेन टीभीमा कार्यरत स्वर्गीय पुडासैनीले आत्महत्या गर्नुभन्दा केही दिन अघि खिचेको भनिएको भिडियोमा आरोपित अस्मितालाई हिरासतमा राखेर चितवन प्रहरीले अनुसन्धान गर्ने भएको छ । त्यस्तै सोही भिडियोका आधारमा पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पनि प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ ।
नुवाकोट स्थायी घर भएका पत्रकार पुडासैनीले रवि लामिछानेद्धारा सञ्चालित सिधा कुरा जनतासँग कार्यक्रममा लामो समयदेखि कार्यरत थिए । पहिले सेक्युरिटी कम्पनी खोलेर बसेका मृतक पुडासैनी एकाएक बल्दो पत्रकारितामा उदाए अनि त्यसैगरि अस्ताए । उनले छाडेर गएको भिडियो केही दिनदेखि पत्रपत्रिका र सामाजिक सञ्जालमा भाईरल भएको छ र उनको बयान बिरोधाभाषपूर्ण देखिन्छ । एकथरीले यो मृत्यु प्रकरणलाई राजनीतिक गोटीको रुपमा परिचालन गरिरहेका छन् भने अर्को थरीले इगो साध्ने हतियारको रुपमा प्रयोग गरिरहेको देखिन्छ ।
उनले रेकर्ड गराएको भनिएको भिडियोबारे अहिले सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणीहरु गरेको देखिन्छ । अरु कसैले उनलाई मारेको तथा उक्त भिडियो अरु कसैले खिचेकोदेखि विभिन्न आशंकाहरु जन्मेका छन् । प्रहरीले निश्पक्ष अनुसन्धान गर्यो भने त्यसका अरु पाटाहरु खुल्दै जालान् । तर डिप्रेशनमा गएको मान्छेले गन्जी लगाएर भिडियो रेकर्ड गरेको छ, सेक्युरिटी कम्पनी खोलेर महिनाको डेढ लाख कमाईरहेको मान्छेले कसैले भन्दैमा १५ हजारको जागीर खान आउँने ? अनि अहिलेको जमानामा कसैले पत्रकारिता गर्न जबर्जस्ति गर्न सक्छ ? अनि कसैलाई चित्त नबुझे जागिर छोडन सकिन्छ ।
तलब आआफ्नो जिम्मेवारी र क्षमता अनुसार पाउने हो, उसले धेरै खायो, मलाई थोरै भो भन्ने कुरा नै सुहाउँदो होईन । फेरि ॠण खोजेर किस्ता तिर्थे भन्नू अनि अन्तिममा मेरो करोडौंको सम्पत्ति छ भन्ने कुरा नै अबिश्वनिय देखिएका छन् । तर एउटा कुरा चाहिँ के सत्य लाग्यो भने केटी अस्मिताले ब्ल्याकमेल चाहिँ गरे जस्तो देखियो । वा उनलाई पनि कसैले हतियारको रुपमा प्रयोग गरेको हुनसक्ने आशंका गर्न सकिन्छ ।
अहिले नेपालमा मन मिल्दासम्म लभ, नमिलेपछि बलात्कारको मित्थ्या आरोप लगाएर दुख दिने, सताउने प्रचलन बढ्दो रुपमा मौलाएको छ । भीडतन्त्र हावी हुदै गएको छ । दण्डहिनता मौलाउदै उकालो चढ्न थालेको छ । यस्ता विकृतिका बारेमा प्रहरीले गहिरिएर अनुसन्धान गर्ने अपेक्षा सबैले गरेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपशक्तिकेन्द्रलाई बेकुफ बनाउँदै आईजीपी कुँवर उठ्ती पुठ्ती धन्दामा
माघ ७, २०८१ सोमबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
माघ ४, २०८१ शुक्रबार
ऋण लिएको स्वीकार गरेपछि रविलाई आफ्नै बयान भयो गलपासोः यस्तो छ अभियोग पत्र
माघ ७, २०८१ सोमबार
शक्तिकेन्द्रलाई बेकुफ बनाउँदै आईजीपी कुँवर उठ्ती पुठ्ती धन्दामा
माघ ७, २०८१ सोमबार
राष्ट्रपतिको सपथ लिँदै ट्रम्पले भने– म सधैं अमेरिकालाई प्राथमिकता दिनेछु
माघ ८, २०८१ मंगलबार
वडाध्यक्षको पहलमा कार्यालय परिसरमा फूलबारी
माघ ८, २०८१ मंगलबार
देवदह र रामग्रामबाट लुम्बिनीसम्म बिजुली बस सञ्चालन हुँदै
माघ ८, २०८१ मंगलबार
रूकुमको एउटै पालिकाबाट ६ करोडको अदुवा बिक्री
माघ ८, २०८१ मंगलबार
रुख कटान नहुँदा मदन भण्डारी राजमार्ग निर्माण प्रभावित
माघ ८, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
माघ ८, २०८१ मंगलबार