कांग्रेस बैठकमा विवाद
नेपालबहस संवाददाता
साउन १२, २०७६ आइतबार २३:२४:३२
काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको अन्तरिम संरचना बढाउने वा १४ औँ महाधिवेशनमा प्रवेश गर्ने भन्नेमा विवाद भएको छ । पार्टी कार्यालय सानेपामा आइतबार बसेको बैठकमा संस्थापन पक्षले पार्टीका अन्तरिम संरचना गठन गरेर महाधिवेशन प्रक्रियाको थालनी गर्ने बताएका छन् भने संस्थापन इतरपक्षले जारी केन्द्रीय समिति बैठकबाटै १४औँ महाधिवेशनको ‘गाइडलाइन’ आउनुपर्ने अडान राखेको छ ।
गत वर्ष मङ्सिर–पुसमा भएको महासमिति बैठकबाट पारित भई फागुन १२ गते केन्द्रीय समितिबाट अनुमोदित सङ्घीय संरचना अनुसारको पार्टी विधानले टोल, वडा, गाउँ र नगर, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्र गरी पार्टीका ८ तहका संरचनाको व्यवस्था गरेको छ । तर अहिले कांग्रेसमा केन्द्र र जिल्लाबाहेक तल्लो तहमा पार्टीका कुनै संरचना छैनन् ।.0को. सङ्क्रमणकालीन व्यवस्थाअनुसार तल्लो तहका संरचना गठन नगरी महाधिवेशन प्रक्रिया अघि बढाउन नसकिने बाध्यकारी व्यवस्था छ ।
संस्थापन इतरपक्ष अन्तरिम संरचना गठन छोट्याएर भए पनि केन्द्रीय महाधिवेशन समयमै गर्नुपर्ने पक्षमा छ । केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आगामी वैशाख वा जेठभित्र महाधिवेशन गर्ने गरी कार्यतालिका आउनुपर्ने बताए । बैठक पार्टीको बिधानको धारा ७२ को उपधारा ४ बमोजिमको अन्तरिम संरचना निर्माण गरेर १४ औं महाधिवेशनको कार्यतालिका निर्माण गर्ने बिषयमा केन्द्रिय रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनले सोमबारबाट महाधिवेशनबाहेकका अन्य १२ एजेण्डामाथि छलफल सुरु हुने जानकारी दिए । महामन्त्री खड्काले गत असार २२ गते नै बैठकमा छलफलका एजेन्डा पेश गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
देशभर मनसुनी वायुको प्रभाव कायम
असोज ४, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
असोज ४, २०८१ शुक्रबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार