बाढीपिडितलाई गिरिजाप्रसाद फाउण्डेशनको सहयोग
नेपालबहस संवाददाता
साउन १५, २०७६ बिहिबार ०:१२:२६
गुल्मी । सत्यवती गाउँपालिका–३ र ४ लिम्घा गाउँका बाढीपहिरो पीडितलाई गिरिजाप्रसाद कोइराला फाउण्डेशन मकाउ शाखाले आर्थिक सहयोग गरेको छ ।
फाउण्डेशन मकाउ शाखाले आज मण्डिखाटारमा गुल्मीको सत्यवती गाउँपालिका–३ र ४ लिम्घा गाउँमा जस्तापाता किन्नका लागि रु तीन लाख आर्थिक सहयोग गरेको हो । उक्त गाउँमा साउनमा गएको पहिरोमा परेर १३ जनाले ज्यान गुमाएका थिए । नेपाल चेम्बर अफ कमर्श मकाउ, नेपाल जनसम्पर्क समिति मकाउ र एनआरएन मकाउ, गुल्मी लिम्घा गाउँका बासिन्दाबाट सङ्कलन गरेर पठाएको रकम फाउण्डेशन मकाउकी संयोजक निर्मला थापामगरले फाउण्डेशनका केन्द्रीय अध्यक्ष सुजाता कोइरालालाई हस्तान्तरण गरेकी हुन् ।
कार्यक्रममा मकाउ शाखाकी संयोजक थापामगरले नेपाल चेम्बर अफ कमर्श मकाउका अध्यक्ष सुदर्शन थापामगर, नेपाली जनसम्पर्क समिति मकाउका सभापति लेखबहादुर गुरुङ, एनआरएन मकाउका अध्यक्ष शान्तिदेवी अधिकारी, पीडित गाउँ बासिन्दा ऋषिराम भण्डारी, रुद्रहरि ज्ञवाली, केशव ज्ञवाली, तारा बस्नेतलगायतको सक्रियतामा संकलन गरेको रकम हस्तान्तरण गरेको जानकारी दिइन् ।
फाउण्डेशनका केन्द्रीय अध्यक्ष कोइरालाले गुल्मीका बाढीपीडितलाई मकाउ शाखाले गरेको सहयोगले थोरै भए पनि राहत पुगेको बताउदै “फाउण्डेशनले स्वदेशी तथा विदेशी सङ्घ संस्थासँग सहकार्य गरेर मुलुकको शिक्षा, स्वास्थ्य, पर्यटनको विकासमा काम गर्नेछ,”–भनिन्।
फाउण्डेशनले हाल अमेरिका, जापान, मकाउ, हङकङ, कतार, भारतलगायतका एक दर्जन मुलुकमा शाखा विस्तार गरेर मुलुकको विकासका लागि काम गर्दै आएको छ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेमा चिसोले जनजीवन प्रभावित
माघ २, २०८१ बुधबार
लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा
माघ २, २०८१ बुधबार
पाटे बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु
पुष २८, २०८१ आइतबार
कञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार, अवस्था नाजुक
माघ ९, २०८१ बुधबार
युक्रेनसँग सम्झौता नभए रुसमाथि थप प्रतिबन्ध लगाउन सक्ने ट्रम्पको संकेत
माघ ९, २०८१ बुधबार
सौर्य जहाज दुर्घटनाका पीडितद्वारा न्याय नपाएको गुनासो
माघ ९, २०८१ बुधबार
‘समयसापेक्ष पत्रकारको न्यूनतम तलब निर्धारण हुनुपर्छ’
माघ ९, २०८१ बुधबार
संखुवासभाबाट एक अर्ब बढीको अलैँची निर्यात
माघ ९, २०८१ बुधबार