ओझेलमा रहेको कठबेरुवा झरना
नेपालबहस संवाददाता
साउन १६, २०७६ बिहिबार १९:१७:२९
दाङ । राजपुर गाउँपालिका–१ मटेरिया पूर्व–पश्चिम राजमार्गदेखि करीब तीन किलोमिटर दक्षिण अवस्थित कठबेरुवा झरना प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । प्रचारप्रसार, पूर्वाधार निर्माण र संरक्षणको अभावमा उक्त झरना ओझेलमा परेको हो ।
एकान्त जङ्गल, पहाडको फेदमा अवस्थित उक्त कठबेरुवा झरनामा वनभोजसँगै घुम्न र नुहाउन पाउँदा स्थानीवासी हर्षित हुन्छन् । त्यहाँ वर्षेनी पाँचदेखि छ हजारको सङ्ख्यामा पर्यटक आउने गरेको स्थानीयहरु बताउछन् ।
पछिल्लो समय राजपुर गाउँपालिका र वडा कार्यालयको सहकार्यमा कठबेरुवा झरना वरिपरि वनभोज स्थल निर्माणका लागि योजना अघि सारेका छन् । वनभोजमा आउने पर्यटकको सजिलोका लागि राजपुर गाउँपालिका–१ को कार्यालयले रु एक लाख खर्च गरी टहरा निर्माण गरेको छ ।
पहाडबाट झरेको पानीलाई त्यहाँ आसपासका करीब ८०० घरधुरीले सिँचाइका लागि प्रयोग गर्छन् । आर्थिक वर्ष २०७५/७६ मा राजपुर गाउँपालिकाले रु आठ लाख खर्च गरेर पानी बग्ने स्थानमा पक्की नाला निर्माण गरेको थियो । राजपुर गाउँपालिका–१ गुरुङखोलाका ३८० घरधुरी, कठबेरुवाका ४०० र मटेरियाका करीब ६० घरधुरीले उक्त झरनाको पानीलाई सिँचाइका लागि प्रयोग गर्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार
तस्बिरमा हेर्नुस विभिन्न जङ्गली जनावरहरु
माघ १२, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार