चितवनका घुमुवा प्रहरी हेडक्वार्टर तानिए, कारवाहीको तयारी
नेपालबहस संवाददाता
माघ १३, २०७७ मंगलबार १८:५९:५२
१३ माघ, चितवन । प्रहरी प्रधान कार्यालयले चितवनका तीनजना घुमुवा प्रहरीहरुलाई हेडक्वार्टर तानेको छ । जिल्ला प्रहरी कार्यालय चितवनमा कायरर्त असई सुरज रिमाल, हवल्दारद्वय दीपक रावत र संजयकुमार यादवलाई अनुसन्धानका लागि भन्दै प्रहरी प्रधान कार्यालयले गत पुष २९ गते (बुधबार) साँझ हेडक्वार्टर तानेको हो ।
नेपालबहस डटकमले गत कार्तिक १७ गते चितवन प्रहरीले घुमुवा परिचालन गरी व्यापक रकम असुलीरहेको समाचार प्रकाशन गरेपछि प्रहरी प्रधान कार्यालयको कान ठाडा भएका थिए । समाचार प्रकाशनपछि उनीहरुका विरुद्धमा तीन महिनादेखि प्रहरी प्रधान कार्यालयमा विभिन्न उजुरी पर्दै आएकोमा पुषको तेस्रो साता गृहमन्त्रालयमा समेत उजुरी परेको थियो । गृहमा उजुरी परेलगत्तै प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन तथा निरीक्षाणालय शाखाले तत्काल एक्सन लिइएको चितवन प्रहरी स्रोत बताउँछ ।
स्रोतका अनुसार हेडक्वार्टर तानिएका उनीहरुलाई त्यहाँ कायरर्त निम्न उल्लेखित प्रहरी कर्मचारीहरुसंँग केही कुरा बुझ्नुपर्ने भएकोले भोली (शुक्रबार) बिहान १० बजे कार्यालय समयभित्र पठाइदिनुहोला, हेडक्वार्टरको पत्रमा भनिएको छ । यता, चितवनका प्रहरी प्रमुख (एसपी) नान्तीराज गुरुङ समेत उनीहरुकै कारण विवादतमा तानिदै आएका थिए ।
यस्तो छ उनीहरुको काण्ड
जिल्ला प्रहरी कार्यालय चितवनमा कायरर्त असई सुरज रिमालमाथि जुवाजन्य गतिविधिमा जुवाडेहरुलाई साथ दिने गरेको गम्भीर आरोप लागेको थियो । गत, कार्तिक २५ गते मंगलबार दिउँसो दुई बजे नेपाली कांग्रेसको ईच्छाकामना गाउँपालिकाका सचिव समेत रहेका पेशेवर जुवाडे तुलबहादुर गुरुङले प्रहरीका तर्फबाट भोजाडका जुवाडे बिमल रिमालसँग जुवाको सेटिङ गर्ने गरेको अडियो नै सार्वजनिक भयो ।
अडियोमा गुरुङले आफ्ना जेठान जिल्ला कारागार भरतपुरका सवारी चालक शिवबहादुर गुरुङ्गमार्फत असई सुरज रिमाललाई चिनाइदिएको बताएपनि चितवन प्रहरीले यसमा कुनै चासो दिएनन् । गुरुङले बिमलसँग गरिएको टेलिफोन कुराकानीमा जिल्लाका घुमुवा असई रिमाललाई मात्रै नभई जुगेडी चौकीका इन्चार्ज र केही सिपाहीहरुलाई समेत सेटिङ्ग मिलाउनु पर्छ भनेको अडियोमा स्पष्ट सुन्न सकिन्छ ।
जुनियर प्रहरी शिक्षालय तालिम केन्द्रबाट भर्खरै पास आउट भएर आएका उनी चितवन प्रहरीमा भर्खरै प्रवेश गरेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनको नेतृत्व सम्हाले लगत्तै उनी घुमुवाको इन्चार्ज बन्न सफल भएको स्रोत बताउँछ । उक्त अडियोको बिषयमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सुर्यबहादुर थापा समेत जानकार थिए । हेडक्वार्टरसम्म यो कुरा पुगेपनि चितवन प्रहरीले यस बिषयमा कुनै छानबिन गरेनन् ।
प्रहरी प्रधान कार्यालयले समेत उनीहरुमाथि बारम्बार छानबिन गर्न निर्देशन दिएपनि उक्त पत्रलाई चितवन प्रहरीले वेवास्ता गर्दै आइरहेको थियो । उनीहरुको विरुद्ध ५ पटकसम्म उजुरी परेको थियो भने तालुक कार्यालय र मजकुर कार्यालयले पठाएको पत्रलाई समेत कार्यान्वयन गर्ने गरिएको थिएन । हेडक्वार्टरको पत्रलाई समेत रद्दीको टोकरीमा हाल्ने काम भयो, एक प्रहरीले भने ।
त्यस्तै, अर्का बदनाम हवल्दारद्वय दीपक रावत र संजयकुमार यादव समेत घुमुवा प्रहरीमा परिचालित थिए । प्रहरी जवानदेखि नै चितवन प्रहरीमा कायरर्त उनी यही बढुवा भई थमौती हुन सफल समेत भएका एक भाग्यमानी प्रहरीका रुपमा चिनिन्छन् । प्रहरी जवानबाट प्रहरी हवल्दार बढुवा भइसकेपछि पनि उनको सरुवा र बढुवा चितवन मै हुन गयो । स्रोतका अनुसार त्यतिबेला आर्थिक चलखेल गरेको गुनासोका आधारमा उनलाई दरबन्दी भएकै स्थान अर्थात वर्डा प्रहरी कार्यालय नारायणगढ पठाएको थियो ।
पछि उनी जिल्ला प्रहरी कार्यालय चितवनमा आई कन्ट्रोल ड्युटी गर्दै आएका थिए । पछि उनले क्यान्टिङ समेत चलाए । डेढ बर्षसम्म क्यान्टिन चलाएका उनलाई उनका बिगतका कर्तुत समेत नहेरी एसपी गुरुङले चितवन प्रहरीले घुमुवाको रुपमा परिचालन गरेका थिए।
त्यस्तै, अर्का प्रहरी हवल्दार सञ्जय यादव पनि बदनाम प्रहरी हुन् । चितवन प्रहरीको सञ्चार शाखामा कायरर्त एक प्रहरीका अनुसार जवान हुँदा यादव चितवनको बछौली चौकीमा कायरर्त थिए । अहिले उनको दरबन्दी नेपाल प्रहरी स्कुल शिवनगर रहेको बताईएको छ । उनीहरुको विरुद्ध जुवाजन्य गतिविधिमा जुवाडेहरुलाई साथ दिने गरेको, हाकिमहरुलाई गलत रिपोर्टिङ गरेर तस्करी धन्दा गर्नेहरूलाई उन्मुक्ति दिने गरेको तथा होटल, रेस्टुरेन्टबाट समेत अनुचित लाभ लिने गरेको जस्ता उजुरी परेको स्रोत बताउँछ ।
र याे पनि…..
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डीआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार
उखुको जुस बेचेर मनग्गे आम्दानी गर्दै पञ्चलाल
मंसिर १३, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै
मंसिर १३, २०८१ बिहिबार
बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी बेलिब्रिज
मंसिर १३, २०८१ बिहिबार
सूचना आयोगले प्रधानमन्त्रीसमक्ष बुझायो वार्षिक प्रतिवेदन
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार